जिफन्ट समाचार

थप हेर्नुहोस्
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठद्धारा संविधान दिवस २०८३को शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले संबिधान दिवस २०८३ को सन्दर्भमा भाद्र ३ गते भिडियो मार्फत  शुभकामना दिनु भएको छ । 

शुभकामना सन्देश मार्फत अध्यक्ष श्रेष्ठले नेपाली श्रमजीवी जनताको सदियौँदेखिको लोकतन्त्र, न्याय र समानताको संघर्ष तथा हजारौँ शहीदहरूको बलिदानबाट प्राप्त नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तर्फबाट शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष श्रेष्ठले लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान श्रमिक जनताका अधिकार, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको महत्वपूर्ण आधार हो। यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र सुदृढीकरण गर्दै सामाजिक न्याय, समानता, श्रम अधिकार र समृद्धिको दिशामा अघि बढ्नु आजको आवश्यकता भएको भन्नु हुंदै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले सुनिश्चित गरेका अधिकार तथा उपलब्धिहरूको संरक्षण गर्दै जनविश्वास अभिवृद्धि र समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न सबैमा अनुरोध समेत गरेको छ ।

संबिधान दिवस २०८३ को शुभकामना  भिडियो संलग्न छ।

https://www.youtube.com/watch?v=U8gM2GCqtgE

जिफन्टद्वारा भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको स्मृतिमा श्रद्धाञ्जली तथा बेपत्ता भएका श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा श्रद्धाञ्जली तथा बेपत्ता भएका श्रमिकहरूको सम्झनामा असोज २ गते काठमाडौंको बसन्तपुरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले दुःखद विपद्मा जीवन गुमाउनुहुने सम्पूर्ण श्रमिक तथा नागरिकहरूप्रति जिफन्टको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजन तथा सहकर्मीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते दाजुभाई दिदी बिहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना र सबै बेपत्ता स्वदेशी–विदेशी नगारिक तथा श्रमिकहरूहरूको खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्रलाई अझ प्रभावकारी रूपमा परिचालन गर्न आग्रह समेत गरेको छ ।

अध्यक्ष श्रेष्ठले  जिफन्टका लागि श्रमिकको दुःख कुनै तथ्याङ्क मात्र होइन, आफ्नै परिवार माथी आइपरेको पीडा भएको भन्नु हुंदै विपद् आएको दिनदेखिनै जिफन्टले आफ्नो संगठनात्मक संरचनालाई परिचालन गर्दै उद्धार, राहत, प्रभावित परिवारको पहिचान, तथ्याङ्क सङ्कलन, अस्थायी आश्रयको निर्माण तथा आधारभूत आवश्यकताको व्यवस्थापन लगायतका काममा आफ्नो क्षमता र स्रोतअनुसार निरन्तर सहयोग गर्दै आएको बताउनु भयो ।

राहतले तत्कालको पीडा कम गर्छ, तर बिछोडिएका परिवारहरुको पुनरमिलन श्रमिकहरूको  रोजगारी र पुनःनिर्माणले मात्र भविष्य बनाउँछ ।

त्यसैले बाढीका कारण ज्यान गुमाएका श्रमिकका परिवार, घाइते भएका तथा रोजगारी र सम्पत्ति गुमाएका सम्पूर्ण मजदुरहरूलाई सरकारले तत्काल उचित क्षतिपूर्ति, विशेष राहत प्याकेज, र उनीहरूको घर परिवार, रोजगारी, आयआर्जन, सामाजिक सुरक्षा र सुरक्षित भविष्य सुनिश्चित हुने गरी दीर्घकालीन पुनःस्थापना र दिगो पुनर्निर्माण आवश्यक छ भन्ने कुरामा जिफन्टको जोड रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

रसुवा–भोटेकोशीमा देखिएको विपद्लाई केवल एउटा प्राकृतिक घटना भनेर पन्छिन नमिल्ने भन्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तन गराउने विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ, तर यसको असर हामी श्रमिकहरूले अत्यन्तै जोखिमपूर्वक  सामना गरिरहेकोले जिफन्टले पहिलेदेखिनै विभिन्न राष्ट्रिय–अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको “नेपाललाई दया होइन, जलवायु न्याय चाहिएकोमा जोड दिनु भएको छ ।“

आजको श्रद्धाञ्जली केवल विगत सम्झने कार्यक्रम मात्र नभइ भविष्यका लागि एउटा संकल्प पनि हो तसर्थ जलवायु जोखिम भएका क्षेत्रको वैज्ञानिक पहिचान र जोखिम नक्साङ्कन गर्नु, पूर्वसूचना प्रणालीलाई गाउँ–गाउँ र श्रमिक बस्ती–बस्तीमा तथा प्रत्येक कार्य ठलो पु¥याउनु,    बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र सुरक्षित बस्ती विकासको कामलाई तीव्र बनाउनु, विपद्का कारण रोजगारी र जीवनयापन गुमाएका सम्पूर्ण श्रमिकहरूलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र विपद संवेदनशील सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु र रोजगारी गुमाउने श्रमिकका लागि न्यायोचित संक्रमणको नीति अघि बढाउन जिफन्टको तर्फबाट सरकार समक्ष माग समेत गरेको छ । 

दीप प्रज्वलन कार्यक्रमको फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122205470072435116&type=3

श्रम बजारमा लचकतासँगै सामाजिक सुरक्षा बलियो हुनुपर्छ : रिमाल

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संरक्षक विष्णु रिमालले श्रम बजारमा लचकता आवश्यक भए पनि त्यससँगै श्रमिकको रोजगारी सुरक्षा र सामाजिक संरक्षण बलियो हुनुपर्ने बताउनुभएको छ।

श्रीलंकाको कोलम्बोमा सेप्टेम्बर ४ देखि आयोजित दक्षिण एसियाली श्रम कानुन सुधारसम्बन्धी क्षेत्रीय ट्रेड युनियनहरूको अनुभव आदानप्रदान कार्यक्रममा प्रस्तुति दिँदै रिमालले ट्रेड युनियन आन्दोलन लचकताको विरोधी नभएको, तर सुरक्षाविहीन लचकता स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो।

उहाँले श्रम बजारमा जति बढी लचकता ल्याइन्छ, त्यति नै बढी सामाजिक सुरक्षा आवश्यक हुने बताउनुभयो। श्रमिकमाथि रोजगारीको जोखिम बढाइन्छ भने त्यसको क्षतिपूर्तिका लागि राज्य र रोजगारदाताबाट बलियो सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालको श्रम कानुन सुधारका क्रममा सामाजिक सुरक्षा, श्रम लचकता, रोजगारी अन्त्यसम्बन्धी नीति, लैंगिक समानता, श्रम प्रशासन, ट्रेड युनियन अधिकार तथा सामूहिक सौदाबाजी र अनौपचारिक श्रमलाई प्रमुख विषयका रूपमा अघि बढाइएको रिमालले बताउनुभयो।

नेपालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम व्यवस्थाका महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै उहाँले यी दुई कानुन एकअर्काका विकल्प नभई परिपूरक हुनुपर्ने धारणा राख्नुभयो।

रिमालले श्रमिकको व्यापक संरक्षणका लागि मर्यादित रोजगारी, बलियो सामूहिक सौदाबाजी र सार्वभौमिक सामाजिक सुरक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले श्रमिक आन्दोलनका आधारभूत मूल्य समानता, सामाजिक न्याय र ऐक्यबद्धता रहेको उल्लेख गर्दै बदलिँदो प्रविधि र श्रम बजारसँगै ट्रेड युनियनहरू पनि अझ संगठित, रणनीतिक र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

श्रमिकका अधिकार एकपटक प्राप्त भएपछि स्थायी रूपमा सुरक्षित नहुने भन्दै संरक्षक रिमालले तिनको निरन्तर रक्षा, सुदृढीकरण र नवीकरण गर्नुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार श्रमिक अधिकारको संरक्षण निरन्तर चलिरहने प्रक्रिया हो र बदलिँदो श्रम संसारमा ट्रेड युनियनको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।
 

जिफन्ट संरक्षक बिष्णु रिमालको प्रस्तुती हेर्नकालागी तलको लिंकमा क्लीक गर्नु होला 

https://bishnurimal.substack.com/p/we-are-not-against-flexibility-we?r

बाढी प्रभावित धादिङमा जिफन्टद्धारा सरसफाइ अभियान सुरू

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भाद्र १० गते आएको बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा उद्धार तथा राहत अभियानअन्तर्गत भग्नावशेष हटाउने र हिलो पन्छाउने काम सुरु गरेको छ।

भाद्र १७ गते जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा ६५ सदस्यीय टोली बाढी प्रभावित क्षेत्रमा परिचालन भएको हो। टोलीलाई प्रभावित क्षेत्रमा पठाउनुअघि जिफन्ट कार्यालयमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका सचिव महेश बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको थियो।

जिफन्टको ६५ जना स्वयमसेवकहरूले भाद्र १७ र १८ गते २ दिन बैरेनी क्षेत्रमा बाढीबाट प्रभावित आवास तथा आसपासका क्षेत्रमा जमेको हिलो पन्छाउने, भग्नावशेष हटाउने र सरसफाइ गर्ने काम गर्नेछ।
त्यसपछि टोली भाद्र १९ गते देखि बाढीबाट प्रभावित रसुवा जिल्लामा खटिने जिफन्टले जनाएको छ।

जिफन्टले बाढी प्रभावित श्रमिक तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनर्स्थापनामा समेत सहयोग गर्ने उद्देश्यले उद्धार, राहत तथा पुनर्स्थापना अभियान सञ्चालन गरिरहेको छ।

फोटोकोलागी तलको लिंकमा क्लीक गर्नु होला ।

https://www.facebook.com/media/set/?set=a.122204060342435116&type=3

https://www.facebook.com/media/set/?set=a.122204145860435116&type=3

युनियन गतिविधी

थप हेर्नुहोस्
नेपाल चिया कफि श्रमिक युनियनद्वारा भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल चिया कफि श्रमिक युनियनद्वारा झापा जिल्लाको  १ नं. निर्वाचन क्षेत्रको भेला भाद्र १३ गते सम्पन्न गरेको छ । 

युनियनको क्षेत्रिय इन्चार्ज दिनेश गिरीकोअध्यक्षता भएको भेलाको प्रमुख अतिथी केन्द्रीय अध्यक्ष शन्तकुमार राईले चिया श्रमिकहरुले पाउनु रकम, योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सूचीकरण, बिगतको सम्झौताहरु कार्यन्वयन र मौसमी श्रमिकलाई  रोजगार सम्झौता लगायतका बिषयहरूका बारेमा  प्रकाश पार्नु भएको थियो । 

भेलामा केन्द्रीय उपाध्यक्ष सहिकुमार राई लगायतका नेताहरूको उपस्थिती रहेको थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटी अध्यक्षमा मनिषा सुबेदी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटीको भाद्र १३ गते सम्पन्न भेलाले मनिषा सुबेदीको अध्यक्षता ७ सदस्य प्रदेश महिला कमिटि निर्बाचित गरेको छ ।

जिफन्ट गण्डकी प्रदेश महिला कमिटी अध्यक्ष संगिता पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा संगठन प्रतिनिधि परिषद उपप्रमुख कर्ण सि गुरुङ, प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली, प्रदेश अध्यक्ष बेनिराज थिङ,र ललिता लामिछाने लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो । 

भेला सिता सापकोटाको अध्यक्षतामा भएको थियो । 

सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, पहिरेबेँसी, खाल्टे तथा नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति भएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बाढी प्रभावित यातायात श्रमिकको तत्काल खोजी, उद्धार र अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशवबहादुर थापा ‘निरु’ले प्रभावित यातायात श्रमिकको जीवनरक्षा, उद्धार र राहतका लागि आवश्यक सहयोग तथा समन्वय गर्न संगठन तयार रहेको जनाइएको छ।

बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भएकोप्रति संगठनले दुःख व्यक्त गरेको छ।

चीनको केरुङ नाकाबाट सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनरका चालक, सहचालकसहित ठूलो संख्यामा यातायात श्रमिकले टिमुरे भन्सार आसपासका क्षेत्रलाई बसोबास तथा विश्रामस्थलका रूपमा प्रयोग गर्दै आएका छन्।

त्यसैले बाढीबाट स्थानीयसँगै सयौँ यातायात श्रमिकसमेत प्रभावित भएको संगठनको भनाइ छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि टिमुरेमा रहेका संगठनको अरनिको रुट ट्रक इकाईका केही सदस्य सम्पर्कविहीन भएको संगठनले जनाएको छ।

सदस्यहरू सम्पर्कविहीन भएपछि संगठन थप गम्भीर र चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ। संगठनले सम्पर्कविहीन यातायात श्रमिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि सरकार, गृह प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायसँग जोडदार माग गरेको छ।

त्यसैगरी, टिमुरे तथा अन्य प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार टोली परिचालन गर्न, सम्पर्कविहीन श्रमिकको पहिचान गरी उनीहरूको अवस्था सार्वजनिक गर्न र प्रभावित चालक, सहचालक तथा अन्य यातायात श्रमिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत उपलब्ध गराउन संगठनले आग्रह गरेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यथाशीघ्र यकिन विवरण सार्वजनिक गर्न तथा प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि संगठनले माग गरेको छ।

संगठनले सम्पर्कविहीन श्रमिकका परिवारलाई धैर्यधारण र संयमता अपनाउन आग्रह गर्दै विपद्को समयमा उनीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

‘उद्धारमा ढिलाइ नगरौँ, सम्पर्कविहीन श्रमिकको अवस्था तत्काल सार्वजनिक गरौँ,’ संगठनले सरकारसँग अपिल गरेको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका यातायात मजदुर, चालक, सहचालक तथा व्यवसायीको जीवनरक्षालाई उच्च प्राथमिकतामा राखी तत्काल उद्धार अभियान तीव्र बनाउनसमेत संगठनले सरकारसँग आग्रह गरेको छ।

क्युपेक अध्यक्षमा राजेन्द्र बिष्ट निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक–नेपाल) को आठौँ राष्ट्रिय महाधिवेशनले राजेन्द्र बिष्टको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले भाद्र ५ गते महाधिवेशनको उद्धघाटन गर्नु हुंदै महाधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

सामाजिक सुरक्षा श्रमिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भए पनि अनौपचारिक क्षेत्रमा कार्यान्वयनको समस्या रहेको र श्रमिकको सीपलाई औपचारिक रूपमा प्रमाणीकरण गर्ने विषय अझै चुनौतीका रूपमा रहेको बताउनु भयो ।

बदलिँदो श्रम बजार र प्रविधिको युगअनुसार संगठनलाई नयाँ ढंगले परिमार्जन गर्दै निरन्तर सक्रिय बनाउनुपर्नेमा जोड दिंनुहुंदै श्रेष्ठले नयाँ पुस्तालाई ट्रेड युनियन आन्दोलनको नेतृत्व हस्तान्तरण गर्न लोकतान्त्रिक अभ्यासमा हुर्किएको र जिम्मेवारी बहन गर्न सक्षम नया पुस्ताको नेतृत्व तयार गर्नुपर्ने बताउनुभएको थियो । 

उद्धघाटन समारोहमा जिफन्ट उपाध्यक्ष सीता लामा, बिडब्लुअइ BWI एसिया प्रशान्त क्षेत्रीय संयोजक एपोलिनार टोलेनटीनो, काउन अध्यक्ष प्रदिप अचार्य, अंकु अध्यक्ष अमित लामा र जिफन्ट अवद्ध युनियनको तैफबाट नेष्ट अध्यक्ष माया गुरूङले महाधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । 

महाधिवेशनको फोटोहेर्न तलको लिंकमा क्लिक गर्नुहोेस् ।

https://www.facebook.com/media/set/?set=a.122203404932435116&type=3

https://www.facebook.com/media/set/?set=a.122203420820435116&type=3

श्रमिक खबर

थप हेर्नुहोस्
श्रमिक खबर ९१३ ( ८ असोज २०८३)

Workers’ News 914 (24 Sept 2026)


दीप प्रज्वलन कार्यक्रम

भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम

    Like and Follow us

    efefe

जिफन्ट भिडियोहरू

थप हेर्नुहोस्
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश