नाबुन अमरसिंह इकाईको अध्यक्षमा टिका आले

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अमरसिंह इकाई कमिटी (पोखरा)को तेर्हौ वार्षिक भेला तथा सातौँ अधिवेशन सुरक्षित र मर्यादित रोजगार, सौन्दर्यकर्मीहरूको अधिकार भन्ने मूल नाराका साथ साउन १८ गते पोखराको बुद्ध चोकमा सम्पन्न भयो । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट संसदीय तथा स्थानीय तहका संयोजक मिना गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो सातौँ अधिवेशनले टिका आलेको अध्यक्षतामा ११ जनाको कमिटी निर्वाचित गरेको छ ।

दिपु थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन प्रतिनिधि परिषद् प्रमुख सुमन गुरुङ, जिफन्ट गण्डकी उप सचिव तथा महिला कमिटी अध्यक्ष संगिता पाण्डे नाबुन केन्द्रीय सदस्य नुर गुरुङ अतिथि रहनु भएको थियो ।