Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


विशेष कार्यक्रम र अभियान >> सामाजिक सुरक्षा

सामाजिक सुरक्षा

श्रम बजार सुधार र सामाजिक सुरक्षा प्रणाली सम्बन्धमा राष्ट्रिय नीति सम्मेलन

२०६८ साउन १८ गते, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल आबद्ध कमिटी – आइटीयुसी–एनएसीको आयोजनामा श्रम बजारको लोकतान्त्रिकरण, ट्रेड युनियन पुनर्संरचना र सामाजिक सुरक्षा सम्बन्धमा राष्ट्रिय नीति सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा आबद्ध कमिटीमा आबद्ध ट्रेड युनियन महासंघहरु जिफन्ट र एनटीयुसी आईका अध्यक्षहरु विष्णु रिमाल र लक्ष्मण बहादुर बस्नेतको उपस्थिति रहेको थियो । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा जिफन्टका अध्यक्ष विष्णु रिमालले सामाजिक सुरक्षा सम्बन्धमा भइरहेको प्रगति र औद्योगिक युनियन आन्दोलनको आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यस्तै एनटीयुसी आईका अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले सामाजिक सुरक्षा र श्रम बजार सुधारका विषयहरुमा ट्रेड युनियन, व्यवसायी संगठनहरु र सरकारको एउटै अवधारणा बन्नुपर्छ भन्नुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश अग्रवालले रोजगारदाता र ट्रेड युनियन बीच एउटै धारणा बनाएर जाने नेपाल उद्योग बाणिज्य महासंघको धारणा स्पष्ट पार्नुभयो ।

सम्मेलनमा आइटीयुसी–एनएसीको तर्फबाट तयार पारिएको वर्तमान श्रम बजार, ट्रेड युनियन संरचना र सामूहिक सौदावाजी सम्बन्धी अवधारणापत्र आइटीयुसी–एनएसीका राष्ट्रिय संयोजक तथा जिफन्टका सचिव विदुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सामाजिक सुरक्षा प्रणाली सम्बन्धी अवधारणापत्र अर्का राष्ट्रिय संयोजक प्रेमसिंह बोहराले प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत अवधारणापत्रमा सहभागीहरु बीच व्यापक छलफल भई अवधारणापत्रमा आवश्यक सुधारका लागि सुझावहरु तयार गरिएको थियो ।

सम्मेलनमा जिफन्टका महासचिव उमेश उपाध्याय र एनटीयुसी आईका महासचिव अच्युत पाण्डेको उपस्थितिका साथै दुवै महासंघका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय नेताहरुको उपस्थिति थियो ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ