Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


कार्यक्रम र गतिविधि >> आगामी कार्यक्रम २००९-२०१३

आगामी कार्यक्रम २००९-२०१३

आगामी काम

नेपाल ट्रेड यूनियन महासंघका लागि आगामी कार्यकाल- श्रम बजारको सुधारको दृष्टिकोणले होस् वा सामाजिक रूपान्तरणको दृष्टिकोणले, अत्यन्त महत्वपूर्ण अवधि हो । साङ्गठनिक सुदृढीकरण र वैचारिक सचेतनतामा अभिवृद्धि गरी सशक्तीकरण गर्दै नीतिगत हस्तक्षेपका धेरै महत्वपूर्ण विषयहरूमा महासंघले बलियो भूमिका निर्वाह गर्नु छ । राज्य, समाज र अर्थतन्त्रको पुनर्संरचना र रूपान्तरणको यो निर्णायक अवधिमा श्रमिक वर्गीय एकता र एकल यूनियन अभियानलाई नयाँ उचाइमा पुर्‍याउन समयले हाम्रो महासंघबाट अझै प्रभावकारी भूमिकाको माग गरिरहेको छ । देशकै ट्रेड यूनियन आन्दोलनलाई नयाँ ऊर्जा, दिशा र गति दिन हाम्रो महासंघ सधैं अगाडि रहँदै आएको छ । आम श्रमजीवी जनताको जीवनमा समृद्धि र सम्मानको नयाँ युग सुरु गर्न तथा यसैका लागि समाजवादको स्पष्ट लक्ष्यमा दृढताका साथ अघि बढ्न हाम्रो महासंघ सदैव प्रतिबद्ध छ । तसर्थ नियमित र विशेष कार्यभार जोडेर सामाजिक रूपान्तरणको श्रमजीवी वर्गीय आवश्यकतालाई पूरा गर्न≤ मर्यादित काम सहितको समृद्ध जीवनको गन्तव्यलाई लक्षित गरी आगामी कामका प्रस्तावहरू महाधिवेशनबाट पारित गारिएको छ ।

 

१. रूपान्तरणका लागि एकता ः विशेष अभियान

लोकतन्त्र, सार्वभौम जनताको सम्मतिमा चलाइने हाम्रो शासन पद्धति हो । गणतन्त्र, कुनै पनि वंश विशेषको आधारमा थोपरिने बनिबनाउ शासकको ठाउँमा जनताले चुनेका, जनताकै सन्तानले, जनतामाथि शासन गर्ने व्यवस्था हो । तर्सथ लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपाली ट्रेड यूनियन आन्दोलनको आजको केन्द्रीय काम थियो, जसलाई संस्थागत गर्नु यो कार्यकालको विशेष अभियान हो ।

नयाँ संविधान मार्फत् आर्थिक-सामाजिक अधिकार सहितको बहुलतामा आधारित सहभागितामूलक समावेशी लोकतन्त्रको स्थापना, राज्यको पुनर्संरचना गरी हाम्रो आफ्नै मौलिकतामा आधारित संघात्मक प्रदेशहरूको स्थापना, आर्थिक शोषणका सबै रूपहरूलाई समाप्त पारी वर्गीय हिसाबले समतामूलक राज्य प्रणालीको स्थापना र सामाजिक उत्पीडनको रूपमा विद्यमान लैंगिक-जातीय-क्षेत्रीय-भाषिक-धार्मिक लगायत सबै किसिमका विभेदहरूको अन्त्य गर्नु यो अभियानको मुख्य काम हो ।

यो अभियान अन्तरगत निम्नानुसारको काम गरिने छ ः

  • रूपान्तरणको प्रक्रियामा श्रमजीवी वर्गको प्रभावशाली सहभागिता सुनिश्चित गर्न यूनियन परिषदहरू र महासंघको मातहतका कमिटीहरूमा शैक्षिक कार्यक्रमहरू र प्रशिक्षण अभियान सञ्चालन गर्ने≤
  • दलहरूस“गको जारी हातेमालो कार्यक्रमलाई निरन्तरता दिंदै संविधान निर्माणमा श्रमिकहरूको वर्गीय संलग्नतालाई अझ सघन बनाउने≤
  • संविधानसभाका सदस्यहरू र सरकारस“ग सम्वाद र अन्तरक्रिया बढाउँदै जाने

  

२. संगठन निर्माण, विस्तार र श्रमिक परिचालन

क) पाँचौं महाधिवेशनबाट महासंघको संरचनामा केही परिमार्जन गरिएको छ । राज्यको पुनर्रसंरचनासँगै खडा हुने नया“ प्रशासनिक संरचना अनुरूप सदस्य संघहरू र महासंघका मातहतका कमिटीहरूको पुनर्व्यवस्थापन गर्नुपर्छ । संगठन निर्माणको सर्न्दर्भमा यो अवधिमा निम्न कामहरू गरिनेछ-

  • स्थानीय तहसम्म नयाँ संरचना अनुरूप संगठन­-व्यवस्थापन (भेला, अधिवेशन र बैठक सहित) गर्ने तथा भावी प्रदेशहरूमा संगठन पुनर्संरचना र परिचालनको विशेष अभियान सञ्चालन गर्ने≤
  • सङ्गठित उद्योग-व्यवसायमा भइरहेको संगठन र सङ्र्घष्ाका कामलाई अरु व्यवस्थित र सुदृढ गर्ने नीति लिने र कृषि तथा गैर-कृषि शहरी अनौपचारिक क्षेत्रमध्ये कृषि, निर्माण र स्वरोजगार श्रमिकहरूमा केन्द्रित भई सदस्यता विस्तारको नीति अपनाउने≤
  • विशेष दिवसहरूमा श्रमिक परिचालन गरी ट्रेड यूनियन आन्दोलनको छवि सामाजिक रूपमा स्थापित गर्ने≤
  • केन्द्रीय यूनियन परिषदको माध्यमबाट सदस्य संघमा आबद्ध सदस्यहरूको मर्यादित काम र उचित ज्यालाको माग पूरा गराउन र गुनासाहरू समाधान गर्न स्थानीय र राष्ट्रिय स्तरमा श्रमिक परिचालन गर्ने ।

ख) वरिष्ठ यूनियनकर्मी सञ्जालको स्थापना र सञ्चालन

  • नेपालको ट्रेड यूनियन आन्दोलनमा दीर्घकालदेखि क्रियाशील तथा महासंघको निर्माण तथा विकासमा योगदान गर्ने वरिष्ठ यूनियनकर्मीहरूको सम्मान गर्नु र उहाँहरूको अनुभव भावी आन्दोलनमा उपयोग गर्नु आवश्यक भएकाले "वरिष्ठ यूनियनकर्मी सञ्जाल" स्थापना गरी त्यसैको पहलमा यस्ता "वरिष्ठकर्मी"हरूको खोजी-सम्मान र अनुभवको आदान-प्रदान गर्ने ।

ग) सामुदायिक श्रमिक क्लबको विस्तार

  • काम गर्ने थलो र प्रतिष्ठानमा बनाइएको यूनियनले श्रमिक-श्रमिक बीचको भावनात्मक एकताको एउटा पाटो मात्र बोकेको छ । यस्ता भिन्ना-भिन्नै कार्यथलो, अलग-अलग प्रकृतिका काम र फरक-फरक प्रतिष्ठानमा काम गर्ने श्रमिक र तिनका परिवारको बसोबास भने एउटै गाउँ, बस्ती र टोलहरूमा हुन्छ । आजसम्मको यूनियन निर्माणको अभ्यासमा बस्ती र समुदायमा श्रमजीवी वर्ग एक्ला एक्लै छ, सङ्गठित छैन । जसले गर्दा यूनियन आन्दोलनको सञ्जाल खुकुलो हुन पुगेको छ । तर्सथ पछिल्लो समयमा हासिल गरिएको "बसोबास र समुदाय आधारित कमिटीहरू" निर्माणको अनुभव अनुरूप "सामुदायिक श्रमिक क्लब" स्थापना र सञ्चालन गर्ने काम अघि बढाइनेछ ।

  

३. सामाजिक संरक्षणको बृहद् अभियान

रोजगारदाताहरूको "हायर एण्ड फायर" लगायतका श्रम लचकताको मागलाई पेन्सन-सञ्चयकोष-बीमा-स्वास्थ्य उपचार-श्रमिक परिवारको शिक्षा-उपदान-बेरोजगारी भत्ता जस्ता सामाजिक सुरक्षाका उपायहरूले सन्तुलित गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहेकाले यो अभियान अन्तरगत निम्नानुसारका कामहरू गरिने छ ः

  • सामाजिक सुरक्षाका ९ विधाको प्रचार-प्रसार गर्ने र एकीकृत सामाजिक सुरक्षा कोषको लागि अभियान सञ्चालन गर्ने≤
  • लघु स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ गरी निरन्तरता दिने≤
  • कार्यथलो सुरक्षित गर्न, व्यवसायजन्य रोगबाट बचाउन व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी जागरणका कार्यक्रममा श्रमिक परिचालन गर्ने ।
  • राष्ट्रिय कल्याणकारी कोषमा सञ्चित रकम श्रमिकका पक्षमा अधिकाधिक मात्रामा सदुपयोग गर्न विभिन्न दवावमूलक र रचनात्मक अभियान सञ्चालन गर्ने≤
  • महिलाहरूको स्वास्थ्यको स्थिति कहाली लाग्दो छ । पीडित महिलाहरूको संख्या हजारौं हजार छन् । जिफन्टले थोरै भए पनि सघाउने लक्ष्य राखी श्रमिक महिला सहायता कोष स्थापना गरेको छ । यो कोषबाट चौथो राष्ट्रिय महाधिवेशनयता पीडित महिला श्रमिकहरूको औषधि उपचारमा निकै सहयोग गरिएको छ । यसलाई थप सुदृढ गरिनेछ । जिफन्टका आम सदस्यको हितका लागि आपतकालीन राहत कोष संचालन गर्ने ।

  

४. महिला नेतृत्व विकास तथा लै·कि समानताको कार्यक्रम

राज्यले नीतिगत तथा संवैधानिक रूपमा अंश र वंशमा महिलाहरूको हक स्थापित गरेको छ । यो व्यवस्थासँगै महिला हिंसा विरुद्धको कडा कानुनी कार्वाही र विभेदकारी सबै कानुनको खारेजीका साथै राज्य र समाजको सबै अङ्गमा कम्तीमा पनि एकतिहाइ महिला सहभागिता अनिवार्य गराएको छ । यसले रोजगारीका सबै क्षेत्रमा एकतिहाइ महिला सहभागिताको माग गरेको छ । पुरुष सहकर्मी सरह समान ज्याला, सुविधा, सम्मान र अधिकार हुनैपर्ने नैतिक बन्धन र कानुनी अनिवार्यता कायम गरेको छ । यस सर्न्दर्भमा केन्द्रीय महिला मजदुर विभागको सट्टा केन्द्रीय महिला कमिटी निर्माण गर्ने र लैङ्गकि समानताको अभियानलाई थप बल पुर्‍याउन विभिन्न तहमा महिला सम्मेलन गरी कमिटी निर्माण र सञ्चालन गर्ने  कार्यक्रम रहेको छ ।

  

५. एकल यूनियन अभियान

"एक यूनियन-एक आवाज"को नारालाई अझ दृढताका साथ उठाउ“दै श्रमिकको आवाज, हक-हित र अधिकारको आन्दोलनलाई एकीकृत गर्ने अभियानमा स्थानीय तहका सदस्यदेखि केन्द्रीय नेताहरूसम्मको परिचालन आवश्यक छ । "एक यूनियन" अभियानको प्रवर्धकको रूपमा एनटियुसीको समेत संलग्नतामा हाम्रो महासंघ झण्डै ७ वर्षेखि संयुक्त रूपमा क्रियाशील छ । तर्सथ, एकल यूनियन अभियानलाई प्रभावकारी बनाउन आचारसंहितामा आधारित भई साझा कार्यक्रम विकास गरी संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको संस्थागत सञ्चालनमा जोड दिइनेछ  ।

  

६. श्रम कानुन र श्रम आयोग

नेपाल सरकारले विद्यमान श्रम कानुनहरूमा समसामयिक परिमार्जन गर्ने अभ्यास पनि सुरु गरेको छ । "एक ऐन-बहु नियम" का आधारमा सङ्गठित-असङ्गठित, औपचारिक-अनौपचारिक, निजी-संयुक्त-राष्ट्रिय-बहुराष्ट्रिय लगानीमा सञ्चालित सबै खाले उद्योग-व्यवसाय र पेशामा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई श्रम कानुनले समेट्नु पर्छ ।

यसैगरी, अन्तरिम संविधानमा उल्लेख भए बमोजिम राष्ट्रिय श्रम आयोग गठनको लागि त्रिपक्षीय अभ्यास जारी छ । त्रिपक्षीय सहमतिमा, अधिकारसम्पन्न र स्वतन्त्र अर्ध-न्यायिक निकायको रूपमा, श्रमिकहरूलाई छिटो-छरितो न्याय दिने उद्देश्य बोकेको आयोग निर्माणमा पहल गरिनेछ ।

  

७. अन्तर्राष्ट्रिय सम्बन्ध र भूमिका विस्तार

  • विश्वको ट्रेड यूनियन आन्दोलनभित्र रहेको "अनेकता" लाई "एकता" मा रूपान्तरित गर्न "बहुलता र विविधता" सहितको एउटै अन्तरराष्ट्रिय केन्द्र निर्माणको जारी अभियानलाई निरन्तरता दिने≤
    • आइटियूसी भित्र हाम्रो महासंघको भूमिका प्रभावकारी बनाउन क्रियाशील रहने,
    • ग्लेबल यूनियन फेडेरेसनभित्र जिफन्टमा आबद्ध संघहरूको भूमिका विस्तार गर्ने
  • वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका सरकारस“ग नेपाल सरकारको श्रम संझौता पनि सम्पन्न भएको छ । यसैको आधारमा विदेशमा कार्यरत नेपाली श्रमिकको पक्षमा आवाज  बुलन्द गर्ने र सुरक्षित आप्रवासन र संझौता बमोजिमको काम तथा ज्याला पाउने हक सबै श्रमिकको भन्ने विषयमा अभियान जारी राख्ने≤
    • नेपाली प्रवासी श्रमिकको हित प्रवर्धनका लागि कुटनीतिक निकायको भूमिका बढाउन प्रयत्न गर्ने≤
    • प्रवासी नेपाली श्रमिकलाई सङ्गठित गर्न जिफन्ट सपोर्ट ग्रुप बनाउने≤
    • गन्तव्य राष्ट्रका ट्रेड यूनियन केन्द्रस“ग सम्बन्ध विस्तार गर्ने≤
    • प्रवासी श्रमिक लक्षित विभिन्न जागरण कार्यक्रम सञ्चालन गर्ने ।

  

८. यूनियन आन्दोलनमा युवा संलग्नता

  • राष्ट्रिय युवा श्रमिक सम्मेलन गर्ने≤
  • महासंघको हरेक संरचनामा युवा कमिटीहरूको निर्माण गर्ने≤
  • घटक सङ्गठनहरूका हरेक तहमा युवा कमिटीहरूको निर्माण गर्ने≤
  • युवा परिचालनका लागि रचनात्मक र अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू 'युवा श्रमिक सामाजिक सेवामा' भन्ने नाराकासाथ सञ्चालन गर्ने ।

  

९. अनुसन्धान, प्रचार र प्रकाशन

  • श्रमिक सरोकारका विभिन्न विषयमा अनुसन्धान गरी प्रतिवेदनहरूको प्रकाशन गर्ने≤
  • निम्न प्रकाशनलाई नियमित गर्नेः
    • श्रमिक खवर   - 
    • ट्रेड यूनियन अधिकार
    • श्रमिक महिला  - 
    • इ-न्युज बुलेटिन (अंग्रेजी)
    • ट्रेड यूनियन राइट
    • परियोजनागत तथा श्रम शिक्षालाई आवश्यक पर्ने अन्य प्रकाशनहरू
  • प्रचारका लागि वेब साइट, श्रव्य, दृश्य र छापा माध्यमको सदुपयोग
  • मिडियासँग आवधिक रूपमा अन्तरक्रियाको बृहत् कार्यक्रम

  

१०. आर्थिक आत्मनिर्भरता कार्यक्रम

  • सदस्यहरूको योगदानलाई प्रभावकारी बनाउन सदस्यता शुल्क संकलनका संयन्त्रलाई बढी छरितो र व्यावहारिक बनाउने ।
  • लगानी व्यवस्थापन तथा प्रवर्धन कमिटी मार्फत् दिगो आय आर्जनको लागि क्रियाशील हुने ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ