Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


नेपाली ट्रेड यूनियन आन्दोलनको इतिहास >> तिथिमितिहरूमा ऐतिहासिक घटनाक्रम

तिथिमितिहरूमा ऐतिहासिक घटनाक्रम

नेपाली ट्रेड यूनियन आन्दोलनका ऐतिहासिक क्षणहरू

२००३ अखिल नेपाल ट्रेड यूनियन कांग्रेसको गठन भयो ।
२००४ विराटनगर श्रमिक संघको गठन भयो ।
२००४ फागुन २० -मार्च ४ गते पहिलो पटक श्रमिक आन्दोलनको शुरूवात भयो ।
२००७ अखिल नेपाल ट्रेड यूनियन कांग्रेको पर्ुनर्गठन भयो ।
२००८ अखिल नेपाल ट्रेड यूनियन कांग्रेस र विराटनगर श्रमिक संघ बीच एकीकरण भयो ।
२०१७ ट्रेड यूनियन आन्दोलनमाथि प्रतिबन्ध लगाइयो ।
२०३२ विराटनगर जुट मिलमा मेसिन स्लो-डाउन आन्दोलन गरियो ।
२०३५ बालाजु औद्योगिक क्षेत्रमा आम हड्ताल भयो ।
२०३६ पूर्व पश्चिम राजमार्ग निर्माण श्रमिकहरूले दुई महिना लामो हड्ताल ट्रेड यूनियन अधिकार र पेशासँग सम्बन्धित अन्य मागहरू सहित बालाजु औद्योगिक क्षेत्रमा हड्ताल शुरू भयो । यस हड्तालमा यातायात, चिया मजदुर, होटल लगायत क्षेत्रका श्रमिकहरूले र्समर्थन गरे र हड्ताल देशव्यापी रूपमा फैलियो । यसै आन्दोलनको नतिजा स्वरूप अनेट्रेयूकांको निरन्तरताको रूपामा राष्ट्रिय स्तरको नयाँ ट्रेड यूनियन केन्द्र - नेपाल स्वतन्त्र मजदुर यूनियनको गठन भयो । यस यूनियन अन्तरगत सबै पेशा र क्षेत्रमा क्रियाशील श्रमिकहरूलाई संगठित गर्न थालियो ।
२०३८ नेपाल स्वतन्त्र होटल मजदुर यूनियनको गठन भयो ।
२०४० नेपाल ट्रेकिङ मजदुर संघको गठन भयो ।
२०४६ साउन ५ गते नेस्वमयू, नेस्वहोमयू, नेयास्वमसंघ र नेट्रेमसंघ संस्थापक सदस्य रहेको राष्ट्रिय ट्रेड यूनियन केन्द्र नेपाल ट्रेड यूनियन महासंघ -जिफण्ट) को स्थापना भयो ।
२०४६ ऐतिहासिक जन आन्दोलनमा सबै क्षेत्रका श्रमिकहरूलाई संगठित रूपमा परिचालन गर्ने काम गर्यो । अन्ततः निरंकुश पंचायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना भयो । जिफण्टले आफ्नो जीवन पहिलो पटक खुल्ला कार्यक्रम गरी राष्ट्रिय कमिटीलाई पुनर्व्यवस्थित गर्ने काम गर्यो । जिफण्ट आवद्ध ट्रेड यूनियनको संख्या नौ पुग्यो ।
२०४८ श्रम सम्बन्धी कानुनहरू - श्रम कानुन र ट्रेड यूनियन ऐन तयार गरी संसदमा प्रस्तुत ।
२०४८ जिफण्टको पहिलो राष्ट्रिय महाधिवेशन चैत्र १५-१८, काठमाडौंमा सम्पन्न
२०५२ जिफण्टलाई नेपालकै पहिलो ट्रेड यूनियन केन्द्रको रूपमा श्रम विभागमा दर्ता ।
२०५२ जिफण्टको दोस्रो राष्ट्रिय महाधिवेशन चैत्र ३-६, काठमाडौंमा सम्पन्न ।
२०५७ जिफण्टको तेस्रो राष्ट्रिय महाधिवेशन बैशाख १९-२१, काठमाडौमा सम्पन्न
२०६१ जिफण्टको चौथो राष्ट्रिय महाधिवेशन बैशाख १९-२१, काठमाडौमा सम्पन्न गरियो ।
२०६२ माघ १९ मा निरंकुश राजतन्त्रको सैनिक कु पछि पहिलो पटक ट्रेड यूनियन महासंघहरुको आयोजनामा लोकतन्त्रको माग गर्दै वृहद् राष्ट्रिय श्रमिक सम्मेलन गरियो ।
२०६३ संसदको पुनर्स्थापना र निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनाको लागि ऐतिहासिक जनआन्दोलनमा समर्पित
२०६४ राजनीतिक संक्रमणकालको अन्त्य र लोकतन्त्र स्थापनाका लागि अभियान जारी ।

२०६५ जिफन्टको पाँचौं राष्ट्रिय महाधिवेशन चैत्र २२–२५ गते, काठमाडौमा सम्पन्न गरियो ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ