Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


जिफन्टबारे >> सं‌ङ्क्षिप्त परिचय

सं‌ङ्क्षिप्त परिचय

जिफन्टको लक्ष्य

"श्रमजीवी वर्गको मर्यादित, समृद्ध र सिर्जनशील जीवन" हाम्रो लक्ष्य हो । "सम्मानित श्रमजीवी वर्ग र समृद्ध जीवनको लागि समाजवाद" नेपाल ट्रेड यूनियन महासंघको लक्ष्य प्रतिविम्वित गर्ने नारा हो ।

जिफन्टको ध्येय

नेपाली समाजमा विद्यमान सामन्ती उत्पादन सम्बन्ध अन्त्य गरी समाजवादी उत्पादन सम्बन्ध स्थापित गर्नु जिफन्टको उद्देश्य हो । यो उद्देश्य प्राप्तिको लागि नीति निर्माण प्रक्रिया र राजनीतिक निर्णयको प्रक्रियामा प्रभाव पार्न सक्ने तुल्याउन, श्रमिकलाई क्षमता अभिवृद्धि गर्दै शिक्षित र सङ्गठित गरिने छ । श्रमिकका मौलिक हक सहित विश्वव्यापी घोषणामा परेका मानव अधिकार प्राप्तिको सन्दर्भमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता पनि परिचालन गरिने छ ।
दिगो शान्ति, स्थिरता र वर्ग आधारित समावेशी सहभागितामूलक लोकतन्त्र जिफन्टले जोड दिने गरेको तीन वटा प्रमुख पक्षहरू हुन् ।

जिफन्टको मूल उद्देश्य

राज्यको सम्पूर्ण अङ्गमा श्रमजीवी वर्गको महत्वपूर्ण संलग्नता हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र सुदृढ गर्ने।

जिफन्टका अन्य उद्देश्य

  • वर्ग दृष्टिकोण सहित सामाजिक रूपान्तरणको संघर्षलाई निरन्तरता दिने
  • श्रमिक अधिकारको प्रवर्धन, सुरक्षा तथा परिपूर्ति गर्नका लागि नीति निर्माणको वातावरण सिर्जना गर्ने
  • एकल यूनियनको निर्माण गरी एकीकृत ट्रेड यूनियन आन्दोलनको अवधारणालाई साकार पार्ने
  • सबैका लागि मर्यादित काम सुनिश्चित गर्ने

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ