Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


अभिसन्धि नं‌ ८७ को अनुमोदन गर ! सामाजिक सुरक्षा हाम्रो माग !

 

अभिसन्धि नं‌ ८७ को अनुमोदन गर ! सामाजिक सुरक्षा हाम्रो माग !

माघ १९, २०६६ को अभियानमा वितरित पर्चा

 

संगठन स्वतन्त्रता हरण भएको, नेपालको इतिहासमा कालो दिनको रुपमा रहेको माघ १९ गते पारेर संगठन स्वतन्त्रता र सामाजिक सुरक्षा कोष निर्माणका लागि जनमत निर्माण गर्ने उद्देश्यले नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले माघ १९ गते ठूलो श्रमिक परिचालन गरी देशव्यापी रुपमा बृहत दबाब अभियानको आरम्भ गरेको थियो ।

 

उक्त अभियान सफल पार्नका लागि जिफन्टका सम्पूर्ण घटक यूनियनहरु, अञ्चल र जिल्लाका युवा कमिटी, महिला कमिटीहरु, जिफन्ट श्रमिक सामुदायिक क्लबका सदस्यहरुले चौधै अञ्चलका जिल्ला, टोल, वडा, सडक, बजार, कारखाना, स्कूल, संघसंस्था आदि स्थानमा संगठन स्वतन्त्रता सम्बन्धी आइएलओ अभिसन्धि नं. ८७ पारित गर, सामाजिक सुरक्षाकोष निर्माण गर भन्ने माग सहितको यो पर्चा वितरण गरेका थिए ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ