Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


जिफन्ट राष्ट्रिय कमिटी

जिफन्ट राष्ट्रिय कमिटीः राष्ट्रिय कमिटीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एक महिला सहित ४ उपाध्यक्षहरू, महासचिव, एक महिला सहित ३ उपमहासचिवहरू, ५ जना विभागीय सचिवहरू, ९ जना यूनियन परिषद संयोजकहरू, १२ जना अञ्चल अध्यक्षहरू, ९ वटै यूनियन परिषदबाट निर्वाचित ९ जना महिला सदस्यहरू, खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित ८ जना महिला सदस्यहरू र जिफन्ट युवा कमिटीका अध्यक्ष समेत रहनेछन् । स्थायी आमन्त्रित सदस्यका रूपमा वरिष्ठ यूनियनकर्मी संजालका संयोजकलाई पनि राष्ट्रिय कमिटीमा आमन्त्रण गरिन्छ । यसरी जिफन्ट राष्ट्रिय कमिटीका सदस्यहरू र पदाधिकारीहरूको कूल संख्या ५५ हुनेछ । राष्ट्रिय कमिटीका अध्यक्ष दुई पटक भन्दा बढी सो पदमा बहाल नरहने व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरू घटक यूनियनका पदाधिकारी हुन पाउने छैनन् । विधान अनुसार महासंघको सर्वोच्च कार्यकारी कमिटीको रूपमा राष्ट्रिय कमिटीले नै काम गर्नेछ ।


प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ