|
| |
मुख्य पृष्ठ > संक्षेपमा जिफन्ट
 |
संक्षेपमा जिफन्ट |
|
|
|
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)
|
:: परिचय <माथि> |
नेपाल ट्रेड यूनियन महासंघ नेपालको पहिलो मान्यताप्राप्त ट्रेड यूनियन महासंघ हो । यसमा उत्पादनमूलक उद्योग र कारखाना, टेक्सटायल, गार्मेन्ट तथा जुट, यातायात्, कार्पेट, होटल तथा रेष्टुराँ, ट्राभल, ट्रेकिङ तथा र्याफ्टीङ, चिया, प्रिन्टिङ प्रेस, अटोमोबाइल र मेटल, निर्माण, सफाइ, खाद्य तथा पेय, पेट्रोलियम, केमिकल-आइरन, रिक्सा, कृषि, सडक-व्यापार, नाई, घरेलु श्रम, घर आधारित श्रम, कुरियर तथा कार्गो, थाङ्का कला, सुरक्षागार्ड, निजी तथा आवासीय विद्यालय र कर संकलन क्षेत्रका श्रमिकहरूलाई संगठित गर्ने २६ वटा राष्ट्रिय ट्रेड यूनियन संघहरू आबद्ध छन् ।
यो महासंघ २००६ नोभेम्बरमा स्थापित अन्तरराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयुसी) को संस्थापक सदस्य हो र यसको अन्तरराष्ट्रिय परिषदको दोस्रो वैकल्पिक सदस्य तथा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिको वैकल्पिक सदस्य र क्षेत्रीय परिषदको पर्ण सदस्य तथा दोस्रो वैकल्पिक सदस्य पनि हो । जिफन्टका सदस्य संघहरु विभिन्न ग्लोवल यूनियन फेडेरेसन (जियुएफ) हरुसँग आबद्ध छन् ।
जेण्डर समानताको प्रवर्द्धनका लागि जिफन्टले विशेष विभागको केन्द्रीय महिला मजदुर विभागको गठन गरेको छ । यो विभागलाई घटक यूनियन सरहको मान्यता दिइएको छ । अधिकार प्रयोगमा क्षेत्र, अंचल र जिल्लासम्म आफ्नो संरचना मार्फत् गतिविधिहरू संचालन गर्दछ ।
|
| |
:: जिफन्टको लक्ष्य <माथि> |
"सम्मानित श्रमजीवी वर्ग र समृद्ध जीवनको लागि समाजवाद" नेपाल ट्रेड यूनियन महासंघको लक्ष्य प्रतिविम्वित गर्ने नारा हो ।
हाम्रो समाजमा अझै पनि सामन्ती उत्पादन सम्बन्ध कायम छ । दिगो शान्ति, स्थिरता र वर्ग आधारित समावेशी सहभागितामूलक लोकतन्त्र जिफन्टले जिफन्टले जोड दिने गरेको तीन वटा प्रमुख पक्षहरु हुन् । श्रमिक वर्गको समृद्ध जीवनका लागि समाजवाद अपरिहार्य छ भन्ने महासंघको ठहर छ ।
|
| |
:: जिफन्ट स्थापनाका उद्देश्य <माथि> |
जिफन्ट स्थापनाका उद्देश्य निम्न अनुसार छन्
- विद्यमान राजनीतिक संक्रमणकाललाई यशाशीघ्र अन्त्यका गर्न लोकतन्त्रको स्थापनाको निमित्त क्रियाशील र संघर्षरत सात राजनीतिक दलको गठबन्धनसँग नजिकबाट सहकार्य गर्ने
- लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने
- विद्यमान केन्द्रीकृत राज्यलाई पुनर्संरचना गरी संघात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न यथाशीघ्र संविधानसभाको निर्वाचन गराउन दवाव अभियान सञ्चालन गर्ने
- राजनीतिक पार्टीमा श्रमिक वर्गको प्रभाव स्थापित गर्नका लागि सामाजिक आन्दोलनमा श्रमिक वर्गको भूमिका सुदृढ बनाउन एकल यूनियन स्थापना गर्ने
- श्रमिक वर्गलाई आफ्नो अधिकार र कर्तप्रव्यप्रति सचेत गराउने
- सामन्ती उत्पादन सम्बन्धको अन्त्य गर्ने
- पूँजीको विश्वव्यापीकरणको विरुद्ध श्रमिक वर्गको अन्तरराष्ट्रिय ऐक्यबद्धताको लागि क्रियाशील रहने
- आर्थिक शोषणका सबै रुपहरुलाई समाप्त पारी वर्गीय रुपमा समतामूलक राज्य प्रणालीको स्थापना गर्ने ।
|
| |
:: नयाँ कामको प्रस्ताव <माथि> |
"प्रजातन्त्र, शान्ति र अग्रगमनका लागि एकल यूनियन" को नाराका साथ जिफण्टको चौथो राष्ट्रिय महाधिवेशनले आगामी कार्यकालको लागि १२ बुँदे कार्यक्रम पारित गरेको छ । उक्त कार्यक्रम निम्नानुसार रहेको छ-
- १. सामाजिक परिवर्तनको लागि राजनीतिक पार्टीसँग हातेमालो
- शान्ति स्थापना, प्रजातन्त्रको पुनर्स्थापना र सामाजिक अग्रगमनको लागि राजनीतिक पार्टीसँग हातेमालोको कार्यक्रम जारी राख्ने ।
- २. शैक्षिक अभियान
- औपचारिक, अनौपचारिक र स्वरोजगार क्षेत्रको लागि अलग-अलग पाठ्यक्रम निर्माण गरी ट्रेड यूनियन शिक्षालाई सबै क्षेत्रमा व्यवस्थित रूपमा संचालन गर्ने ।
- राजनीतिक र विषयगत शिक्षाको लागि आम श्रमिक, ट्रेड यूनियन कार्यकर्ता र नेतृत्व तहमा रहेका लक्षित समुहका लागि आवश्यकता अनुसार बेग्ला-बेग्लै पाठ्यक्रम तयार गर्ने र शैक्षिक कार्यक्रम संचाल गर्ने ।
- ट्रेड यूनियन शिक्षालाई व्यवस्थित गर्दै जाने क्रममा विषयगत विज्ञ तयार गर्नका लागि विषय चयन गरी विज्ञ तयार गर्दै जाने ।
- हाल सञ्चालन भइरहेका अन्य शैक्षिक गतिविधिलाई आवश्यकता अनुसार निरन्तरता दिने ।
- ३. संगठन विस्तार र परिचालन
- क्षेत्र र अञ्चलका संरचनालाई व्यवस्थित र सुदृढ गर्दै जाने ।
- नीति निर्माण र संगठन परिचालनको कामलाई दुई भागमा बाँडी सांगठनको गतिलाई बढाउने ।
- वर्षो ५ पटक क्षेत्रीय र केन्द्रीय रूपमा श्रम शक्तिलाई केन्द्रीकृत गरी परिचालन गर्ने ।
- मे १ - काठमाडौं आधारित (अन्तरराष्ट्रिय श्रमिक दिवस)
- नोभेम्बर २० - क्षेत्र आधारित (अन्तरराष्ट्रिय बालअधिकार दिवस)
- डिसेम्बर १८ - क्षेत्र आधारित (अन्तरराष्ट्रिय प्रवासी श्रमिक दिवस)
- मार्च ८ - काठमाडौं आधारित (अन्तरराष्ट्रिय श्रमिक महिला दिवस)
- अप्रिल २८ - क्षेत्र आधारित (अन्तरराष्ट्रिय दुर्घटना पीडित श्रमिक स्मृति दिवस)
- ४. एकल यूनियन अभियान
- एक यूनियन - एक आवाजलाई व्यवहारमा लागू गर्न लेबोर पार्लियामेन्ट (श्रम संसद) वा यस्तै प्रकृतिको संयन्त्र निर्माणमा क्रियाशील रहने । यस प्रक्रियालाई अहिलेदेखि नै जिफण्ट/एनटियूसी संयुक्त सचिवालय मार्फ अगाडि बडाउँदै जाने ।
- ५. सामाजिक सरोकारका विषयमा संलग्नता
ट्रेड यूनियन आन्दोलनमा सामाजिक-राजनीतिक आन्दोलनको आयाम थप्न निम्न कार्य गर्ने
- वर्ग केन्द्रित कार्यक्रम सञ्चालन गर्ने
- सामाजिक विभेद विरुद्ध कार्यक्रम सञ्चालन गर्ने
- सामाजिक कुरिति विरुद्ध कार्यक्रम सञ्चालन गर्ने
- उपभोक्ता अधिकारको आन्दोलनमा हातेमालो गर्ने
- ६. सामाजिक सुरक्षा तथा श्रमिक सहकारिता अभियान
- जिफन्ट स्वास्थ्य सहकारी अभियानलाई जारी राख्ने
- अन्य सहकारी अभियान सञ्चालनको लागि संभावनाको खोजी गर्ने
- कार्यकर्ता कल्याणकारी कोष शुरु गर्ने
- महिला मजदुर कल्याणकारी कोषलाई सुदृढ गर्ने
- ७. महिला मजदुर अभियान
- हालको नीतिलाई थप परिमार्जन गर्दै जाने । यूनियनको विभिन्न तहको नेतृत्वमा रहेको १५ प्रतिशत महिला अनिवार्यको अवस्थालाई यसै कार्यकालको अन्तसम्ममा हरेक तहमा ५ प्रतिशत महिला सहभागिता वृद्धि गरी २० प्रतिशत पुर्याउने लक्ष सहित क्रियाशील रहने ।
- ८. मानवीय स्रोत विकासका कार्यक्रम
- प्राविधिक जनशक्ति विकासमा जोड दिने
- व्यावसायिक जनशक्ति विकासमा जोड दिने
- राजनीतिक जनशक्ति विकासमा जोड दिने
- ९. अन्तरराष्ट्रिय सम्बन्ध विकासको कार्यक्रम
- एकल अन्तरराष्ट्रिय ट्रेड यूनियन केन्द्र निर्माणको उद्देश्य सहित विभिन्न अन्तरराष्ट्रिय ट्रेड यूनियन केन्द्रसँग कार्य गर्ने
- ग्लोवल यूनियन फेडेरेसनहरूमा उपयुक्त संघहरूलाई आबद्धताको लागि अनुमति दिने र सहकार्य गर्ने
- दक्षिण-दक्षिण सहयोग आधारित क्षेत्रीय तथा अन्तरराष्ट्रिय संयन्त्रहरूमा संलग्न रहने
- १०. अनुसन्धान, नीतिगत हस्तक्षेप, प्रचार र प्रकाशन
- श्रम सम्बन्धी समसामयिक तथा जल्दा-बल्दा विषयमा अनुसन्धान गर्ने
- यी विषयहरूको प्रकाशन गर्ने
- प्रचारको लागि अन्य वैकल्पिक माध्यमको प्रयोग गर्ने
- ११. अनौपचारिक क्षेत्रको यूनियनीकरण
कृषि र निर्माण क्षेत्र लगायत निम्न क्षेत्रमा यूनियन अभियान केन्द्रित गर्ने प्रयत्न गर्ने ।
- सैलुन
- घर आधारित श्रमिक
- सुनचाँदी कालिगढ
- कुरियर तथा क्यारियर्स
- व्यावसायिक कलाकार
- सेवा क्षेत्र (सहकारी तथा वित्तीय)
- नर्सिङ
- सेक्युरिटी सेवाको
- १२ आर्थिक आत्मनिर्भर कार्यक्रम
-
|
| |
:: जिफण्टको संरचना <माथि> |
सदस्य आधारित संगठन जिफण्टको नीति निर्माणको सबैभन्दा माथिल्लो निकाय राष्ट्रिय महाधिवेशन हो । यो हरेक चार चार बर्षमा आयोजना गरिन्छ । राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरूको बीचबाट विधान अनुसार हरेक यूनियनबाट एकजना महिला सहित कम्तीमा पाँच जना राष्ट्रिय परिषद सदस्यको निर्वाचन गर्दछ । राष्ट्रिय परिषदका सदस्यहरूबाट विधानमा तोकिए बमोजिमको संख्यामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, क्षेत्रीय संयोजक, महिला क्षेत्रीय संयोजक, विभागीय सचिव र सहस्यहरूको निर्वाचन गर्दछ । राष्ट्रिय परिषदको बैठक वर्षो एकपटक बस्दछ । यस बैठकले जिफण्टको गतिविधिको मूल्यांकन गर्नुका साथै वार्षिक कार्ययोजना पारित गर्दछ । यसले आवश्यकता पर्यो भने राष्ट्रिय कमिटीको पदाधिकारी र सदस्यको फेरबदल समेत गर्न सक्दछ । राष्ट्रिय कमिटीको बैठक वर्षो दर्ुइ पटक बस्दछ । यसले आवश्यकता अनुसार विभागको गठन गर्ने, कार्य विभाजन गर्ने र वार्षिक कार्ययोजनाको कार्यान्वयनको लागि विस्तृत योजना बनाउने काम गर्दछ । राष्ट्रिय कमिटीले बनाएको कार्ययोजना कार्यान्वयन र अनुगमनको काम सचिवालयले गर्दछ, यसको बैठक हरेक महिना बस्दछ । सदस्य संघहरू बीचको कामको संयोजन गर्ने काम तोकिएको इन्चार्ज मार्फ गरिन्छ । कामको औपचारिक रिपोर्टिङ र छलफल राष्ट्रिय कमिटीको बैठकमा गरिन्छ । राष्ट्रिय कमिटीको मातहतमा तीनवटा क्षेत्रीय समन्वय कमिटीहरू रहेको छ । आफ्नो क्षेत्रभित्र पर्ने सबै अंचलका अध्यक्षहरू, क्षेत्रीय महिला संयोजक रहेको यस कमिटीको बैठक हरेक चार महिनामा बसी क्षेत्रभरिको कामको योजना तर्जुमा, कार्यान्वयन र अनुगमनको काम गर्दछ । क्षेत्रीय परिषदको बैठक वर्षा एकपटक बसी क्षेत्रीय योजना बनाउने काम गर्दछ । जिफण्टको विधानमा तोकिएको क्षेत्रलाई ओगट्ने गरी जिफण्ट अंचल कमिटीको गठन हुन्छ । हाललाई यस्ता कमिटीहरू १२ वटा रहने व्यवस्था छ । हरेक तीनवर्षा अंचल स्तरीय अधिवेशन गरी अंचल कमिटीको निर्माण गरिन्छ । यसरी निर्वाचित कमिटीको अध्यक्ष पदेन जिफण्ट राष्ट्रिय कमिटीको सदस्य हुने विधानतः व्यवस्था छ । त्यस अंचल अर्न्तर्गत रहेका सबै सदस्य यूनियनका कमिटीहरू बीच कामको समन्वय गर्ने काम यस कमिटीले गर्दछ । यस बाहेक जिफण्टको संरचनाभित्र केन्द्रीय महिला मजदुर विभाग रहेको छ । यसको संयोजक र सचिवको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट गरिन्छ भने सदस्यहरूमा क्षेत्रीय महिला संयोजन, अंचल महिला मजदुर विभागको संयोजक र सबै सदस्य यूनियनबाट तोकिएको एकजना महिला नेता रहने व्यवस्था छ । जिफण्टभित्र यस विभाग मान्यतामा सदस्य यूनियन सरह र अधिकारमा विशेष विभागको रूपमा क्रियाशील छ । अधिकारमा विशेष विभाग भन्नाले केममविले आफ्नो संरचनालाई क्षेत्र, अंचल र जिल्ला तहसम्म विस्तार गर्न सक्दछ, जुन अधिकार अरु विभागले राख्दैनन् ।
- राष्ट्रिय महाधिवेशन
- राष्ट्रिय परिषद
- राष्ट्रिय कमिटी
- सदस्य यूनियनहरु २०
- सचिवालय
- केन्द्रीय योजना आयोग
- विभागहरु ७
- क्षेत्रीय समन्वय कमिटी ३
- क्षेत्रीय परिषद ३
- अञ्चल कमिटी १२
- जिल्ला समन्वय परिषद
|
| |
:: हाम्रा विगतका गतिविधि <माथि> |
जिफन्टले बेला बेलामा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । जसमध्य विगतमा गरेका केहि गतिविधिहरूलाई यहाँ समावेश गरिएको छ ।
- १. ट्रेड यूनियन शैक्षिक अभियान
नेपाली मजदुरको बीचमा चेतना फैलाउने उद्देश्यले महासंघले २०५० असारदेखि ट्रेड यूनियन शिक्षा-साक्षरता कार्यक्रम -ट्रयू क्याम्पेन) अभियानको रूपमा शुरू गर्यो । एकवर्षको अनुभवमा आधारित भएर २०५१ सालबाट यस अभियानलाई परिमार्जन गरी घुम्ती ट्रेड यूनियन स्कुलको धारणा विकास गरियो । जसअनुसार आवश्यकताको आधारमा मजदुर शिक्षा, नेतृत्व विकास तालिम र ट्रेड यूनियनका समसामयिक विषयहरूमा प्रशिक्षण कार्यक्रमहरू संचालन भइरहेका छन् । तेस्रो महाधिवेशनको चरणमा आइपुग्दा ट्रेड यूनियन शैक्षिक अभियानमा नयाँ विधि "स्टडी र्सकल" लाई अभियानको रूपमा अगाडि बढाइँदैछ । प्रशिक्षक प्रशिक्षण तालिममा निरन्तरता शैक्षिक अभियानमा उल्लेख गर्न लायक अर्को एउटा अंग बनेको छ ।
- २. संगठन विस्तार र परिचालन
-
जिफण्टको दोस्रो राष्ट्रिय महाधिवेशनबाट ट्रेड यूनियन आन्दोलनको दायरा ठूलो बनाउन जिफण्टको कामलाई अनौपचारिक र ग्रामिण कृषि क्षेत्रमा पनि विस्तार गर्ने निर्णय गरियो । अनौपचारिक श्रमशक्तिको ठूलो भाग ओगट्ने कृषि श्रमिकहरूलाई संगठित गर्ने लक्ष्यसहित कृषि मजदुर संघ नेपालको स्थापना भइसकेको थियो । यसबाहेक, निर्माण, सडक व्यापार र नाई क्षेत्रका श्रमिक बीच पनि यूनियन निर्माणको काम भएको छ । उद्योग र पेशाको प्रकृति अनुसार ट्रेड यूनियन संघहरूको निर्माण गरिएको छ । यस अन्तरगत कलकारखानामा काम गर्ने श्रमिकहरू लगायत गार्मेण्ट, कार्पेट, होटल, टेकिड., चिया, यातायात, प्रेस, सफाई जस्ता क्षत्रेमा यूनियन क्रियासिल रहेकाछन् । स्वरोजगार क्षेत्रमा सडक व्यापार, नाई, अटो मेकानिक्स लगायतका यूनियहरू रहेका छन् ।
- ३. सामाजिक सुरक्षा अभियान
आजको नव उदारवादी विश्वव्यापीकरणको युगमा रोजगारदाताहरू हायर एण्ड फायरको माग गरिरहेका छन् र मानवीय पक्षलाई पूरै विर्सिएर श्रमिकलाई बजारको वस्तुको रूपमा व्यवहार गर्दै थर्काउने प्रयत्न गर्दैछन् । यसका विरुद्धमा औपचारिक, अनौपचारिक र स्वरोजगार क्षेत्र समेतलाई समेट्ने गरी सामाजिक सुरक्षाको एउटै योजनाको माग जिफण्टले निरन्तर रूपमा उठाउँदै आएको छ ।
सामाजिक सुरक्षाको विषयमा जिफण्टले आफ्नो पहलमा सदस्यहरूलाई सहयोग गर्ने उद्देश्यले २०५२ साल मंसिर २५ गतेबाट आकस्मिक कोषको स्थापना गरी संचालन गर्दै आएको थियो । यसै क्रममा तेस्रो महाधिवेशनपछि जिफण्ट स्वास्थ्य सहकारी संचालन शुरू भएको गरियो भने चौथो महाधिवेशनपछि जिफण्ट कार्यकर्ता कल्याणकारी कोषको स्थापना गरिएको छ ।
- ४. श्रम कानुनको प्रभावकारी कार्यान्वयनको अभियान
केही नराम्रा धाराका वावजुद, श्रम कानुनमा श्रमिक पक्षीय धाराहरू धेरै छन्, जुन कार्यान्वयन हुन सकेका छैनन् । नेपालमा कानुनी सेवा ज्यादै महँगो र र्सवसाधारण श्रमिकको पहुँचबाट बाहिर रहेको छ । यसले गर्दा अदालतमा आफ्नो मुद्दा लड्न श्रमिकहरूलाई आर्थिक हिसाबले निकै कठिन पर्दछ । यही कुरालाई ध्यानमा राख्दै महासघले केन्द्रीय कार्यलयमा एकजना कानुन अधिकृत नियुक्ति गरी आवश्यक पर्नेहरूलाई विगत २०५० सालदेखि निःशुल्क कानुनी सेवा उपलब्ध गराउँदै आएको छ । यस बाहेक, श्रम कानुनको प्रभावकारी कार्यान्वयन र शोषणमूलक श्रम अभ्यासको विरोधमा विभिन्न दवावमूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ । हाल शाही सरकारले ल्याएको श्रम अध्यादेशले कानुनमा भएका धेरै अधिकारको कटौती गरेको छ र सवै यूनियनहरू त्यसको विरोधमा जुटेका छन् ।
- ५. महिला मजदुर अभियान
जिफण्टभित्र महिला मजदुर अभियान २०४९ सालदेखि नै महत्वका साथ उठाउँदै आइएको छ । महिला मजदुरसँग सम्बन्धित थोरै विषयहरू छन् । लिंगमा आधारित भेदभाव र सामाजिक कुप्रथा, मूल्य र मान्यताहरूले उत्पन्न गरेका असमानताले गर्दा पुरुषको तुलनामा महिला मजदुरहरू बढी उत्पीडनमा परेको छन्। नेपाली श्रम बजारमा महिला श्रमिकको ठूलो संख्या रहेको सन्दर्भमा ट्रेड यूनियन आन्दोलनलाई पनि महिलाकरण गर्नु जरुरी छ । श्रमिक आन्दोलन र नेतृत्वमा महिला सहभागिता वृद्धिको लागि 'प्रतिनिधित्व मात्र होइन, समान सहभागिता' को मूल नारालाई अगाडि बढाएको छ । यस बाहेक, जेन्डर सचेत यूनियन आन्दोलन निर्माणमा विशेष जोड दिंदै जेण्डर सचेत यूनियन कार्यकर्ताको विकासको लागि जिफण्टको हरेक गतविधिमा २५ प्रतिशत महिला र महिला कार्यक्रममा २५ प्रतिशत पुरुषको समभागिताको नीति बनाएको छ । यिनै भावनाहरूलाई समेट्दै जिफण्टभित्र जेण्डर मूलप्रवाहीकरणको विशेष कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
- ६. एकीकृत ट्रेड यूनियन आन्दोलनको विकास
-
ट्रेड यूनियन आन्दोलनले औपचारिक र अनौपचारिक दुवै क्षेत्रको श्रम बजारमा पारिश्रमिक लिएर काम गर्ने कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण श्रमिकहरूलाई एउटै छातामुनि समेटेर अगाडि बढाउनु आजको आवश्यकता हो । जिफण्टले एकल ट्रेड यूनियन आन्दोलन निर्माणको विषयलाई उच्च महत्वकासाथ अगाडि बढाएको छ । २०५७ सालमा जिफण्ट र एनटियूसीको बीचमा उच्चस्तरीय कार्यदलको गठन भयो । थुप्रै चरणमा भएका बैठक र साझा कार्यक्रमहरूको परिणाम स्वरूप अहिले यो जिफण्ट-एनटियूसी बोर्डमा परिणत भएको छ । दुई यूनियन केन्द्रको बीचमा राजनीतिक काम गर्ने थलोको रूपमा यो बोर्ड क्रियाशील रहेको छ । डेनमार्कको एलओ-टिसिओ भन्ने संस्थाको सहयोगमा गत बैशाख १५, २०६१ मा उद्घाटन भएको बोर्डको सचिवालय मार्फत् हाल व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा केन्द्रित रहेर साझा गतिविधिहरू संचालित भइरहेका छन् ।
- ७. सामाजिक सरोकारको विषयमा सहभागिता
विगत वर्षरूदेखि नै जिफण्ट थुप्रै सामाजिक सरोकारका विषयमा सहभागी हुँदै आएको छ । ट्रेड यूनियनको सामाजिक दायित्व पुरा गर्ने क्रममा शोषणमूलक श्रम उन्मूलनको विषयहरू खास गरी बालश्रम, बाँधा र बाध्यकारी श्रम र जेण्डर- पेशा-जाति र जनजातिको आधारमा हुने विभेदको अन्त्यको लागि जिफण्ट क्रियाशील हुँदै आएको छ । सामाजिक कुसंस्कार र उपभोक्ताको अधिकारका विषयमा पनि केही मात्रामा जिफण्टको सहभागिता रहँदै आएको छ ।
- ८. अनुसन्धान र नीतिगत हस्तक्षेप
नीतिगत हस्तक्षेप जिफण्ट गतिविधिको एउटा प्रमुख केन्द्र हो । विगत वर्षहरूमा नीतिगत हस्तक्षेपको क्षेत्रमा जिफण्टको निरन्तर सक्रियताका कारण उत्साहजनक उपलब्धि पनि हासिल गरेको छ । २०५२ सालमा राष्ट्रिय श्रम नीति निर्माण गर्ने क्रममा जिफण्टले आफ्नो तर्फबाट महत्वपूर्ण योगदान गरेको छ । यसको नतिजा स्वरूप सरकारले राष्ट्रिय श्रम नीतिको घोषणा गरेको छ । यस बाहेक पनि विगत एक दशकको अवधिमा जिफण्टले दर्जनौ नीतिगत दस्तावेजहरूको तयारी गरेको छ ।
- ९. वैदेशिक रोजगारी र प्रवासी श्रमिक सम्बन्धी कार्यक्रम
विश्वव्यापीकरणको कारणले पूँजीको विश्वव्यापी गतिशीलता भएको अवस्थामा श्रमिकको अन्तरराष्ट्रियकरणको कुरा उठाउँदै आएका छौं । धनी राष्ट्रहरूले पूँजी निर्यात गर्न पाउँछ भने जगेडा श्रम भएको राष्ट्रले निर्विवाद श्रम निर्यात गर्न पाउनु पर्दछ । जगेडा श्रम रहेको हाम्रो जस्तो देशमा प्रवासी श्रमिकको आगमनमा रोक लगाउने सरकारी नीति हुनुपर्दछ । विभिन्न देशमा छरिएर रहेका प्रवासी नेपाली श्रमिक बीच विभिन्न देशमा जिफण्ट सहयोग समूह मार्फत् कामलाई अगाडि बढाउने नीति लिएको छ । विभिन्न देशमा रहेका राजदूतावास, कुटनीतिक नियोग र श्रम सहचारीहरूलाई प्रवासी नेपाली श्रमिकको अधिकारको बारेमा सचेत पार्ने, सूचनालाई अद्यावधि गर्ने र उनीहरूको अधिकार रक्षाको लागि सम्बन्धित देशको ट्रेड यूनियन आन्दोलनसँग ऐक्यबद्धता र मित्रवत सम्बन्ध कायम गर्ने जस्ता कुराहरू प्राथमिकतामा परेको छ ।
- १०. अन्तरराष्ट्रिय सम्बन्ध विकास र विस्तार
विभिन्न देशका ट्रेड यूनियन आन्दोलनसँगको सम्बन्धलाई निरन्तरता दिने र द्विपक्षीय र बहुपक्षीय रूपमा सम्बन्ध विकास गर्ने काममा जिफण्टले आफूलाई केन्द्रित गर्दै आएको छ । आम रूपमा अन्तरराष्ट्रिय ट्रेड यूनियन बीचको नेटवर्किङ र विशेष रूपमा दक्षिण एसिया केन्द्रित काम जिफण्टको प्राथमिकताको क्षेत्र बनेको छ । २०५१ साल मंसिर -डिसेम्बर १० देखि १४, १९९४) मा काठमाडौंमा महासंघले 'आर्थिक उदारीकरण र मजदुरपक्षीय ट्रेड यूनियन आन्दोलन' विषयमा अन्तरराष्ट्रिय ट्रेड यूनियन सम्मेलनको आयोजना गर्यो । यस सम्मेलनमा १५ देशका ३८ वटा मजदुर संगठनका ६३ जना सहभागीहरूले भाग लिएका थिए । यस्तै गरी चैत्र १-३, २०५९ मा महिला ट्रेड यूनियन कार्यकर्ता बीच "उन्नत दक्षिण एसियाका लागि साझा जेण्डर विषयको पहिचान" विषयमा "दक्षिण एसियाली महिला ट्रेड यूनियन कार्यकर्ता बीच क्षेत्रीय सम्मेलन" सम्पन्न भएको छ । अन्तरराष्ट्रिय स्तरमा साझा ट्रेड यूनियन केन्द्र निर्माणको लागि जिफण्टले सक्दो पहल गर्दै आएको छ । यस्तै एसियाको तहमा "एकल क्षेत्रीय ट्रेड यूनियन नेटवर्क" र दक्षिण एसियाको तहमा "एकल उपक्षेत्रीय नेटवर्क" निर्माणको लागि जिफण्ट लागि परेको छ । यसको साथै जिफण्ट, दक्षिणी गोलार्धमा रहेका मजदुरपक्षीय ट्रेड यूनियन बीच दक्षिण-दक्षिण एकता र उत्तरी गोलार्धका यूनियन आन्दोलनको हार्दिक सहयोगको पक्षमा रहेको छ।
- ११. मानवस्रोत विकासको कार्यक्रम
-
आन्दोलनको विस्तारसँगै दक्षतायुक्त जनशक्तिको माग बढ्दो छ । जिफण्टले कामको विस्तारसँगै आवश्यक जनशक्तिलाई संगठन व्यवस्थापन, वैचारिक-राजनीतिक काम र परियोजना व्यवस्थापनको कामको रूपमा वर्गीकरण गरेको छ । यो आवश्यकता पूरा गर्न जिफण्टले आफ्ना कार्यकर्तालाई विभिन्न किसिमका तालिमहरू दिंदै आएको छ ।
- १२. सामाजिक परिवर्तनका लागि राजनीतिक पार्टीसँग हातेमालो
-
सामाजिक परिवर्तनको लागि ट्रेड यूनियन आन्दोलनको एक्लो प्रयत्न पर्याप्त हुँदैन । घोषित लक्ष्य र उद्देश्य प्राप्तिको लागि राजनीतिक पार्टीसँगको हातेमालो अपरिहार्य छ भन्ने कुरा जिफण्टले अनुभूत गरेको छ । त्यसैले, विभिन्न राजनीतिक पार्टीको आन्दोलनमा जिफण्टले काँधमा काँध मिलाएर सहभागी बन्दैआएको छ ।
- १३. मजदुर भवन अभियान
-
नेपाली श्रमिक वर्गको प्रतिष्ठा र एकताको प्रतीकको रूपमा २०५७ सालमा महासंघको आफ्नै भवन बनाउने योजना पूरा भएको छ । काठमाडौंको पुतलीसडकमा रहेको यस भवनको नाम ट्रेड यूनियन आन्दोलनका संस्थापक नेता क. मनमोहन अधिकारीको नामबाट 'मनमोहन मजदुर भवन' राखिएको छ । महासंघको केन्द्रीय कार्यालयको साथमा श्रमसम्बन्धी सूचना र स्रोत केन्द्र, प्रशिक्षण केन्द्र र जिफन्ट स्वास्थ्य सहकारी क्लिनिक पनि यसै भवनमा रहेको छ । |
| |
::सदस्यता / सदस्यता शुल्क <माथि> |
जिफन्टको चौथो महाँधिवेशनको तथ्याङ्कको आधारमा जिफन्टको जम्मा सदस्य संख्या ३,०४,६०१ रहेको छ । जिफन्टले आफ्ना सदस्यहरूलाई तिन भागमा विभाजन गरेको छ । ती हुन साधारण सदस्य, सस्थापक सदस्य र मानार्थ सदस्य
| क्रम संख्या |
सम्बद्ध यूनियनहरूको नाम |
शुल्क तिर्ने सदस्य |
हस्ताक्षर सदस्य |
समर्थक सदस्य |
जम्मा सदस्य |
| १ |
नेपाल स्वतन्त्र मजदुर यूनियन, (नेस्वमयू) |
२२५७ |
४६०३ |
५८३४ |
१०४३७ |
| २ |
नेपाल स्वतन्त्र टेक्सटायल-गार्मेण्ट मजदुर यूनियन, (नेस्वटेगामयू) |
३२३४ |
१३४१० |
१४६८१ |
२८०९१ |
| ३ |
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, (नेयास्वमसं) |
९६२७ |
९६२७ |
२४६६९ |
३४२९६ |
| ४ |
नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियन, (नेस्वकामयू) |
१०६७ |
३८२६ |
६५१२ |
१०३३८ |
| ५ |
नेपाल स्वतन्त्र होटल मजदुर यूनियन, (नेस्वहोमयू) |
३१४८ |
८०२२ |
८००२ |
१६०२४ |
| ६ |
नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ मजदुर यूनियन, (यूनिट्राभ) |
१७६० |
४२६० |
१५३४ |
५७९४ |
| ७ |
नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियन, (नेस्वप्रेमयू) |
३५० |
१४०६ |
२६०० |
४००६ |
| ८ |
नेपाल स्वतन्त्र चिया मजदुर यूनियन, (नेस्वचिमयू) |
२४१४ |
५५०० |
४००० |
९५०० |
| ९ |
नेपाल अटो-मेकानिक्स ट्रेड यूनियन, (नेअट्रेयू) |
२१७८ |
४१५३ |
६६५० |
१०८०३ |
| १० |
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक-नेपाल) |
६२२८ |
२५०५२ |
३११७६ |
५६२२८ |
| ११ |
नेपाल स्वतन्त्र सफाई मजदुर यूनियन, (नेस्वसमयू) |
१११६ |
१९३२ |
३५०० |
५४३२ |
| १२ |
नेपाल स्वतन्त्र खाद्य-पेय मजदुर यूनियन, (नेस्वखापेमयू) |
२२१० |
३७८५ |
३०६२ |
६८४७ |
| १३ |
नेपाल स्वतन्त्र केमिकल-आइरन मजदुर यूनियन, (नेस्वकेआमयू) |
४५०० |
५३९९ |
१२१३७ |
१७५३६ |
| १४ |
नेपाल रिक्सा चालक यूनियन, (नेरिचायू) |
१००० |
१०२५० |
० |
१०२५० |
| १५ |
कृषि मजदुर संघ, नेपाल, (कृमसंघ, नेपाल) |
५२८४ |
४४३२५ |
३१६९४ |
७६०१९ |
| १६ |
नेपाल सडक व्यापार श्रमिक संघ (नेसश्रसं) |
१४७५ |
३००० |
० |
४४७५ |
| १७ |
निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी यूनियन, नेपाल (प्याब्सु) |
दर्ताको क्रममा रहेको संस्था |
| १८ |
केन्द्रिय महिला मजदुर विभाग |
केन्द्रिय समितिको समकक्षमा रहेको विशेष विभाग |
| |
जम्मा |
४७८४८ |
१४८५५० |
१५६०५१ |
३०४६०१ |
जिफण्ट आबद्ध सदस्य यूनियनहरूले आफ्ना सदस्यहरूबाट उठाउने सदस्यता शुल्क यूनियनहरूका आ-आफ्ना विधान अनुसार फरक छ । यूनियनले संगठित गर्दै आएका सदस्यहरूको कामको प्रकृति, यूनियनले सदस्यलाई दिने सेवा र सदस्यको आम्दानीको अवस्थाका आधारमा उनीहरूकोे राष्ट्रिय अधिवेशनबाट पारित विधानमा सदस्यता शुल्क निर्धारण हुने गर्दछ । तर जिफण्टले पाउने सदस्यता शुल्क सवै आबद्ध यूनियनका सदस्यहरूका लागि एउटै छ । सदस्य यूनियनका शुल्क तिर्ने सदस्यका आधारमा प्रत्येक सदस्य बराबर पाँच रूपैया वार्षिक सदस्यता शुल्क राष्ट्रिय संघहरूले जिफण्टलाई बुझाउनु पर्दछ । यो शुल्क बुझाए बापत उनीहरूले महासंघको तर्फाट पाउनु पर्ने सेवा र अवसरलाई उपयोग गर्न पाउँदछन् । अन्तरराष्ट्रिय सम्बन्ध जिफण्ट अन्तरराष्ट्रिय रूपमा स्वतन्त्र ट्रेड यूनियन महासंघहरूको रूपमा रहँदै आएको छ । यद्यपि काम गर्ने सन्दर्भमा यसले विश्वका सबै ट्रेड यूनियन केन्द्रहरू इन्टरनेसनल कन्फेडेरेसन अफ फ्रिट्रेड यूनियन -आइसिएफटियू), वर्ल्ड फेडेरेसन अफ ट्रेड यूनियन डव्लुएफटियू) र वर्ल्ड कनफेडेरेसन अफ लेवोर -डव्लुसिएल) सँग समान दुरीको सम्बन्ध विकास गर्दै वर्गीय हित र ऐक्यबद्धता विकासको पक्षमा काम गर्दै आएको छ । हाल विश्व ट्रेड यूनियन आन्दोलनको एउटै अन्तरराष्ट्रिय केन्द्र बनाउने सन्दर्भमा जुन प्रयास भइरहेको छ, यस प्रक्रियामा जिफण्ट आफ्नो स्वतन्त्र पहिचानसहित संलग्न रहँदै आएको छ । |
| |
:: प्रकाशन <माथि> |
नियमित प्रकाशन जिफण्टले २०४७ सालदेखि आफ्नो नियमित प्रकाशनको रूपमा श्रमिक खवरलाई प्रकाशित गर्दै आएको छ । शुरूमा त्रैमासिक र बीचमा अर्धवार्षिक रूपमा प्रकाशित यो प्रकाशन विगत २०५७ सालदेखि द्वैमासिक म्यागाजिनको रूपमा प्रकाशित हुँदै आएको छ । नेपाली श्रमिक आन्दोलनलाई अन्तरराष्ट्रिय क्षेत्रमा जानकारी गराउने उद्देश्यले अंग्रेजी म्यागाजीन "वर्कर्स् न्यूज" को प्रकाशन २०४७ सालबाट शुरूवात गरिएको हो । २०४९ सालमा महिला विभागको गठन भएपछि हरेक अन्तरराष्ट्रिय श्रमिक महिला दिवस -मार्च ८) को सन्दर्भ पारेर निकाल्न थालिएको श्रमिक महिला प्रकाशित भइरहेको छ । यस बाहेक विषयगत प्रकाशनहरू पनि ९० वटा भइसकेका छन् । |
| |
:: जिफण्ट र आबद्ध राष्ट्रिय ट्रेड यूनियन संघहरू <माथि> |
जिफण्टमा अहिलेसम्म १८ वटा सदस्य संघहरू आबद्ध रहेका छन् । यसमध्ये १७ वटा सदस्य संघहरू श्रम विभागमा दर्ता भइसकेका छन् । निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी यूनियन हाल संगठन निर्माण र हस्ताक्षर संकलनको प्रक्रियामा रहेको छ । सदस्य यूनियन जिफण्टको आधार हो । यसले सामान्यतया छुट्टै सदस्यता वितरण गर्दछ। सदस्य यूनियनहरूमा आबद्ध रहेका जति सदस्यहरू रहेका छन्, त्यो नै जिफण्टको सिंगो सदस्य संख्या हो। जिफण्टले प्रत्येक चार वर्षमा हुने राष्ट्रिय महाधिवेशनमा आफ्नो सदस्य संख्याको हिसाब गर्दछ । यस अनुसार २०६१ साल बैशाखमा यसको सदस्य संख्या तीन लाख चार हजार ६ सय १ जना रहेको छ । जसमा महिला सदस्यको संख्या करिव १७ प्रतिशत रहेको छ । ट्रेड यूनियन संघहरू आफैमा स्वायत्त संघको रूपमा क्रियाशील हुन्छन् । तर, औपचारिक रूपमा महासंघसँग आबद्ध भइसकेपछि भने जिफण्टको नीति र विधानलाई यसले निशर्त पालना गर्नु पर्दछ । जिफण्ट र आबद्ध संघहरू बीचको सम्बन्ध सँगैको चित्रमा देखाइए अनुसार संचालन हुन्छ । जिफण्ट र आबद्ध सदस्य संघका सदस्य बीचको औपचारिक सम्बन्ध स्थानीय तहमा जिफण्टको जिल्ला समन्वय परिषद मार्फत हुने गर्दछ । हरेक वर्ष हुने जिल्ला परिषदको बैठकमा स्थानीय यूनियनका प्रतिनिधिले आफ्ना कुराहरू यस ठाउँमा राख्ने र जिल्ला तहको योजना निर्माण गर्ने अवसर पाउँदछन् । केन्द्रीय तहमा आबद्ध सदस्य संघको केन्द्रीय कमिटी मार्फत जिफण्टको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद र राष्ट्रिय कमिटी मार्फत आफ्ना कुराहरू राख्न सक्दछन् । दैनिक कामको समन्वयको सन्दर्भमा स्थानीय तहमा अंचल कमिटी र केन्द्रीय तहमा राष्ट्रिय कमिटी मार्फत नै नीति निर्देशन र कार्य सम्पादनको काम गरिने गरिन्छ । जिफण्ट परिवारभित्र संगठित सदस्य संख्यालाई तीन वर्गमा विभाजन गरिएको छ । नियमित शुल्क तिर्ने, यूनियन दर्ता वा नवीकरण गर्दा हस्ताक्षर गरिदिने र हाम्रो यूनियनलाई र्समर्थन गरी प्रतिष्ठानहरूमा निर्वाचन हुँदा भोट खसालेर सहयोग गर्ने सदस्यहरू ।
|
|
|
|