GEFONT E-NEWS BULLETIN
मंसिर १६ २०६८
<< Back to Home
H I G H L I G H T S

दोस्रो राष्ट्रिय ट्रेड युनियन सम्मेलन भव्यताकासाथ सम्पन्न

२०६८ कात्तिक ६ गते, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी)को आयोजनामा दोस्रो राष्ट्रिय ट्रेड युनियन सम्मेलन काठमाडौंमा भव्यताकासाथ सम्पन्न भयो ।

राष्ट्रिय सभागृहमा सम्पन्न उक्त राष्ट्रिय सम्मेलनको पहिलो सत्रमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमका सात जना सहअध्यक्षमध्येको एक जना जिफन्टका अध्यक्ष विष्णु रिमाल हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष विष्णु रिमालले जेटियुसीसीको स्थापना अघि ट्रेड युनियनहरुको सम्बन्धको स्थिति र जेटियुसीसीको स्थापना पछि ट्रेड युनियन आन्दोलनमा भएको सकारात्मक उपलब्धिबारे प्रकाश पार्नुभएको थियो ।

विस्तृत > > >


केन्द्रीय श्रम सल्लाहकार समितिले चैत १० गतेको संझौता सकार्यो

असोज १३आज झण्डै दुई वर्षपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकपछि फेरि एकपटक नेपाली मेडियामा गत वर्षको चैत १० गते ट्रेड युनियन र रोजगारदाताहरुको संगठन बीच भएको सामूहिक सम्झौता चर्चामा आएको छ । श्रम सल्लाहकार समितिको आजको बैठकले ४ बुँदे निर्णय गर्नुका साथै विगतको बैठकमा गरिएका निर्णयहरुको समीक्षा पनि गरेको छ ।

चार बुँदे सहमतिमा प्रतिष्ठानको न्यूनतम पारिश्रमिक सम्बन्धमा नेपाल उद्योग बाणिज्य महासंघले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने र गत जेठ ९ गते प्रकाशित राजपत्रमा उल्लेख गरिएको पारिश्रमिक र सामाजिक सुरक्षा सम्बन्धी प्रावधानहरु जस्ताको तस्तै लागु गर्ने सहमति गरिएको छ । चैत १० गतेको सम्झौतामा भएको ११ बुँदामध्ये राजपत्रमा समावेश नभएका ४ देखि ११ सम्मका बुँदाहरुलाई नेपाल सरकारबाट कार्यान्वयन गराउने समेत सहमति भएको छ । यो सहमतिमा रोजगारदातासँग समबन्धित बुँदाहरु रोजगारदाताले कार्यान्वयन गर्ने र श्रमिक सम्बन्धी विषय कार्यान्वयन गराउन युनियनहरुले सहयोग गर्ने समेत सहमति भएको छ ।

विस्तृत > > >


तीन वर्षपछि कृषि श्रमिकका लागि न्यूनतम ज्याला निर्धारण

२०६८ कात्तिक २ गते, श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा बसेको वैठकले कृषि श्रमिकहरुको दैनिक न्यूनतम ज्याला निर्धारण गरेको छ ।

नयाँ निर्धारित ज्याला अनुसार कृषि श्रमिकको न्यूनतम ज्याला दैनिक रु. २२१। तथा प्रतिघन्टा २७ रुपैया ६२ पैसा हुनेछ ।

विस्तृत > > >

About GEFONT

General Federation of Nepalese Trade Unions (GEFONT) was established on 20th July 1989. As there was no union right in Nepal; GEFONT was launched underground.

 

GEFONT has 27 affiliates (as of April, 2009), which cover all three fields- the agriculture, industries and services; covering various sectors such as manufacturing, textiles and clothing, carpet industry, transport, hotels, restaurants and catering, tourism, printing, auto-mechanics, food production, breweries, chemical and metal industry, rickshaw pullers, tea plantations, street vendors, private school, hair dressers & beauticians, employees of security sector, thanka painting, tax- counselling, courier & cargo service, gold & jewellery work, construction and agriculture.

 

As a largest trade union Confederation in Nepal, GEFONT represents over 300,000 workers from all affiliates.

 

Over 33% women have been elected in National Executive Committee of GEFONT from its 5th National Congress.

 

GEFONT is one the founders of international trade union body- the International Trade Union Confederation (ITUC) established on November 2006. It has been elected in General Council both at International and Asia-Pacific Regional level from the founding Congress. GEFONT affiliates are affiliated with various Global Union Federations (GUFs).

C O N T E N T S

प्रमुख समाचार [top]

जिफन्टद्वारा सात बुँदे शान्ति सम्भौताको स्वागत

२०६८ कात्तिक १५ गते, स्थायी शान्ति स्थापना र संविधान निर्माणका लागि चार वटा प्रमुख राजनीतिक पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा र प्रजातान्त्रिक मधेसी मोर्चा बीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल ट्रेड युनियन महासंघले त्यस ऐतिहासिक सम्झौताको हार्दिक स्वागत गरेको छ र यसले शान्ति स्थापना र संविधान निर्माणको बाटो खुलेको ठान्दछ ।

विस्तृत > > >

घरेलु श्रम सम्बन्धी आईएलओ महासन्धी १८९ कार्यान्वयनबारे अन्तरक्रिया

२०६८ असोज १३ गते नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आयोजनामा घरेलु श्रम सम्बन्धी महासन्धि कार्यान्वयनबारे अन्तरक्रिया र जिफन्टद्वारा गरिएको घरेलु श्रम सम्बन्धी अध्ययन रिपोर्ट आइसोलेटेड विडिन द वाल्सविमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता जिफन्टका अध्यक्ष विष्णु रिमालले गर्नुभएको थियो ।

विस्तृत > > >

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण सम्पन्न

२०६८ मंसिर ६ गते, नेपाल ट्रेड युनियन महासंघले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । 

युवा श्रमिकहरुलाई व्यवसायजन्य रोग, कार्यथलोमा हुने दुर्घटना, सुरक्षित कार्यथलो, कामको वातावरण र दुर्घटना न्यूनीकरण सम्बन्धमा गरेको उक्त अभिमुखीकरण कार्यक्रम जिफन्ट युवा कमिटीका अगुवा कार्यकताहरुलाई सचते बनाउने उद्देश्यले गरिएको थियो ।

विस्तृत > > >

सोमयोतलाई रिहा गर

२०६८ असोज २९ गते, सोमयोत प्रुक्साकासेमसुक थाइ ट्रेड युनियन आन्दोलनका एकजना पुराना नेता हुन् । उनले झण्डै दुई दशक लामो समय श्रमिक आन्दोलनमा आफ्नो श्रम र पसिना बगाएका छन् । १९७५ मा जब थाइल्याण्डमा प्रगतिशील जनताको आन्दोलनमाथि बर्बर दमन गरियो, त्यतिबेला उनी विश्वविद्यालयका विद्यार्थी थिए । उनी त्यसै बेलादेखि प्रगतिशील आन्दोलनको एउटा योद्धाको रुपमा अगाडि बढाए । तिनै व्यक्ति गत अप्रिल ३० तारिखदेखि थाइल्याण्डको केन्द्रीय कारागारमा राजद्रोहको आरोपमा बन्दी जीवन बिताउँदै छन् ।

विस्तृत > > >

नोभेम्बर २० अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

२०६८ मंसिर ४ गते अन्तर्राष्ट्रिय बाल अधिकार दिवस जिफन्टको आयोजनामा काठमाडौंमा विविध कार्यक्रमकासाथ सम्पत्र भयो । कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा भएको उक्त कार्यक्रममा बालबालिकाहरूले गीत, कविता, चुट्किला र नृत्यका साथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

विस्तृत > > >

महिला हिंसा विरुद्ध विश्व दिवस

२०६८ मंसिर ९ गते, महिला हिंसा विरुद्ध विश्व दिवस (२५ नोभेम्बर) को अवसरमा नेपाल ट्रेड युनियन महासंघले “घर शान्ति नै महिला शान्तिको आधार हो, महिला हिंसा अन्त्य गर्न एकजुट बनौं” भन्ने नाराका साथ काठमाडौंमा विविध कार्यक्रम गरे । कार्यक्रमका प्रमुख अतिथि जिफन्टका महासचिव उमेश उपाध्याय हुनुहुन्थ्यो ।

विस्तृत > > >


युनियन परिषद गतिविधि [top]

नेस्वहोमयुको पाँचौं केन्द्रीय वैठक सम्पन्न

२०६८ असोज ७ गते, जिफन्ट आबद्ध नेपाल स्वतन्त्र होटल मजदुर युनियनको दुई दिने पाँचौं केन्द्रीय वैठक काठमाडौंमा सम्पन्न भयो । वैठकमा जिफन्टका अध्यक्ष विष्णु रिमालका साथै उपाध्यक्ष उद्धव केसी, महासचिव उमेश उपाध्याय र उपमहासचिव विष्णु लम्सालको उपस्थिति रहेको थियो ।

विस्तृत  > > >

प्रशिक्षक प्रशिक्षण कार्यक्रम

नेपालगञ्ज । २०६८ कार्तिक २५ गते, जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सभागृहमा सम्पन्न भयो । अञ्चलस्तरीय नेताहरुलाई प्रशिक्षक बनाई जिल्ला तथा इकाइ कमिटीहरुमा परिचालन गर्ने उद्देश्यले गरिएको सो प्रशिक्षणमा महाकाली, सेती, भेरी र राप्तीका २८ अगुवा नेताहरु सहभागी थिए ।

विस्तृत  > > >

टेंकर मजदुरका नेतालाई प्रशिक्षण

हेटौंडा । २०६८ कात्तिक ३० गते, जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीले हेटौंडास्थित टेंकर चालक इकाई समितिका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्यो ।

विस्तृत  > > >



स्थानीय समाचार [top]

जिफन्ट दोलखा जिल्ला युवा अधिवेशन

२०६८ कात्तिक २७ गते, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट दोलखा जिल्ला युवा कमिटिको प्रथम जिल्ला अधिवेशन चरिकोटमा सम्पन्न भयो |

जिफन्ट बागमती अञ्चल अध्यक्ष तुलसी शिवकोटीको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा जिफन्ट युवा कमिटी अध्यक्ष बालगोपाल थापा, जिफन्ट बागमती उपाध्यक्ष रामहरि नेपाल, बागमती सदस्य रामकृष्ण भण्डारी, जिफन्ट दोलखा अध्यक्ष महेन्द्र पुरी, नेकपा एमाले दोलखा उपाध्यक्ष भुवन सिं थापा, सदस्य भुवन केसीले  शुभकामना दिनुभएको थियो ।

विस्तृत > > >


श्रम सम्बन्धका समाचार [top]

रोजगारदाता र ट्रेड युनियनहरुद्वारा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा १० बुँदे साझा प्रतिबद्धताको घोषणा

२०६८ भाद्र १३ गते, रोजगारदाता र ट्रेड युनियनले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी १० बुँदे साझा प्रतिवद्धता घोषणा गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल ट्रेड युनियन महासंघ, जिफन्ट र नेपाल टे« युनियन काँग्रेस स्वतन्त्रले संयुक्त रुपमा गरिएको साझा प्रतिवद्धता घोषणा कार्यक्रममा जिफन्टका अध्यक्ष एवं संविधानसभाका सदस्य विष्णु रिमालले कार्यस्थलको सुरक्षाले श्रमिकको स्वास्थ्य सुरक्षा हुने र यसले उत्पादकत्व वृद्धि हुने बताउनु भयो ।

विस्तृत > > >

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मजदुर र ठेकेदार बीच सहमति

धरान । २०६८ भदौ १० गते, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत सुरक्षा मजदुर र ठेकेदार कम्पनी जिफोरएसबीच तलबभत्ता र सुविधाबारे सहमति भएको छ । 

विस्तृत > > >

शाल्ट ट्रेडिङमा मजदुरको जित

२०६८ भदौ १९ गते, विगत १८ वर्षदेखि शाल्ट ट्रेडिङ लि.को आयो नुन प्याकिङमा काम गर्ने २७ जना दैनिक ज्यालादारी कामदारहरुले श्रम अदालतको २०६८ आषाढ ३१ गतेको फैसलाबाट माग अनुसार क्षतिपुर्ति पाउने भएका छन् ।

विस्तृत > > >

सर्वोच्चबाट वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा फैसला

काठमाडौं, भदौ २३, २०६८, लिवियामा व्यवसायीको लापर्वाहीका कारण अलपत्र परी फर्किएका पीडित श्रमिकहरुको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

विस्तृत > > >

कोइराला मेमोरियल क्यान्सर अस्पतालमा युनियनद्वारा माग प्रस्तुत

२०६८ भदौ २५ गते, चितवनको भरतपुर स्थित जिफन्ट आबद्ध बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले कर्मचारी वयवस्थापन, ट्रेड युनियन अधिकार तथा अस्पताल विकास सम्बन्धमा विविध मागहरु व्यवस्थापन समक्ष प्रस्तुत गरेको छ ।

विस्तृत > > >

श्रम अदालतद्वारा शान्ती सेवा गृहमा कार्यरत १३३ जना श्रमिकहरुको पुनर्बहाली

२०६८ असोज ५ गते, काठमाडौ गौशालाको तिलगंगा स्थित शान्ती सेवा गृहमा ७१८ वर्षदेखि कार्यरत जानका चौलागाईं लगायत १३३ जना श्रमिकहरुलाई श्रम अदालतले गत भदौ २८ गतेको फैसलाबाट क्षतिपूर्ति सहित पुनर्बहाली गरेको छ ।

विस्तृत > > >

मलेसियाका प्रधानमन्त्रीलाई जिफन्टको विरोध पत्र

२०६८ कात्तिक १६ गते, नेपाल ट्रेड युनियन महासंघका महासचिव उमेश उपाध्यायले मलेसियाका प्रधानमन्त्री नाजीव राजाकलाई एक पत्र पठाई मलेसियामा हुन लागेको श्रम कानुन १९५५ को सुधार श्रमिकलाई हित नहुने र खास गरेर प्रवासी श्रमिकहरुको अधिकार हनन हुने हुँदा त्यसको विरोध गरिएको छ र त्यसो नगर्नका लागि आग्रह गरिएको छ ।

विस्तृत > > >

बिडब्लुआई नेपाल र बिहार निर्माण मजदुर युनियन बीच सम्झौता

२०६८ कात्तिक २६ गते, जिफन्ट आबद्ध क्युपके नेपाल संलग्न बिडब्लुआई आवद्ध समिति नेपाल र बिहारको हिन्द खेत मजदुर पंचायत बीच नेपाल र भारतमा काम गरिरहेका प्रवासी श्रमिकहरुको अधिकार सुरक्षाका सम्बन्धमा सम्झौता सम्पन्न भयो ।

विस्तृत > > >

पीडित श्रमिकलाई क्षतिपूर्ति

२०६८ मंसिर ४ गते, जिफन्ट आबद्ध ट्रेकिङ, ट्राभल्स, र्याफ्टीङ तथा एयरलायन्स मजदुर युनियन युनिट्राभका सदस्य आङ दावा राईले हिउँले खाएको खुट्टाको उपचार र तीन महिना तलब सहित युनिट्राभको पहलमा रु. ५१ हजार ४ सय ५० क्षतिपूर्ति पाएको छ । काङ कोरा ट्रेक्स एण्ड ट्राभल्समा तीन वर्ष देखि काम गर्दै आउनुभएका दावा राईले ट्रकिङमा जाँदा उनको खुट्टा हिउँले खाएको हुँदा उपचार गरिरहेको थियो ।

विस्तृत > > >



विविध [top]

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण सम्पन्न

२०६८ मंसिर ६ गते, नेपाल ट्रेड युनियन महासंघले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । 

युवा श्रमिकहरुलाई व्यवसायजन्य रोग, कार्यथलोमा हुने दुर्घटना, सुरक्षित कार्यथलो, कामको वातावरण र दुर्घटना न्यूनीकरण सम्बन्धमा गरेको उक्त अभिमुखीकरण कार्यक्रम जिफन्ट युवा कमिटीका अगुवा कार्यकताहरुलाई सचते बनाउने उद्देश्यले गरिएको थियो ।

विस्तृत > > >

२०६८ मंसिर ६ गते, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का सचिव दिपक पौडेलका श्रद्धेय पिता नन्दप्रसाद पौडेलको यही मंसिर ४ गते दुःखद निधन भएको छ । जिफन्ट परिवारको तर्फबाट अध्यक्ष विष्णु रिमालले दिवंगत पिताप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

विस्तृत > > >

महासन्धि नं. ८७ अनुमोदन गराउन ट्रेड युनियनहरुको राष्ट्रिय सम्मेलन

२०६८ साउन ३१ गते, संगठन स्वतन्त्रता सम्बन्धी आइएलओ महासन्धि नम्बर ८७ अनुमोदनका लागि दबाब दिने उद्देश्यले काठमाडौंमा ट्रेड युनियनहरुको दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले महासन्धि नं‌ ८७ मा भएका व्यवस्थाबारे व्यापक छलफल गरी नेपाल सरकारद्वारा महासन्धि अनुमोदन गराउन कार्ययोजना सहितको काठमाडौं घोषणापत्र जारी गरेको छ ।

विस्तृत > > >

मूल्यांकन कार्यक्रम सम्पन्न

२०६८ कात्तिक १४ गते, नेपाल ट्रेड युनियन महासंघको आयोजनामा ६ वटा आबद्ध युनियनहरुमा गत दुई वर्षदेखि सञ्चालन भइरहेको विशेष कार्यक्रमको मूल्यांकन कार्यक्रम काठमाडौंमा सम्पन्न भयो ।दुई वटा सत्रमा गरी सञ्चालन गरिएको सो कार्यक्रममा जिफन्टका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले उद्घाटन सत्रको अध्यक्षता गर्नुभएको थियो ।

विस्तृत > > >