नेपाली श्रमिकहरुको आवाज
खोज
यसभित्र
संक्षेपमा जिफन्ट
इतिहास
नेतृत्व
सदस्य संघहरु
प्रकाशनहरु
जिफन्टका धारणा
प्रेस विज्ञप्ति
समाचार घटना
अनलाईन स्रोत
जिफन्ट मिडिया
जिफन्ट ग्यालरी
ठेगाना
ग्राहक बन्नुहोस

लेबोर नेपाल
श्रमसम्बन्धी नेपाल को पहिलो वेब साईट
www.labornepal.org
 
Listen And Download Labour Songs
 
Watch And Download Videos
 
Download Wallpaper From GEFONT
 
Download Campaign Posters Published By GEFONT
 
 
 
Number of online users in last 3 minutes
 
 

नयाँ सामाग्री

न्यूनतम वेतन १५ दिन भित्र कार्यान्वयन गर्न ट्रेड यूनियनहरुको आव्हान

कार्तिक २८, जिफन्ट लागयत आठ वटा ट्रेड यूनियन महासंघहरुको संयुक्त संयन्त्र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले हालै सरकारद्वारा प्रकाशित न्यूनतम पारिश्रमिक १५ दिनभित्र कार्यान्वयन गर्न सरकार र रोजगारदाताहरुलाई जोडदार आव्हान गर्दै एक वक्तव्य प्रकाशित गरेको छ ।

थप समाचार »


जिफन्ट राष्ट्रिय कमिटीको ६७ औं बैठक पोखरामा सम्पन्न

नेपाल ट्रेड यूनियन महासंघ, जिफन्टको राष्ट्रिय कमिटीको ६७ औं बैठक कात्तिक २५ गते अञ्चल कार्यालय, पोखरामा नेपाल सरकारले राजपत्रमा प्रकाशित न्यूनतम ज्याला कार्यान्वयन सम्बन्धी विविध प्रस्तावका साथै अन्य समसामयिक महत्वपूर्ण प्रस्तावहरु पनि पारित गरी सम्पन्न गरेको छ ।

थप समाचार »


जिफन्टको राष्ट्रिय कमिटीको बैठक कात्तिक २५ गते पोखरामा

कात्तिक २० गते, नेपाल ट्रेड यूनियन महासंघको राष्ट्रिय कमिटीको बैठक आगामी कात्तिक २५ गते पोखरामा हुने भएको छ । बैठकमा संविधानसभामा श्रमिकको एजेण्डाका लागि श्रमिक प्रतिनिधि भेला, संघीय परिषद्, न्यूनतम ज्याला कार्यान्वयनका साथै विभिन्न समसामयिक विषयहरुमा छलफल हुने जिफन्ट सचिवालयद्वारा जनाएको छ ।

थप समाचार »


श्रमिकको न्यूनतम ज्याला राजपत्रमा प्रकाशित

कात्तिक १८ गते, नेपाल सरकारले नेपाल राजपत्र मार्फ त् श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको न्यूनतम ज्यालाको सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार उद्योग क्षेत्रमा न्यूनतम पारिश्रमिक मासिक ३ हजार ५० र महंगीभत्ता १ हजार ५ सय ५० गरी जम्मा ४ हजार ६ सय रुपैयाँ तोकेको छ । दैनिक ज्यालादारीलाई १ सय ९० रुपैयाँ तोकेको छ ।

थप समाचार »


राष्ट्रिय ट्रेड यूनियन सम्मेलन सम्पन्न

कात्तिक ११ गते, जिफन्ट लगायत आठ वटा ट्रेड यूनियन महासंघहरुको संयन्त्र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा राष्ट्रिय ट्रेड यूनियन सम्मेलन सम्पन्न भयो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो ।

थप समाचार »


अलबिदा कमरेड अग्निशिखा

नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय योजना आयोगका सदस्य, सुपरिचित लेखक, साहित्यकार एवं पत्रकार अग्निशिखाको ५४ वर्षको उमेरमा असोज ६ गते विहान २ बजे सहिद गंगालाल हृदयकेन्द्रमा दुख्द निधन भएकोमा हाम्रो महासंघ स्तब्ध भएको छ ।

थप समाचार »


नेपाल सरकारद्वारा हलिया मुक्तिको घोषणा

भदौ २१ गते, यो घोषणाबाट झण्डै २० हजार हलियाले मुक्ति पाएका छन् । भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले हलियाहरु धर्ना बसिरहेको ठाउँ माइतिघर मण्डलामा पुगेर हलिया मुक्तिको घोषणा गर्नुभएको हो । मुक्तिको माग गर्दै काठमाण्डुको माइतीघर मण्डलामा ९ दिनदेखि हलियाहरुले धर्ना दिएका थिए । शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा प्रभाकरले मण्डलामै गएर हलियाहरुलाई अबीर लगाएर मुक्तिको घोषणा गर्नुभयो ।

थप समाचार »


बारामा मजदुर र उवासंघका प्रतिनिधि बीच चार बुँदे सहमति : बन्द उद्योगहरु सञ्चालन

भदौ १५ गते, बारा जिल्लाको छातापिपरा स्थित नारायणी रोलिङ्ग मिल्स प्रा. लि.का मजदुरहरूले जायज माग राखी कारखानाको गेटमा शान्तिपूर्ण धर्नामा बसिरहेका मजदुरहरूमाथि बिहीबार प्रहारीको बर्बर दमनका कारण तीन दिनदेखि बन्द भएका कारखानाहरू १४ गते राति भएको त्रिपक्षीय चार बुँदे सहमति पश्चात १५ गतेबाट सुचारू रूपमा खुलेका छन् र प्रहरी दमनमा मारिएका मजदुरहरूको दाह संस्कार सम्पन्न भएको छ ।

थप समाचार »


बारामा प्रहरीको बर्बर दमन : जिफन्टका दुई जना सदस्यहरू मारिए !

२०६५ भदौ १४ गते, बारा जिल्ला छाता पिपरामा अवस्थित जिफन्ट आबद्ध नेपाल स्वतन्त्र टेक्सटाइल गार्मेन्ट मजदुर यूनियन नारायणी रोलिङ्ग मिल्स प्रा. लि.का मजदुरहरूले १५ वर्षदेखि काम गर्दै आएको श्रमिकको नियुक्ति पत्र र सरकारले दुई वर्ष अगाडि तोकेको न्यूनतम ज्याला उपलव्ध गराउने लगायत ७ सूत्रीय माग राखी कारखानाको गेटमा धर्नामा बसिरहेका थिए । धर्नामा बसिरहेका श्रमिकलाई भदौ १२ गते एक्कासी लाठीचार्ज, अश्रुग्यास र गोली समेत प्रहार गरी बर्बर दमन गरियो । दमनको विरोधमा बारा, पर्सा, रौतहटका श्रमिकहरुले तीनै जिल्लाका कारखानाहरु बन्द गरी विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा पुन पुलिस दमन भयो । सूर्य नेपालका ४० वर्षीय केवल रावतको टाउकोमा गोली लागी घटनास्थलमै मृत्यु भयो । पचासौं श्रमिकहरु घाइते भए । यसरी नै प्रहरीले प्रहार गरेको गोली टाउकोमा लागेको कारण उपचारार्थ काठमडौंमा ल्याइएको त्रिवेणी टेक्सटाइलका २८ वर्षीय हरेराम यादवको पनि मृत्यु भयो । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले पुलिस दमनको विरोध र भर्त्सना तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै एक वक्तव्य प्रकाशित गरेको छ ।

थप समाचार »


बाढी पीडित जनताप्रति राहत संकलनका लागि जिफन्टको आव्हान

भदौ ४ गते, नेपाल ट्रेड यूनियन महासंघले आज सप्तकोशी नदीका दुई वटा तटबन्ध भत्किएर पश्चिम सुनसरीका गामीण क्षेत्रमा बाढी पसेपछि पचासौं हजार मानिसहरु विस्थापित भएकोमा दुःख व्यक्त गर्दै एक प्रेस वक्तव्य प्रकाशित गरेको छ ।

थप समाचार »


श्रमिकका परिवारलाई जीवनबीमा रकम प्रदान

साउन ३१ गते, जिफन्ट आबद्ध नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टीङ मजदुर यूनियन बरुन्चे ट्रेक्स एण्ड एक्सपिडिसन र व्यवस्थापन बीच साउन २० गते भएको सम्झौता अनुसार पदयात्रामा जाँदा मृत्यु हुने युनिट्राभका सदस्य आस कुमार राईका परिवारलाई जीवन बीमा रकम बापत रु. २ लाख ५० हजार प्रदान गरियो ।

थप समाचार »


थाइ एयरवेज व्यवस्थापन र यूनियन बीच सम्झौता

साउन ३१ गते, थाइ एयरवेज इन्टरनेशनल र जिफन्ट आबद्ध श्रमिक यूनियन बीच लामो संघर्ष पछि श्रमिकको ज्याला वृद्धि लगायत ९ सूत्रीय सम्झौता गर्न सफल भएको छ । असार ३० गते सम्पन्न उक्त सम्झौता अनुसार श्रमिकहरूले खाइपाइ आएको मासिक ज्यालामा रू ५ हजारदेखि १० हजारसम्म वृद्धि गर्ने भएको छ ।

थप समाचार »


क्यासिनोहरुमा माओवादीको अमानवीय आक्रमणको विरोध

जिफन्ट आबद्ध नेपाल स्वतन्त्र होटल मजदुर यूनियनका केन्द्रीय सचिव तथा क्यासिनो अन्नाका अध्यक्ष मनोहर प्रधानांगलाई ड्यूटीमा रहेको अवस्थामा हिजो राति एक्कासी अमानवीय तरिकाले माओवादी यूनियनद्वारा बाह्य गुण्डा लगाई कुटपीट गरेको, यस्तै हिजै राति वाइसिएलका गुण्डाहरुले होटल सोल्टी स्थित क्यासिनो नेपालमा नेपाल स्वतन्त्र होटल मजदुर यूनियनका केन्द्रीय सचिव मिना शर्मा लगायत कुमार श्रेष्ठ, कुण्डल खड्कालाई गम्भीर रुपमा कुटपिट गरेको र यस्तै क्यासिनो एभरेस्टमा पनि हिजै माओवादी समर्थित यूनियनका बाह्य गुण्डाहरुले आक्रमण गरी नेपाल स्वतन्त्र होटल मजदुर यूनियनका कार्यकर्ताहरुलाई कुटपिट गरी यूनियनको बोर्ड जलाएको विरोधमा जिफन्टले एक प्रेस वक्तव्य प्रकाशित गरी उच्छृङ्खल घटनाहरुको घोर भर्त्सना गरेको छ ।

थप समाचार »


पीडित भागिराम चौधरीलाई पचास हजार क्षतिपूर्ति

२०६५ साउन १२,  दुई वर्षअघि धनगढीको गेटा गाविस स्थित आर पी मोर्डन इण्डस्ट्रिजको मिलमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भएका मजदुर भागीराम चौधरीलाई व्यवस्थापकको तर्फबाट जिफन्टको पहलमा ५० हजार रुपैया क्षतिपूर्ति दिलाउन सफल भएको छ ।

थप समाचार »


एसएलसी उत्तीर्ण विद्यार्थीहरु सम्मानित

साउन १९ गते, जिफन्ट बालशिक्षा अन्तर्गत प्रदान गर्दै आएको छात्रवृत्तिबाट यो वर्ष एस एल सी उत्तीर्ण भएका श्रमिक परिवारका तीन जना विद्यार्थीहरुलाई जिफन्टका अध्यक्ष मुकुन्द न्यौपानेले एक समारोह बीच सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष मुकुन्द न्यौपानेले विद्यार्थीहरुलाई निरन्तर अध्ययनमा लागेर मानवजातिको उन्नतिको लागि नयाँ सिर्जनामा लागिरहन आव्हान गर्नुभयो ।

थप समाचार »


बधाइ तथा शुभकामना

साउन १० गते, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा निर्वाचित हुनु भएको छ । त्यस्तै संविधानसभाका अध्यक्ष पदमा नेकपा एमालेका केन्द्रीय सदस्य सुवास नेम्वाङ निर्विरोध निर्वाचित हुनु भएको छ । यस अवसरमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले एक प्रेस वक्तव्य प्रकाशित गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।

थप समाचार »


वेतनवृद्धि सम्बन्धी जिफन्टको प्रस्ताव

साउन ९ गते, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले न्यूनतम पारिश्रमिक पुनरावलोकन कमिटी मा विश्वमै खाद्य संकट परिरहेको र नेपालमा खाद्यवस्तुको मूल्यवृद्धि दिनपरदिन तीव्र रुपमा बढिरहेको कारण न्यूनतम वेतनमा रु. ३३००। बाट रु. ६६००।- पुर्याउनु पर्ने प्रस्ताव प्रस्तुत गरेको छ ।

थप समाचार »


जिफन्ट राष्ट्रिय परिषद बैठक सम्पन्न

२०६५ असार १७ गते नेपाल ट्रेड यूनियन महासंघ जिफण्टको राष्ट्रिय परिषदको दुई दिने नवौं वैठक काठमाडौंमा सम्पन्न भयो । परिषद वैठकले संविधानसभाको निर्वाचनको समिक्षा प्रतिवेदन तथा संक्रमणकालीन व्यवस्थापनका लागि संघीय परिषद निर्माण गरी सदस्य यूनियनहरुलाई सबल बनाउने प्रतिवेदन पारित गरे । बैठकले आगामी आर्थिक वर्ष २०६५।०६६ को लागि महासंघको वाषिर्क वजेट, श्रमिकको ज्यालावृद्धि लगायतका सार्वजनिक महत्वका विभिन्न प्रस्तावहरु पनि पारित गरेका थिए ।

थप समाचार »


साप्ताहिक समाचार घटना थप समाचार घटना » साप्ताहिक हाइलाईट

कात्तिक ११ गते, जिफन्ट लगायत आठ वटा ट्रेड यूनियन महासंघहरुको संयन्त्र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा राष्ट्रिय ट्रेड यूनियन सम्मेलन सम्पन्न भयो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो ।

उद्घाटनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा शान्ति स्थापना र नयाँ संविधान निर्माणका लागि राजनीतिक पार्टीहरु बीच एकता हुनु जरुरी भएको अवस्थामा ट्रेड यूनियनहरु बीच सहमतिको यो सुरुवातले अत्यन्त महत्व राख्दछ, भन्नुभयो ।

थप समाचार»

सञ्चार संक्षेप  सञ्चार अभिलेखन »
नेपाली सञ्चार माध्यमका मुख्य घटनाहरू



 
अन्तरराष्ट्रिय ट्रेड यूनियन महासंघ
International Trade Union Confederation
जी-फन्ट तथा अन्य
संबन्धीत लोगोहरु

कार्यथलोमा मर्यादित कामका लागि

यो सामजिक सम्वाद मार्फत नेपाली ट्रेड यूनियनहरुका प्रयासहरुको अध्ययन प्रतिवेदन हो ।

यो ì

© सर्वाधिकर जिफन्टमा सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ

साइट भिजिट गर्नु भएकोमा धन्यबाद् !

डीजाईन तथा डेभ्लप आइटी सेल जिफन्ट