Gefont MailGefont Database
Number of online users in last 3 minutes Number of online users in last 3 minutes

General Federation of Nepalese Trade Unions


आबद्ध संघहरू >> यातायात सम्बद्ध क्षेत्र यूनियन परिषद

यातायात सम्बद्ध क्षेत्र यूनियन परिषद

  • नेपाल यातायात स्वतन्त्र मजदुर संगठन(नेयाì

    नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउँमा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट "नेपाल यातायात स्वतन्त्र मजदुर संगठन" को स्थापना गरियो ।

    नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे्रड यूनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे्रड यूनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो ।

    नेपाली मजदुर पक्षीय ट्रेड यूनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र यूनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो संख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् ।

    अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन विस्तार भएको छ ।

    राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनसँग आबद्ध छ ।

    अध्यक्ष– राजिव घिमिरे 
    महासचिव– रुद्र खत्री



    Tel:977-1-4 24 80 72 Ext: 206 E-mail: itwan@gefont.org
  • नेपाल अटो मेकानिक्स ट्रेड यूनियन (नेअट्रे

    स्थापनाको हिसाबले नौलो देखिएपनि २००३ सालमा विराटनगरबाट सुरु भएको मजदुर आन्दोलनमा समेत अटो-मेकानिक्सहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । २००७ सालमा राणा शासन विरुद्ध अखिल नेपाल ट्रेड यूनियन काङ्ग्रेसले गरेको आन्दोलनमा अटो-मेकानिक्सले ट्याक्टरलाई ट्याङ्कमा परिणत गरी राणाहरूका सेनालाई पराजित गर्न योगदान पुर्‍याएका थिए।

    २०३६ सालबाट नेस्वमयूको झण्डामुनि गोलबन्द हुन सुरु गरेका अटो-मेकानिक्सहरू बहुदलीय व्यवस्थाको स्थापनासँगै छुट्टै यूनियन बनाउने प्रयत्नमा लागे । २०५० साल चैत्र २० गते मोटरसाइकल मेकानिक्सहरूको बीचमा नेपाल मोटरसाइकल वर्कसप मजदुर यूनियन स्थापना भयो । २०५२ साल चैत्र २४ गते मोटर मेकानिक्सहरूको संगठन नेपाल स्वतन्त्र अटो-मेकानिक्स मजदुर यूनियन गठन गरियो । जिफन्टको विषयगत उद्योग अभियान अन्तर्गत राष्ट्रिय संघहरूको पुनर्संरचनाको क्रममा २०५४ श्रावण ४ गते यी दुई राष्ट्रिय संघहरूको विलय गरी नेपाल अटो-मेकानिक्स ट्रेड यूनियनको स्थापना गरियो ।

    विभिन्न किसिमका इन्जिन मर्मत गर्ने अटो वर्कसपहरू, डेन्टिङ पेन्टिङ गर्ने वर्कसपहरू, च्यासिस र बडी निर्माण गर्ने वर्कसपहरू, स्प्रिङ पत्ति, रेडिएटर मर्मत गर्ने वर्कसपहरू, क्रैंक कटिङ र अटोर्-इन्जिनियरिङ वर्कसपहरू, अटो इलेक्टि्रकल तथा इलेक्ट्रोनिक्स र हेड मर्मत गर्ने वर्कसप र फ्युल पम्प मर्मत गर्ने वर्कसपहरू यस यूनियनको क्षेत्रमा पर्दछन् ।

    यस्तै र्सर्भिसिङ र ग्रिजिङका क्षेत्रहरू, लेथ-मेशिन, मिलिङ-मेशिन तथा ब्लक बोरीङ, लुब्रिकेन्टस् उत्पादन र बिक्री वितरणका क्षेत्रहरू, डिजेलर पेट्रोल पम्प तथा अटो पार्टस क्षेत्र, अटो मेकानिकल प्राविधिक तालिम दिने संस्थाहरू तथा ड्राइभिङ इन्स्टिच्युटहरू, अटो पार्किङका साथै अटो इन्जिनियरिङ्ग तथा सवारी साधन खरीद-विक्रीका क्षेत्रहरू टायर ट्यूब मर्मत तथा उत्पादन, रिसोलिङ गर्ने वर्कसपहरू र सिट हुट मर्मत गर्ने वर्कसपहरू र अटो मोबाइलका साधन तथा पार्टस उत्पादन र बिक्री प्रवर्धनका क्षेत्रमा कार्यरत श्रमिकहरू पनि यस यूनियनको कार्य क्षेत्र अन्तरगत पर्दछन्।

    अध्यक्ष– माधव पाण्डे
    महासचिव– प्रदिप घिमिरे



    Tel:977-1-4 24 80 72 Ext: 208 E-mail: natu@gefont.org
  • नेपाल रिक्सा चालक यूनियन (नेरिचायू)

    नेपाल अधिराज्यका विभिन्न जिल्लामा कार्यरत रिक्सा चालक, भ्यान, ठेला, टाँगा तथा साइकल रिक्सा मर्मत गर्ने मजदुरहरूको पेशागत हकहितको संरक्षण, सम्वर्द्धन र अधिकार प्राप्तिका लागि सङ्गठित रूपमा काम गर्न २०५३ साल चैत्र २३ गते हेटौंडामा भएको प्रथम राष्ट्रिय भेलाले नेपाल रिक्सा चालक यूनियनको गठन गरेको छ ।

    पूर्वको कोशीदेखि पश्चिमको महाकाली अञ्चलसम्म यो युनियन फैलिएको छ । यस यूनियनको संरचनामा केन्द्रीय कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र स्तरका इलाका कमिटी, इकाई कमिटी, नगर कमिटी र गाउँ कमिटी निर्माण गरिएको छ।

    अध्यक्ष– मुनिश्वर चौधरी ।
    सचिव– दल बहादुर श्रीस



    Tel:977-1-4 24 80 72 Ext: 206 E-mail: nrpu@gefont.org
  • नेपाल पेट्रोलियम मजदुर यूनियन (ने पेट्रोल

    पेट्रोल पम्पमा काम गर्ने श्रमिकहरूलाई सङ्गठित गरी उनीहरूको हक अधिकारको लागि क्रियाशील हुने गरी गठन भएको संगठन हो । देशका विभिन्न भागमा संचालित पेट्रोल पम्पहरूमा काम गर्ने लगभग दश हजार संख्यामा रहेका श्रमिकहरूका विविध खाले समस्याहरू रहेको छ । उक्त समस्या समाधानको लागि क्रियाशील हुने उद्देश्यले यो यूनियन श्रम विभागमा १९८ नं. मा २०६४ असोज २० गते दर्ता भएको हो । यस यूनियनले पेट्रोल पम्पहरूमा श्रम ऐन लागू गराउनका लागि २०६६ साउन ३० गतेदेखि भदौ २ गतेसम्म पेट्रोल पम्पहरू ठप्प पारी देशव्यापी आन्दोलन गरेका थिए ।


    अध्यक्ष– गोकर्ण राज खड्का
    महासचिव– चिज ढकाल 



    Tel:977-1-4 24 80 72 Ext: २०६ E-mail: nepwu@gefont.org
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ