Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


आबद्ध संघहरू >> स्वास्थ्य क्षेत्र यूनियन परिषद

स्वास्थ्य क्षेत्र यूनियन परिषद

  • नेपाल नाई ट्रेड यूनियन

    काठमाडौंमा र्सवप्रथम २०१२ सालमा नाईहरूको नेपाल हजाम सेवा समिति बनेको थियो जो चल्न सकेन । लामो समयमा पनि श्रमिकको अधिकार रक्षाका लागि खासै पहल हुन नसकेपछि २०६१ असोज २१ गते काठमाडौं उपत्यकाभित्र विभिन्न हेयर ड्रेसर, श्रमिकहरूको पहिलो भेलाले नेपाल नाई ट्रेड यूनियनको स्थापना गर्‍यो । यो यूनियन ६०८४ सदस्य सहित २०६२ सालमा श्रम विभागमा १०९ नं. मा दर्ता भएको छ ।

    न्यून ज्याला, रोजगारीको अस्थिरता, स्थानीय गुण्डाहरूले दुःख दिने, कुटपीट गर्ने हप्ता उठाउने, प्रहरी प्रशासनद्वारा दुःख दिने तथा सित्तैमा काम लगाउने जस्ता समस्याहरूमा यस यूनियनले ध्यान केन्द्रित गरेको छ । सैलुन सञ्चालनमा महंगो घरभाडा, नगरपालिका तथा उद्योग बाणिज्य महासंघहरूबाट लगाइने अनावश्यक कर, सैलुन दर-रेटमा एकरूपता नहुनु, व्यावसायिक सीप तालिम तथा स्वास्थ्य-सुरक्षा सम्बन्धी तालिमको समस्याहरूको समाधानमा क्रियाशील छ । 

    यस यूनियनको कार्यक्षेत्र काठमाडौं र पोखरा उपत्यका लगायत तर्राईका अधिकांश जिल्लाहरूमा फैलिएको छ ।

    अध्यक्ष– गजेन्द्र ठाकुर
    महासचिव– जीवन नापित



    Tel:977-1-4 16 80 00 Ext: 108 E-mail: nebt@gefont.org
  • राष्ट्रिय सौन्दर्यकर्मी यूनियन, नेपाल

    राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल ब्युटीपार्लर तथा सौन्दर्य क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन हो । देशका शहरी क्षेत्रमा यस्तो व्यवसाय निकै फष्टाउँदै गएको कारणले यस क्षेत्रमा श्रमिकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । यसमा पनि अरु यूनियन जस्तै स्वरोजगार र ज्यालाजीवी दुवै प्रकृतिका श्रमिकहरू रहेका छन् । यो असङ्गठित क्षेत्रको यूनियनको रूपमा रहको छ । यसको विधिवत स्थापना पछि श्रम विभागमा २०६५ असार ३१ गते २३२ नं. मा दर्ता भएको हो ।

    यस यूनियनमा हालसम्म महिला सदस्यहरू मात्र रहेका छन् ।

    अध्यक्ष– मिना गुरुङ
    महासचिव– पम्फा पहाडी



    Tel:977-1-4 16 80 00 Ext: 106 E-mail: nabun@gefont.org
  • स्वास्थ्यकर्मी संघ, नेपाल

    नेपालका निजी लगानीमा सञ्चालित स्वास्थ्य केन्द्र, नर्सिङ्ग होम र अस्पतालहरूमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूलाई सङ्गठित गरी उनीहरूको हक अधिकार दिलाउने उद्देश्यले स्थापित यो यूनियन हालै मात्र गठन भएको हो । विगतमा यस्ता क्षेत्रमा कार्यरत श्रमिहरूलाई विषयगत हिसाबले केहीलाई नेपाल स्वतन्त्र केमिकल आइरन मजदुर यूनियन र केहीलाई नेपाल स्वतन्त्र मजदुर यूनियनले सङ्गठित गरेको थियो । तर हाल यस क्षेत्रको विकास र विस्तार पनि हुँदै गएको कारण अलग्गै राष्ट्रिय सङ्घको रूपमा विस्तार गर्ने निर्णय बमोजिम यसको केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

    यो यूनियनको पहिलो राष्ट्रिय अधिवेशन २०६६ मंसिर २७ गते काठमाडौंमा सम्पन्न भएको थियो ।

    अध्यक्ष– चन्द्र थापा
    महासचिव– विमला बस्ती



    Tel:977-1-4 16 80 00 Ext: 106 E-mail: hwf @gefont.org
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ