शिक्षा, सञ्चार तथा सेवा क्षेत्र यूनियन परिषद
निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी
निजी तथा आवासीय संस्थागत विद्यालय शिक्षक/कर्मचारी यूनियन-नेपाल, निजी विद्यालय तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पेशागत हक हित र अधिकार प्राप्ति र संरक्षणका लागि स्थापना भएको यूनियन हो । विगत लामो समयदेखि क्रियाशील रहेका शिक्षक सङ्गठनहरू शिक्षा ऐनको संशोधनपछि सार्वजनिक विद्यालयमा मात्र सीमित भएपछि निजी क्षेत्रका शिक्षक तथा कर्मचारीका हक र अधिकार रक्षाको लागि एउटा छुट्टै सङ्गठनको आवश्यकता पर्न गएको कारण यस यूनियनको स्थापना भएको हो । देशभरका निजी तथा आवसीय विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी यस यूनियनको सदस्य हुन सक्दछन् । यो यूनियन २०६० साल वैशाख ६ गते दश वटा अञ्चलका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाबाट १४ सदस्यीय केन्द्रीय कमिटीको गठन गर्दै स्थापना गरिएको थियो । यसको पहिलो राष्ट्रिय अधिवेशन पोखरामा २०६८ असार ४ गते भएको थियो ।
यस यूनियनले शिक्षक कर्मचारीको अधिकारको रक्षाका साथै शैक्षिक क्षेत्रमा रहेका समग्र समस्या पहिचान गर्दै समाधानको पहल गर्ने उद्देश्यले हालसम्म विभिन्न विद्यालयबाट निष्कासनमा परेका, रकम भुक्तानी नपाएका, सञ्चयकोषको रकम जम्मा नगरिएका जस्ता समस्याहरूलाई वार्ताबाट समाधान गर्दै आएको छ । शिक्षा सम्बन्धी नीति निर्माण र त्यसको कार्यान्वयनमा समेत सहयोगीको भूमिका निर्वाह गर्ने उद्देश्य राखेको यो यूनियन सम्मानित शिक्षण पेशा, स्वाभिमानी पेशाकर्मी, स्वच्छ शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाको लागि निरन्तर क्रियाशील रहँदै आएको छ ।
अध्यक्ष– जगदीश मूर्ति कोइराला
महासचिव– शिवलाल उपाध्याय
Tel:977-1-4 16 80 00 Ext: 202 E-mail: pabseu@gefont.org
नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियन (नेस्व
२०३६ माघ २५ गते उपत्यकाका प्रेस मजदुरहरूको एक भेलाले नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियन (नेस्वप्रेमयू) को उपत्यका समिति गठन भएपछि २०३७ बैशाख १३-१४ गते प्रथम उपत्यका सम्मेलन खुला रूपमा इटुंबहालमा सम्पन्न भयो । त्यसपछि यो यूनियन क्रमशः नेपालभर छरिएर रहेका प्रिन्टिङ प्रेससँग सम्बन्धित रहेर काम गर्ने श्रमिकहरूको साझा यूनियन बन्दै गयो । २०४७ माघ १९ गते देशभरिका प्रेस मजदुरहरूको भेलाबाट नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियनको केन्द्रीय तयारी समिति गठन भयो ।
यो यूनियन मुद्रण क्षेत्रमा काम गर्ने श्रमिकहरूको एक मात्र आधिकारिक यूनियन हो। प्रेस मजदुरहरूको हक, हित र अधिकारको लागि स्थापित यस यूनियनले २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेको थियो।
मुद्रण तथा प्रकाशन उद्योगसँग सम्बन्धित प्रिन्टिङ प्रेस, स्क्रिन प्रिन्टिङ, कम्प्युटर डेस्कटप पब्लिसिङ, जेरोग्राफी, ग्राफिक डिजाइनिङ, पत्रपत्रिका वितरण र यस्तै प्रकृतिका अन्य उद्योगहरूमा काम गरे बापत पारिश्रमिक लिने व्यक्तिहरू यस यूनियनको सदस्य छन् ।
यो यूनियनको अन्तरराष्ट्रिय क्षेत्रमा ग्लोवल यूनियन फेडेरेसन-यूनियन नेटवर्क (युएनआई) इन्टरनेसनलसँग सम्बन्ध स्थापित भएको छ ।
अध्यक्ष–महेन्द्र श्रेष्ठ
महासचिव–बालगोपाल थापा
Tel:977-1-4 16 80 00 Ext: 207 E-mail: ipwun @gefont.org
नेपाल कुरियर तथा कार्गो टे्रड यूनियन
नेपालमा हुलाकको विकल्पको रूपमा निजी क्षेत्रबाट सञ्चालित हुलाक तथा कार्गो सेवाको क्षेत्रमा कार्यरत श्रमिक छरिएको अवस्थामा रहेको र सङ्गठनको अभावमा उनीहरूको श्रमको शोषण भइरहेको अवस्थाबाट उनीहरूलाई मुक्त गर्दै आधारभूत अधिकार दिलाउने र छरिएको श्रमिकलाई एकीकृत पार्ने उद्देश्यले यस क्षेत्रका श्रमिकहरू सङ्गठित गर्न श्रम विभागमा १४० नं. मा दर्ता भएको छ । महासंघस“गको आबद्धताले यस क्षेत्रका श्रमिकको मनोबल उठेको छ । यसको पहिलो राष्ट्रिय अधिवेशन २०६४ असोज ५ गते सम्पन्न भएको थियो ।
अध्यक्ष–राजेन्द्र भुर्तेल
महासचिव–राजकुमार खड्का
Tel:977-1-4 16 80 00 Ext: 207 E-mail: ncctu@gefont.org
नेपाल कर सहयोगी श्रमिक सङ्गठन
लेखा र करलेखा क्षेत्रमा करदाता र कर कार्यालयको सहयोगीको रूपमा काम गर्ने श्रमिकहरूको हक हितको सुरक्षाको लागि यो यूनियन दर्ता भएको छ । यस क्षेत्रमा काम गर्ने श्रमिकहरू ज्यालादारीको हिसाबले करदाताको पक्षबाट कर कार्यालयमा गएर दैनिक वा तात्कालिक श्रम गर्छन् । जस्तै, पीएएन -प्यान) दर्ता, मूल्य अभिवृद्धि कर दर्ता, मूल्य अभिवृद्धि कर पेश गर्ने, आय विवरण पेश गर्ने र टीडीएस बुझाउने लगायतका विविध कार्य गर्ने र करदताहरूको पसल, उद्योग, प्रतिष्ठानहरूमा गई मूल्य अभिवृद्धि करको दैनिक वा तात्कालिक रूपमा खरीद बिक्री खाता, लेखाको लेजरहरू पोस्टिङ गर्ने र भौचरहरू मिलाउने लगायतका काम गर्ने गर्दछन् । कामको सिलसिलामा कर कार्यालयमा हुने विवाद र अपशब्दहरू प्रयोग, व्यापारीहरूबाट शोषण र चार्र्टर्ड एकाउन्टेन्ट एवं रजिर्स्र्टड अडिटरहरूबाट समेत शोषित हुन्छन् । २०६३ भाद्र ११ गते पहिलो राष्ट्रिय भेला गरी यो सङ्गठनको सुरुवात गरिएको थियो । यो सङ्गठन २०६३ फागुन २४ गते १४७ नं. मा दर्ता भएको छ ।
अध्यक्ष– उद्धव कडेरिया
महासचिव–
Tel:977-1-4 16 80 00 Ext: 207 E-mail: cownt@gefont.org









