गैह्रकृषि अनौपचारिक क्षेत्र यूनियन परिषद
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण म
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक-नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड यूनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै यूनियनमा सङ्गठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा यूनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर यूनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर यूनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर यूनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर यूनियन बीच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक-नेपालको स्थापना भएको हो ।
यस यूनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साइनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने र इटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने-बोक्ने-चाल्ने, ढलान गर्ने, ठूला-ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई सङ्गठित गर्दछ ।
निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस यूनियनको विस्तार भइसकेको छ ।
क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टसँग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको यूनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) सँग आबद्ध रहेको छ ।
अध्यक्ष– नरनाथ लुइटेल
महासचिव– मनोहरि शिवाकोटी
Tel:977-1-4 24 80 72 Ext: 406 E-mail: cuppec@gefont.org
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
सडक व्यापारमा सङ्लग्न, सडकको पेटीमा बसेर वा हिड्दाहिंड्दै व्यापार गर्ने र सार्वजनिक स्थानमा पसल राखेर आफ्नो जीवन धान्ने श्रमिकहरूको यूनियन हो नेपाल स्वरोजगार व्यापार श्रमिक संघ ।
देशका विभिन्न भागमा भाँडा सफा गर्ने, स्टोभको पीन, वासरदेखि मौसम अनुसारको सागसब्जी फलफूल, खानेकुरा, कपडा, रेडियो-घडी-सीडी, बच्चाहरूको खेलौना जस्ता सामानहरू सडक, बस्ती र हाटहरूमा व्यापार गरी आफ्नो जीविकोपार्जन गर्ने श्रमिकहरूको अधिकार रक्षा गर्न यो यूनियनको स्थापना भएको हो ।
स्वरोजगारहरू समेटेको यो यूनियनमा नाङ्ला तथा चकटीका आधारमा व्यवसाय गर्नेदेखि निश्चित छानो तथा प्लास्टिक सेडमा बसेर व्यवसाय गर्ने श्रमिकहरू सङ्गठित छन् । हिंडेर टाढा-टाढासम्म घुमन्ते व्यापार गरिरहेका र साइकल, ठेला-गाडा जस्ता सवारीका साधनहरू प्रयोग गरी व्यापार गरिरहेका व्यक्तिहरू पनि यस यूनियनका सदस्य बनेका छन् ।
काठमाडौंमा सडक व्यापारको विविध क्षेत्रमा सङ्लग्न श्रमिकहरू २०५९ पौष २५ गते पहिलो पटक भेला भएका थिए । त्यस भेलाले निर्माण गरेको कमिटीले २०६० जेठ ९ गते नेपाल सडक व्यापार श्रमिक संघ श्रम विभागमा नं. ८७ मा ट्रेड यूनियन सङ्घको रूपमा दर्ता गरेको थियो । यसले २०६५ सालमा सम्मेलन गरी नेपाल स्वरोजगार श्रमिक संघ नामाकरण गरेको छ ।
अध्यक्ष– नारयण न्यौपाने
महासचिव– कुमार सापकोटा
Tel:977-1-4 24 80 72 Ext: 108 E-mail: nest@gefont.org
नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन
निजी क्षेत्रद्वारा सञ्चालित विभिन्न कम्पनी अन्तरगत कार्यरत सुरक्षाकर्मीहरूको सङ्ख्या हजारौं छ । उनीहरू निजी घरदेखि कलकारखाना, कार्यालय, बैंक, कम्पनी र संयुक्त राष्ट्र संघको कार्यालयसम्म पनि कार्यरत छन् । न्यूनतम श्रमिक अधिकार पनि नपाइरहेको अवस्थामा आफ्नो अधिकार रक्षाको लागि सङ्गठित रूपमा आवाज उठाउन नेपाल सुरक्षा श्रमिक यूनियनको २०६१ सालमा गठन गरी श्रम विभागमा १२७ नं. मा दर्ता भएको छ ।
अध्यक्ष–गणेश श्रेष्ठ
महासचिव–मदन पोखरेल
Tel:977-1-4 24 80 72 Ext: 108 E-mail: nsstu @gefont.org









