Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

ठुला प्रतिष्ठानका अध्यक्ष तथा जिफन्ट प्रतिनिधिहरु बीच अन्तरक्रिया

11/07/2012

 

काठमाडौं । २०६९ असार २३ गते, काठमाडौं जिल्लामा रहेका ठुला प्रतिष्ठानका अध्यक्षहरु र जिफन्ट प्रतिनिधिहरु बीच अन्तरक्रिया सम्पन्न भयो ।

 

प्रतिष्ठानका अध्यक्ष तथा जिफन्ट प्रतिनिधिको सम्बन्ध सुधार गरी युनियन सदस्यतावृद्धि र सदस्यता नवीकरणका साथै श्रमिक समस्याका बारेमा छलफल गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा बाग्मती अञ्चल अध्यक्ष तुलसी शिवाकोटीले अन्तरक्रियाको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

 

अन्तरक्रियामा जिफन्टका उपाध्यक्षहरु चुडामणी जंगली र उद्धव केसी, महासचिव उमेश उपाध्यायका साथै शिक्षा विभाग प्रमुख विदुर कार्कीको समेत उपस्थिति थियो ।

 

काठमाडौ जिल्ला कमिटीको आयोजनामा सम्पन्न सो अन्तरक्रिया जिल्ला अध्यक्ष तिलक दाहालको अध्यक्षतामा भएको थियो । सञ्चालन जिल्ला सदस्य चुडामणी लोहनीले गर्नुभएको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ