03/07/2012
काठमाडौं । २०६९ असार १५ गते, नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आबद्ध नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टेरेण्ट मजदुर युनियन केन्द्रीय कमिटीको आयोजनामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको समस्या र सामाधान विषयमा एक दिने अन्तरक्रिया काठमाडौंमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि जिफन्टका महासचिव उमेश उपाध्याय हुनुहुन्थ्यो ।
डान्स, बार रेष्टुरेन्टमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको सहभागिता सो अन्तरक्रियामा नेपाल रात्रि कालीन ब्यवसायी संघका प्रतिनिधी कृष्ण प्रसाद भण्डारी, महिलाको निम्ती महिला मञ्चका अध्यक्ष अस्मीता मगर, विश्वास नेपालका प्रतिनिधी तारा भण्डारी, दासत्व मुक्त परियोजनाका प्रतिनिधी निलम शर्मा र शक्ति समूहका कोषाध्यक्ष पुजा महतोले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको समस्या र सामाधान सबै मिलेर पहल गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रम नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका केन्द्रीय अध्यक्ष सुर्य कु“वरको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन महासचिब राम बुढाथोकीले गर्नुभएको थियो ।