14/06/2012

२०६९ जेठ २५ गते, टेक्सटायल तथा गार्मेन्ट सम्बद्ध दक्षिण एसियाका ट्रेड युनियनहरुको तीन दिने दोस्रो एसिया प्रसान्त क्षेत्रीय बैठक जेष्ठ २३ देखि २५ गते सम्म काठमाडौंमा संपन्न भयो ।
नेपाल, बंगलादेश र श्रीलंकाका ट्रेड यूनियन प्रतिनिधिहरुको सहभागिता रहेको सो बैठकमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका अध्यक्ष विष्णु रिमालले आफ्नो मन्तव्यमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे बताउनुभएको थियो ।
बैठकमा तीनै देशका ट्रेड यूनियन प्रतिनिधिहरुले आ–आफ्ना देशको स्थिति र यूनियनको स्थितिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट जिफन्टका तर्फबाट दिपा दवाडीले नेपाल स्वतन्त्र टेकसटायल गार्मेन्ट मजदुर युनियनको स्थिति, गतिविधिका साथै देशको सामाजिक आर्थिक स्थिति, समस्या र चुनौतीका बारेमा छोटो प्रस्तुति प्रस्तुत गरेका थिए । रिपोर्टमा साथै उहाँहरुले यूनियन परिचालन सम्बन्धी अनुभव आदान प्रदान गरिएको थियो ।
बैठकमा एलओ÷एफटीएफ काउन्सीलबाट टिना क्रिस्टेन्सन सहभागी हुनुभएको थियो । टिना क्रिस्टेनसनले दक्षिण एसिया र नेपालमा ट्रेड यूनियनका संयुक्त कामका बारेमा आफ्नो अनुभव बताउनुभएको थियो ।
वैठकमा डेनमार्कका ट्रेड युनियन थ्रिएफका अन्तर्राष्ट्रिय सल्लाहकार जेस्पर नेल्सनले टेक्सटायल तथा गार्मेन्ट क्षेत्रमा श्रमिकहरुको अधिकारको सुरक्षा अभियान तथा दक्षिण एसियाली क्षेत्रमा ट्रेड युनियनहरुको गतिविधिबारे आफ्नो अनुभव बताउनुभएको थियो ।
बैठक जिफन्ट आबद्ध नेपाल स्वतन्त्र टेक्सटायल तथा गार्मेन्ट मजदुर युनियनको आयोजनामा भएको थियो ।