10/04/2012
२०६८ चैत्र २७ गते, नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) केन्द्रीय कमिटीको छैटौं बैठक मनमोहन मजदुर भवन पुतलीसडकमा सम्पन्न भयो ।
नेपाल ट्रेड यूनियन महासंघ – जिफन्टका उपाध्यक्षहरू उद्धब केसी, चुडामणी जंगली र हरिदत्त जोशी वैठकमा आमन्त्रित हुनुहुन्थ्यो । त्यस्तै क्यूपेक नेपालका प्रतिनिधि परिषद प्रमुख जितेन्द्र श्रेष्ठ पनि आमन्त्रित हुनुहुन्थ्यो ।
बैठकले गत फागुणको ६ र ७ गते पोखरामा सम्पन्न प्रथम प्रतिनिधि परिषद बैठकको सिहावलोकन गरेको थियो ।
त्यस्तै वैठकले स्थानियस्तरमा यूनियन संचालन तथा निर्माण क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरी आगामी वर्षका लागि योजना बनाएको थियो ।
वैठकबाट पारित आगामी वर्षका योजनाहरू–
१. ९ वटा ठुला मल्टीनेशनल तथा नेशनल निर्माण परियोजनाहरुमा संगठन बिस्तार
२. अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) मा देश भरी श्रमिक परिचालन
३. सदस्यता नविकरण र तथा नया सदस्य बिस्तार
४. कार्यालय ब्यवस्थापन, नेतृत्व तथा संगठक बिकास तालिम
५. प्रकाशन तथा यूनियनको कामको प्रचार प्रसार
६. निर्माण ब्यवसायीहरुसंग जिल्ला तथा राष्ट्रिय स्तरमा अन्तरक्रिया कार्यक्रम