Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण सम्पन्न

24/11/2011

 

२०६८ मंसिर ६ गते, नेपाल ट्रेड युनियन महासंघले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । 

 

युवा श्रमिकहरुलाई व्यवसायजन्य रोग, कार्यथलोमा हुने दुर्घटना, सुरक्षित कार्यथलो, कामको वातावरण र दुर्घटना न्यूनीकरण सम्बन्धमा गरेको उक्त अभिमुखीकरण कार्यक्रम जिफन्ट युवा कमिटीका अगुवा कार्यकताहरुलाई सचते बनाउने उद्देश्यले गरिएको थियो ।

 

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य श्रमिकहरुको अधिकार हो । हाम्रो जस्तो अत्यधिक अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु भएको देशमा यसको महत्व अझ बढी छ । हाम्रा धेरैजसो श्रमिकहरु व्यवसायजन्य सुरक्षा र स्वास्थ्यबारे अनभिज्ञ छन् । जसले गर्दा वर्षमा लगभग २० हजार श्रमिकहरु दुर्घटनाबाट पीडित छन् भने २ सय भन्दा बढीले ज्यानै गुमाइरहेका छन् ।

 

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विषय जिफन्टको मुख्य एजेण्डामध्ये नै पर्दछ । यसले नियमित रुपमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई यसबारे सचेत बनाउने र प्रशिक्षण दिने गर्दै आइरहेको छ ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ