23/11/2011

२०६८ मंसिर ४ गते, जिफन्ट आबद्ध ट्रेकिङ, ट्राभल्स, र्याफ्टीङ तथा एयरलायन्स मजदुर युनियन युनिट्राभका सदस्य आङ दावा राईले हिउँले खाएको खुट्टाको उपचार र तीन महिना तलब सहित युनिट्राभको पहलमा रु. ५१ हजार ४ सय ५० क्षतिपूर्ति पाएको छ ।
काङ कोरा ट्रेक्स एण्ड ट्राभल्समा तीन वर्ष देखि काम गर्दै आउनुभएका दावा राईले ट्रकिङमा जाँदा उनको खुट्टा हिउँले खाएको हुँदा उपचार गरिरहेको थियो ।
समस्या समाधानका लागि युनिट्राभको पहलमा भएको वार्ता पछि उक्त निर्णय भएको थियो । निर्णयको सम्झौतामा युनिट्राभको तर्फबाट महासचिव सुमन पराजुली र जिफन्ट श्रम सम्बन्ध परिषदका सदस्य दिल्ली रानाले हस्ताक्षर गरेका थिए । व्यवस्थापनको तर्फबाट काङ कोरा ट्रेक्स एण्ड ट्राभल्सका पेम्बा लामाले हस्ताक्षर गरेका थिए ।