23/11/2011

२०६८ कात्तिक २७ गते, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट दोलखा जिल्ला युवा कमिटिको प्रथम जिल्ला अधिवेशन चरिकोटमा सम्पन्न भयो |
जिफन्ट बागमती अञ्चल अध्यक्ष तुलसी शिवकोटीको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा जिफन्ट युवा कमिटी अध्यक्ष बालगोपाल थापा, जिफन्ट बागमती उपाध्यक्ष रामहरि नेपाल, बागमती सदस्य रामकृष्ण भण्डारी, जिफन्ट दोलखा अध्यक्ष महेन्द्र पुरी, नेकपा एमाले दोलखा उपाध्यक्ष भुवन सिं थापा, सदस्य भुवन केसीले शुभकामना दिनुभएको थियो ।
अधिवेशनले दीपेन्द्र खड्काको अध्यक्षतामा ९ सदस्यीय दोलखा जिल्ला युवा कमिटी निर्वाचन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सह-सचिव र सदस्यहरुमा क्रमश; बुद्धि प्रसाद सापकोटा, दिप वहादुर फुयाल, सुधा श्रेष्ठ, गंगा शिवकोटी, सरोज बस्नेत, राममणि भण्डारी, दोर्जी शेर्पा र राजन शिवकोटी रहेका छन,|
उक्त अधिवेशन पछि नयाँ नेतृत्व कमिटीलाई एकदिने संगठन ब्यवस्थापन प्रशिक्षण पनि गरिएको थियो ।