13/11/2011

नेपालगञ्ज । २०६८ कार्तिक २५ गते, जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सभागृहमा सम्पन्न भयो ।
अञ्चलस्तरीय नेताहरुलाई प्रशिक्षक बनाई जिल्ला तथा इकाइ कमिटीहरुमा परिचालन गर्ने उद्देश्यले गरिएको सो प्रशिक्षणमा महाकाली, सेती, भेरी र राप्तीका २८ अगुवा नेताहरु सहभागी थिए ।
प्रशिक्षणमा ट्रेड यूनियनको आधारभूत ज्ञान, संगठनको इतिहास, यूनियन व्यवस्थापन, संगठनको नीति तथा कार्यक्रम, लक्ष्य, उदेश्य, आधारभूत सिद्धान्त र दुर्घटना न्यूनिकरणको विषयमा महासचिव रुद्रवहादुर खत्री र सचिव तथा शिक्षा विभाग प्रमुख भीम राई ज्वालाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्धघाटन संगठनका उपाध्यक्ष भागिरथ भट्टराईले गर्नुभएको थियो । अध्यक्षता केन्द्रीय सचिव तथा शिक्षा विभाग प्रमुख भीम राईले, सञ्चालन केन्द्रीय सदस्य तथा भेरी अञ्चल इन्चार्ज उमेश गुरांगाइले र स्वागत भेरी अञ्चल अध्यक्ष गंगादत्त बडुले गर्नुभएको थियो ।
यसरी नै देशव्यापी नेतृत्व विकास अभियान अन्तर्गत लुम्बिनी, नारायणी, वागमती र धौलागीरी अञ्चललाई बुटवलमा, कार्तिक २७ र २८ गते र मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चललाई विर्तामोडमा मंसिर ५ र ६ गते प्रशिक्षित गरिने कार्यक्रम रहेको छ ।