24/10/2011

२०६८ कात्तिक २ गते, श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा बसेको वैठकले कृषि श्रमिकहरुको दैनिक न्यूनतम ज्याला निर्धारण गरेको छ ।
नयाँ निर्धारित ज्याला अनुसार कृषि श्रमिकको न्यूनतम ज्याला दैनिक रु. २२१। तथा प्रतिघन्टा २७ रुपैया ६२ पैसा हुनेछ ।
उक्त ज्याला श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको अध्यक्षतामा नेपाल उद्योग बाणिज्य महासंघ, ट्रेड युनियनहरु र कृषि विशेषज्ञ समेत उपस्थित रहेको त्रिपक्षीय वैठकद्वारा निर्धारण गरिएको हो । निर्धारित कृषि श्रमिकहरुको ज्याला अब छिट्टै नै राजपत्रमा प्रकाशित गरिने छ ।
यसभन्दा अघि तीन वर्ष पहिले कृषि श्रमिकको दैनिक न्यूनतम ज्याला रु. १५०। निर्धारण गरिएको थियो ।