Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> गतिविधि >>

नेस्वहोमयुको पाँचौं केन्द्रीय वैठक सम्पन्न

10/10/2011

 

२०६८ असोज ७ गते, जिफन्ट आबद्ध नेपाल स्वतन्त्र होटल मजदुर युनियनको दुई दिने पाँचौं केन्द्रीय वैठक काठमाडौंमा सम्पन्न भयो । वैठकमा जिफन्टका अध्यक्ष विष्णु रिमालका साथै उपाध्यक्ष उद्धव केसी, महासचिव उमेश उपाध्याय र उपमहासचिव विष्णु लम्सालको उपस्थिति रहेको थियो ।

 

वैठकले २०६८ साल माघसम्म गरिने कार्यक्रम र बजेट पारित गरेको थियो । त्यस्तै वैठकले संगठन विस्तार र सुदृढीकरण सम्बनधी प्रतिवेदन पनि पारित गरेको छ ।

 

वैठकले नेस्वहोमयुको ३१ औं स्थापना दिवस स्थानीय स्तर र केन्द्रीय स्तरमा विविध कार्यक्रमको आयोजना गरी मनाइने, माधव न्यौपाने स्मृति छात्रवृत्ति कोषलाई कार्यविधि बनाई सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

 

त्यस्तै वैठकले नेस्वहोमयुका केन्द्रीय श्रम सम्बन्ध सचिव एवं होटल हिमालय प्रतिष्ठान स्तरीय युनियनका अध्यक्ष गोपिकृष्ण श्रेष्ठको हृदयघातबाट भएको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरी शोक प्रस्ताव पारित गरेको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ