20/09/2011

२०६८ भदौ २५ गते, चितवनको भरतपुर स्थित जिफन्ट आबद्ध बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले कर्मचारी वयवस्थापन, ट्रेड युनियन अधिकार तथा अस्पताल विकास सम्बन्धमा विविध मागहरु व्यवस्थापन समक्ष प्रस्तुत गरेको छ ।
श्रम ऐनको दफा ७४ उपदफा १ बमोजिम युनियन द्वारा प्रस्तुत सो मागपत्रमा वर्षौंदेखि करारमा कार्यरत कर्मचारीहरुका स्थायी नियुक्ति, उपदान, ग्रेड, स्तर उन्नति, समूह मिलानका साथै विविध मागरहरु रहेका छन् ।
त्यस्तै मागपत्रमा तालिम अध्ययनको व्यवस्थापन, आवासको व्यवस्था, केमिकल तथा रेडियोलोजीमा कार्यरत कर्मचारीलाई हजार्ड आलोन्स, कर्मचारीका परिवारलाई निःशुल्क स्वास्थ्य उपचार तथा छुट्टै बेदको व्यवस्था आदि माग पनि समावेश गरेको छ ।
त्यस्तै युनियनद्वारा प्रस्तुत ट्रेड युनियन अधिकार सम्बन्धी मागमा युनियन कार्यालयको व्यवस्थापनका साथै सञ्चालक समितिमा युनियनको प्रतिनिधित्व, युनियन सम्बन्धी काममा जाँदा काजको व्यवस्था सम्मिलित छन् । प्रस्तुत मागपत्रमा अस्पताल विकास सम्बन्धी विविध माग पनि मागपत्रमा समावेश छ ।