Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> गतिविधि >>

अपर तावाकोशी प्रोजेक्टमा मजदुर कुटिए

30/07/2012

 

२०६९ श्रावण १४ गते, दोलखा जिल्लामा निर्माण भईरहेको बिद्युत गृह अपर तामाकोशीमा काम गर्ने सर्भे हेल्पर राजन घिमिरेमाथि निर्माण कार्यको जिम्मा लिएको ठेकेदार कम्पनी सिनोहाईड्रो ब्यूरो ११ का साइड इन्चार्ज चिनिया नागरिक वाङ्गले सामान्य कुरामा विवाद भएको अवस्थामा आफनो कार्यलयमा साङ्गगातिक आक्रमण गरी सख्त घाइते बनाएको छ । उहाको उपचार भैइरहेको छ ।


निर्माणकार्य स्थलमा काम गर्ने मजदुमाथि गरिएको यो आक्रमणप्रति क्यूपेक–नेपालले घोर निन्दा गर्दै मजदुर माथि हातपात गर्ने साईड ईन्चार्जलाई तत्काल कार्वाही गर्न जोडदार माग गरेको छ ।


यस घटनापछि ब्यूरो ११ को निर्माण कार्य बन्द गरी मजदुहरु आन्दोलनमा रहेका छन् । आन्दोलित मजदुहरुले राखेका मागप्रति नेपाल बिजुली, पेन्टर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) ले ऐक्यबद्धता जनाएको छ र मजदुहरुका जायज माग पुरा गरी तत्काल काम सुचारु गराउन ठेकेदार कम्पनीलाई आग्रह गरेको छ । साथै घाईते कामदार राजन घिमीरेको औषधिउपचारको व्यवस्था गर्न समेत माग गरेको छ ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ