Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

प्रजनन स्वास्थ्य तथा मातृत्व संरक्षण तालिम

05/07/2012

 

काठमाण्डौ । असार १६ गते, जिफन्ट आवद्ध नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर यूनियन, नेपाल स्वतन्त्र सफाई मजदुर यूनियन र पेशागत महासंघ आवद्ध नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनको संयुक्त आयोजनामा दुई दिने प्रजनन स्वास्थ्य तथा मातृत्व संरक्षण तालिम सम्पन्न भयो ।

 

नेपाल ट्रेड यूनियन महासंघ, जिफन्टका महासचिव उमेश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल विद्युत प्राधिकरणका उपाध्यक्ष कमला श्रेष्ठले गर्नु भएको थियो ।

 

कार्यथलोमा श्रमिक महिलाहरुको मातृत्व संरक्षण र विद्यमान कानुनमा मातृत्व संरक्षण सम्बन्धी प्रावधान, लैङ्गिक हिंसा, प्रजनन स्वास्थ्य र आई एल ओ महासन्धि नं १८३” को विषयमा तालिम सञ्चालन गरिएको थियो । तालिममा २६ जना महिला र १५ जना पुरुष सहभागी रहेको थियो । जिफन्ट उपमहासचिव जनक चौधरी, राष्ट्रिय कमिटी सदस्य सिता लामा र अधिवक्ता विष्णु माया भुसालले प्रशिक्षण दिनु भएको थियो ।

 

तालिम कार्यक्रममा केमिकल आईरन यूनियनका उपाध्यक्ष कृष्ण केसी, सफाई मजदुर यूयिनका अध्यक्ष मदन देउला महासचिब सारदा पोडेको पनि उपस्थिति थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ