26/06/2012
२०६९ असार ७ गते, जिफन्ट आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपाल केन्द्र्रीय शिक्षा बिभागको आयोजनामा उपत्यका स्तरीय महिला नेतृत्व बिकास तालिम काठमाडौंमा सम्पन्न भयो ।
क्यूपेक नेपाल केन्द्रीय कमिटी अध्यक्ष नरनाथ लुईटेलले उद्घाटन गर्नु भएको तालिम कार्यक्रममा क्यूपेक नेपालका महासचिब मनोहरी सिवाकोटी, सचिव स्मृती लामाले तालिमको महत्व र ट्रेड यूनियन आन्दोलनमा महिला सहभागिताबारे मन्तब्य राख्नुभएको थियो ।
तालिम कार्यक्रम क्यूपेक केन्द्रीय महिला कमिटी सचिब शान्ता बस्नेतको अध्यक्षतामा क्यूपेक केन्द्रीय शिक्षा बिभाग सचिब गोपाल कार्की, केन्द्रीय सदस्य योगेन्द्र शर्माले प्रशिक्षण दिनुभएको थियो ।