Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

बालश्रम उन्मूलन नीति निर्माणका लागि सुझाव संकलन कार्यक्रम

22/06/2012

 

२०६९ असार ७ गते, जिफन्टको आयोजनामा काठमाडौंमा बालश्रम उन्मूलन नीति निर्माणका लागि सुझाव संकलन तथा नेपालमा बालश्रमको स्थितिबारे राष्ट्रिय कार्यक्रम सम्पन्न भयो ।

 

कार्यक्रमको प्रारम्भमा जिफन्टका महासचिव उमेश उपाध्यायले जिफन्टले जिफन्टको दोस्रो महाधिवेशनले श्रम नीति तथा बालश्रम नीति पारित गरेको बताउनुभयो ।

 

महासचिव उमेश उपाध्यायले भन्नुभयो, “जिफन्टले बालबालिका काममा हैन, स्कुलमा – ठूला मान्छे काममा” अभियानका साथ विगत १० वर्षदेखि बालशिक्षा कार्यक्रम सञ्चालन गरिरहेको र यस कार्यक्रम मार्फत हजारौं श्रमिकका विद्यार्थीहरुले औपचारिक शिक्षा पाइरहेको छ ।”

 

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका विपना शर्माले अन्तर्राष्ट्रिय श्रम संगठनको बालश्रम सम्बन्धी महासन्धिहरुबारे आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभयो ।

 

कार्यक्रममा जिफन्ट विदेश विभाग सचिवले बालश्रम उन्मूलन सम्बन्धी कानुन र नियमावली उल्लेख गर्दै यसमा गर्नुपर्ने सुधारका सम्बन्धमा छलफल चलाउनुभयो ।

 

त्यस्तै जिफन्ट शिक्षा विभाग सचिव विदुर कार्कीले बालश्रम उन्मूलन सम्बन्धमा जिफन्टद्वारा सञ्चालित विभिन्न अभियान र कार्यक्रमहरुबारे जानकारी गराउनुभयो ।

 

कार्यक्रममा जिफन्टका उपाध्यक्षहरु हरिदत्त जोशी, बिना श्रेष्ठको सहभागिता रहेको थियो । त्यस्तै जिफन्टका अञ्चल अध्यक्षहरु, सदस्य युनियनका पदाधिकारीहरु कार्यक्रममा सहभागी थिए ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ