Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

अलिखित गीती संग्रहको विमोचन

21/06/2012

 

२०६९ असार १ गते, घरेलु श्रमिकहरुका कथा व्यथालाई समेटेर नेपाल ट्रेड यूनियन महासंघद्वारा तयार पारिएको अलिखित हस्ताक्षर गीति संग्रहको विमोचन भएको छ । राष्ट्रिय जनसंगीत मञ्चका सचीव अशोक राईले संगीतबद्ध गर्नुभएको सो गीती संग्रहको विमोचन कमलादी स्थित नेपाल प्रज्ञा भवनमा सम्पन्न एक समारोहमा जिफन्टका अध्यक्ष बिष्णु रिमालले गर्नुभएको थियो ।

 

देशभित्र र प्रवासमा काम गर्ने घरेलु श्रमिकहरुलाई घरेलु श्रमिकको अधिकारबारे सचेत पार्ने उद्देश्यले प्रकाशित गरिएको उक्त संग्रहमा १२ वटा गीतहरु संकलन गरिएको छ । संकलित गीतहरुमा वैदेशिक रोजगारमा गएका महिला श्रमिकहरुले सीपका अभावमा घरेलु श्रमिक नै बन्नु पर्ने बाध्यता, उनीहरुले भोगिरहेको पीडा र तिनका परिवार र सन्तानले भोग्नुपर्ने मानसिक पीडाहरु उल्लेख छ ।

 

कार्यक्रममा स्वर दिने कलाकारहरु आकाश थापा, शशीकला मोक्तान, श्रेयसी चेम्जोङ, विष्णु चेम्जो¨, रुपक चौधरी, संजय तुम्रुक, सीता सि¨क, लीना राई र कला राईले गीत गाएर प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा संगितकार अशोक राईका साथै गीतकारहरु याशेली चोङहाङ, भावेश भुमरी, डा. भोला रिजाल, विमला वि.क., मुकुन्द न्यौपाने, भावेन्द्र सम्बहाङ्फे “जुझारु”, पेम्बा लामा र फिस आई पिको पनि सहभागिता थियो ।

 

नेपाल वैदेशिक रोजगार विभाग, वैदेशिक प्रवद्र्धन बोर्ड, नेपाल उद्योग परिसंघ, जनसांस्कृतिक महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधिहरुले कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

कार्यक्रममा जिफन्टका पदाधिकारी तथा सदस्य युनियनका प्रतिनिधिहरु, नेपाली ट्रेड युनियन महासंघहरुको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधिहरु, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ