Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

विश्व वातावरण दिवसको अवसरमा चेतनामूलक कार्यक्रम

06/06/2012

 

२०६९ जेठ २३ गते, निर्माण तथा बन जंगलमा कार्यरत श्रमिकहरुलाई पर्यावरण तथा वातावरण सम्बन्धी चेतना दिने उद्देश्यले जिफन्ट आबद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपालले विश्व वातावरण दिवस विभिन्न जिल्लाहरुमा मनाएको छ ।

 

क्यूपेक नेपाल र अन्तर्राष्ट्रिय ट्रेड यूनियन केन्द्र बिडब्लुआईको सहकार्यमा यस वर्ष मकवानपुर, नवलपरासी र कैलाली जिल्लामा वातावरण सम्बन्धी सचेतना र्यालीको आयोजना गरिएको थियो ।

 

क्यूपेक नेपालले विगत केही वर्षदेखि निर्माण मजदुरहरूलाई पर्यावरण र जलवायु परिवर्तनबारे सचेत गराउने उद्देश्यले विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ