Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

आइएलओ महानिर्देशकमा निर्वाचित आइटियुसीका संस्थापक महासचिव गाई राइडरलाई जिफन्टको बधाइ !

04/06/2012

 

जेठ १७, काठमाडौअन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी)का संस्थापक महासचिव श्री गाई राइडर अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को उच्च पदमहानिर्देशकमा निर्वाचित भएकोमा नेपाल ट्रेड यूनियन महासंघ  (जिफन्ट) ले हार्दिक बधाइ ज्ञापन गरेको उनले आगामि सेप्टेम्वरबाट १३ वर्षदेखि कार्यरत वर्तमान महानिर्देशक हुँआ सोमाभियालाई प्रतिस्थापन गर्नेछन् गत मे २८ मा भएको निर्वाचनमा, ५६ सदस्यीय आइएलओ गवर्निङ्ग बडीमा मतदान हुँदा गाई राइडर ३० मत प्राप्त गरि अरु प्रत्यासीलाई पछि पारी विजयी भएका हुन्

 

संयुक्त राष्ट्रसंघको विशेष संस्थाअन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को महानिर्देदशक पदको लागि  भएको निर्वाचनमा तपाईं विजयी हुनुभएकोमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) गर्व गर्दछ जिफन्ट, यसका आवद्ध संघहरु, लाख ५३ हजार भन्दा बढी सदस्य सहित सम्पूर्ण नेपाली श्रमिक वर्गको तर्फबाट बधाइ ज्ञापन गर्दछजिफन्ट अध्यक्षको बधाइ सन्देशमा उल्लेख गरिएको

 

अध्यक्ष रिमालले उल्लेख गर्नुभएको – “ट्रेड युनियन आन्दोलनबाट शीत युद्धका असरहरु हटाउन तपाईंले गर्नुभएको अथक प्रयत्नलाई जिफन्टले कहिल्यै भुल्ने छैन यदि तपाईं आइसीएफटियुको महासचिव नहुनु भएको भए, हामीलाई शङ्का अहिले आइटियुसी बन्थ्यो होला? त्यसको संस्थापक संस्थाको रुपमा जिफन्टको आबद्धता हुन्थ्यो होला ?!  हामी विश्वास गर्छौअन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनलाई एकताबद्ध पार्न तपाईले आफ्नो तर्फबाट इमान्दार प्रयास गर्नुभयो , जिफन्ट विशेष रुपमा तपाईप्रति कृतज्ञ तपाईले नै यसलाई अन्तर्राष्ट्रिय ट्रेड युनियन परिवारमा औपचारिक रुपमा प्रवेश गराउनु भयो !”

 

जिफन्टका अध्यक्षले १९९५ मा भएको आफ्नो पहिलो भेटको स्मरण गर्दै उल्लेख गर्नुभएको – “यदि गलत छैन भने त्यतिखेर तपाईं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको श्रमिक समूहको सचिव हुनुहुन्थ्यो तपाईं आइएलओ एक्ट्राभको निर्देशक हुँदा हामी वीचको उल्लेखनीय क्षणलाई मैले अझै भुलेको छैन

 

हामीलाई कुनै भ्रम छैन, तपाईं आइएलओको लागि एकदमै उपयुक्त छनौट हो !” आइटियुसीका महासचिव स्यारोन बर्रोको भनाइसँग सहमत हुँदै जिफन्ट अध्यक्षले उद्धृत गर्नुभएको

 

आउँदा दिनहरुमा श्रमको संसारमा देखिने अजङ्गका चुनौतीहरुको सामना गर्न आइएलओले सही व्यक्तिको छनौट गरेको गाइ राइडरकोट्रेड युनियन आन्दोलन स्वयं आइएलओको पृष्ठभुमि, विस्तृत व्यावहारिक अनुभव, आवश्यक दिशा पहिचानका लागि स्पष्ट अनुभूतिले नै आइएलओलाई बलियो स्थानमा उभ्याउने मर्यादित काम सिर्जनाको लागि विश्वले आफूलाई व्यापक मात्रामा केन्द्रित गर्नु परेको , हामी विश्वस्त छौं, गाइ राइडरले विश्व अर्थतन्त्रको केन्द्रमा रोजगारी सिर्जना श्रमजीवी जनताको अधिकारको लागि गति पैदा गर्नेछन्

 

जिफन्ट अध्यक्षले आफ्नो सन्देश अन्त्य गर्दै भन्नुभएको – “ फेरि एकपटक बधाइ ज्ञापन गर्दछु आगमी दिनमा नयाँ दायित्व पूरा गर्न तपाईंलाई पल पलमा सफलता मिलोस् भन्ने कामना गर्दछु !”

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ