04/06/2012
२०६९ जेठ १८ गते जिफन्ट आबद्ध क्यूपेक नेपालको १६ औं स्थापना दिवस काठमाडौंमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका उपाध्यक्ष उद्धब केसी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि उद्धव केसीले शुभकामना मन्तव्य दिनुभएको थियो । उपाध्यक्ष उद्धव केसीले निर्माण क्षेत्रमा क्रियाशिल श्रमिकहरुको प्रतिनिधी मुलक ट्रेड यूनियन क्यूपेक नेपालले स्थापना को समयदेखि निर्माण श्रमिकहरुको अधिकार प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आइरहेको उल्लेख गर्नुभएको थियो ।
उपाध्यक्ष उद्धव केसीले भन्नुभयो– आगामी दिनमा पनि बिगतमा गरेका कामहरुको समिक्षा गर्दै समस्त निर्माण श्रमिकहरुलाई यूनियनमा आवद्ध गर्न सफल हुने बिश्वासका साथ स्थापना दिवसको शुभकामना व्यक्त गर्दछु ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंध जिफन्टका उपमहासचिब बिष्णु लम्साल, प्रचार सचिब एवं क्यूपेक प्रतिनिधि परिषद प्रमुख जितेन्द्र श्रेष्ठ, जिफन्ट राष्ट्रिय कमिटी सदस्य केशव दुवादी, गैर कृषि अनौपचारिक यूनियन परिषदका सचिब नारायण न्यौपाने लगाएतले शुभकामना मन्तबय दिनुभएको थियो ।
क्यूपेक केन्द्रीय अध्यक्ष नरनव्थ लुईटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासचिब मनोहरी सिवाकोटीले संचालन र केन्द्रीय सचिब स्मृती लामाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा मेदिवस २०१२ मा योगदान पुर्याउने जिल्ला कमिटीहरुलाई सम्मान पनि गरेको थियो ।
क्यूपेक नेपालको १६ स्थापना दिवस काठमाडौं बाहिर जिल्लामा पनि बिभिन्न कार्यक्रमका साथ मनाएको समाचार छ ।