Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

तिलगंगा आँखा अस्पतालमा मागपत्र प्रस्तुत

24/05/2012

 

२०६९ जेठ २ गते, जिफन्ट आबद्ध नेपाल स्वास्थ्य तथा कर्मचारी युनियन तिलगंगा आँखा केन्द्रले केन्द्रको हालै संशोधित कर्मचारी सेवा शर्त नियमावलीमा रहेका त्रुटिहरुको संशोधन तथा श्रमिकहरुको सुविधासँग सम्बन्धी १२ सूत्रीय मागपत्र प्रस्तुत गरेको छ ।

 

मागपत्रमा युनियनको तर्फबाट वार्ता टोलीको समेत उल्लेख गरिएको छ । वार्ता टोलीमा कैलाश राई, चन्द्र थापा, कृष्ण गोपाल श्रेष्ठ, विजया श्रेष्ठ, उमेश गिरी, हरि कार्की, देवेश कर्ण रहेका छन् ।

 

मागपत्रमा उपदान तथा औषधी उपचार खर्च, सञ्चि विदाको रकम तथा अन्य आर्थिक सुविधाको रकम सम्बन्धित ठाउँमा तत्काल जम्माको व्यवस्था, प्रोत्साहन भत्ता र व्यवसायजन्य सुरक्षाको व्यवस्था, नियमानुसार स्थायी तथा बढुवाको व्यवस्था, नियुक्तिपत्र अनुसारको कार्यविभाजन, शिशुस्याहार केन्द्रको व्यवस्था आदि मागहरु समावेश छन् ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ