24/05/2012
२०६९ जेठ १० गते, बारा जिल्लाको छातापिपरा स्थित इस्टर्न टेक्सटायलमा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा जिफन्ट आबद्ध नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन अत्यधिक मतका साथ विजयी भएको छ ।
निर्वाचनमा खसेको २०९ मतमा जिफन्ट आबद्ध युनियनले १०८ प्राप्त गरेको छ भने नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रले ८७ र अखिल नेपाल ट्रेड युनियन महासंघले १३ मत प्राप्त गरेको छ ।