Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

सगरमाथाको आधार शिविरमा १२३ औं मे दिवस सम्पन्न

04/05/2012

 

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको आयोजनामा देशका विभिन्न जिल्लाहरुमा १२३ औ मे दिवस सम्पन्न भएको छ ।


इतिहासमा पहिलो पटक विश्वको उच्च शिखर सगरमाथाको आधार शिविरमा पनि १२३ औं मे दिवस सम्पन्न भएको छ ।


सगरमाथा शिखर चढ्ने तयारीमा रहेका बेलायतका एक्सपिडिसनका आरोहीहरु र नेपाली ट्रेकिङ् मजदुरहरुले शिखर चढ्ने क्रममा सगरमाथाको आधार शिविरमा जिफन्टको झण्डा र प्लेकार्ड सहित जुलुस प्रदर्शन पश्चात छोटो सभाको आयोजना गरेको थियो ।


जिफन्टको आयोजनामा उच्च शिखर सगरमाथाको आधार शिविरमा सम्पन्न मे दिवसको सभामा जिफन्ट प्रतिनिधि परिषद सदस्य तथा यूनिट्राभका केन्द्रीय सदस्य दोर्जे खत्रीले मे दिवसबारे मन्तब्य दिनु भएको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ