Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

उदयपुर सिमेण्ट उद्योगको प्रतिष्ठानस्तरीय युनियनको अधिवेशन

24/04/2012

 

वैशाख ८ गते, सगरमाथा अञ्चल स्थित जिफन्ट आबद्ध उदयपुर सिमेण्ट उद्योग लि, नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनको दुई दिने आठौँ अधिवेशन समपन्न भयो । अधिवेशन नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनको केन्द्रीय अध्यक्ष योगिलाल यादवको प्रमुख आतिथ्यमा भएको थियो ।

 

अधिवेशनले जगरनाथ चौधरीको अध्यक्षतामा १७ सदस्य कमिटी निर्वाचित गरेको छ ।

 

अधिवेशनमा नेकपा एमाले अञ्चल कमिटी सचिव मणिराज पौडेल र उदयपुर सिमेण्ट उद्योगका महाप्रबन्धक डा. सुरेन्द्र प्रसाद चौरसियाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । 

 

त्यस्तै, जिफन्ट अञ्चल अध्यक्ष त्रिबिक्रम ज्ञवाली, नेस्वकेआमयू केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर के.सी., नेकपा एमाले उदयपुर जिल्ला अध्यक्ष बेद प्रसाद पोखरेल, जिफन्ट अञ्चल उपाध्यक्ष माया भण्डारीले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

अधिवेशनमा जिफन्ट जिल्ला कमिटी अध्यक्ष शशी कुमार राई, नेपाल बुद्धिजीवी परिषद उदयपुर जिल्ला अध्यक्ष कोबिद कुमार काफले, पेशागत महासंघ उदयपुर अध्यक्ष जस बहादुर कार्की, घर आधारिक श्रमिक संघ केन्द्रिय सचिव हिरा के.सी., क्यूपेक नेपाल केन्द्रिय सदस्य चन्चलाल बोटे, नेयास्वमसं उदयपुर जिल्ला अध्यक्ष क .विदुरसिंह तामाङ, उद्योग नायब महाप्रबन्धक विष्णुराज कोइराला, महेश कुमार काफले, नेकपा एमाले जि.क.सदस्य चित्र कुमार कार्की, शम्सेर कुमार शाही, बिमल कुमार काकी, शिव रेग्मी, श्याम राई तथा डिन केन्द्रिय सदस्य क.हरि प्रसाद अधिकारी लगायत बिभिन्न घटक यूनियनका स्थानीय नेता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरु

श्री जगरनाथ चौधरी, अध्यक्ष

श्री लिलानाथ घिमिरे, उपाध्यक्ष

श्री राधे कुमार कोईराला, सचिव

श्री तिर्थ कुमार पोखरेल, सह–सचिव

श्री गिरिराज पोखरेल, कोषाध्यक्ष

श्री ज्ञान बहादुर खत्री, सदस्य

श्री सत्यनारायण चौधरी, सदस्य

श्री तारानिधि दाहाल, सदस्य

श्री प्रेम बहादुर रेग्मी, सदस्य

श्री ड्याम बहादुर लिम्बु, सदस्य

श्री उषा शैजु, सदस्य

श्री गोविन्द प्रसाद पोखरेल, सदस्य

श्री नारायण प्रसाद श्रीवास्तव, सदस्य

श्री सीता घिमिरे, सदस्य

श्री विनोद झा, सदस्य

श्री चुडामणी पोखरेल, जिफण्ट प्रतिनिधि

श्री शान्ता शैजु, जिफण्ट प्रतिनिधि

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ