Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

जिफन्टका अध्यक्षद्वारा नयाँ वर्षको शुभकामना

17/04/2012

 

२०६९ वैशाख १ गते, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमालले नयाँ वर्ष २०६९ को उपलक्ष्यमा समस्त नेपाली श्रमजीवी वर्ग र विश्वभरिकै जनतालाई शुभकामना दिनुभएको छ ।

 

अध्यक्ष विष्णु रिमालले आफ्नो शुभकामना मन्तव्यमा भन्नुभएको छ – बैशाख १ गते देखि हामीहरु नयाँ वर्ष– २०६९ मा प्रवेश गर्दैछौं । यो वर्ष शुभेच्छा व्यक्त गर्न त्यस्तो के विषय हामीहरुसंग छन्?”

 

“हामी सबैलाई थाहा छ, हाम्रो सामु थुप्रै विषयहरु छन्– शान्ति प्रक्रिया भर्खरै अन्तिम अवस्थामा मात्र पुगेको छ, यसलाई पूरा गर्न बाँकी नै छ ! संविधान घोषणा गर्न अब ४५ दिन मात्र बाँकी छ, त्यसभित्र हामीले थुप्रै महत्वपूर्ण एजेण्डाहरुको टुंगो लगाउनु छ ।”

 

अध्यक्ष विष्णु रिमालले अगाडि भन्नुभयो, “शान्ति र संविधान बिना स्थायित्वको कल्पना गर्न सकिदैन । त्यसमाथि पनि हाम्रा राजनीतिक दलहरुले श्रमिक एजेण्डा आत्मसात गर्न बाँकी नै छ ।”

 

“वर्गीय प्रतिनिधित्वको विषय हाम्रो प्रमुख एजेण्डा हो, संवैधानिक आयोगको हैसियत भएको राष्ट्रिय श्रम आयोग हाम्रो अर्को प्रमुख एजेण्डा हो । यदि हामीले नयाँ संविधानमा श्रमिकका आधारभूत अधिकारका रुपमा ट्रेड युनियन अधिकार, सामूहिक सौदावाजीको अधिकार मात्र समावेश गर्न सक्यौं भने त्यो निश्चय नै अपर्याप्त हुने छ ।”

 

अध्यक्ष रिमाललले भन्नु भएको छ– “श्रम कानून सम्बन्धी ६ वटा विधेयकहरु संसदमा प्रवेश गराउन र पारित गर्न असाध्य ढिला भइसकेको छ!”

 

“हाम्रो श्रमको संसारसंग जोडिएका उल्लेखित एजेण्डाहरु प्राप्तिमा यो वर्ष सफलता मिलोेस् । ३ लाख ५० हजार सदस्य रहेको प्रमुख ट्रेड युनियन महासंघको अध्यक्षको हैसियतले म समस्त नेपालीका साथै विश्वभरिकै जनतालाई नेपाली नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।”

 

नयाँ वर्ष २०६९ को उपलक्ष्यमा हार्दिक शुभकामना कमरेडहरु!

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ