Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

नेपाल अटो मेकानिक्स ट्रेड यूनियनको रणनीतिक कार्यशाला

28/03/2012

 

२०६८ चैत ११ गते, नेपाल अटो मेकानिक्स ट्रेड यूनियन केन्द्रीय कमिटीको आयोजनामा २ दिने योजना  कार्यशाला पुतलीसडक स्थित मनमोहन मजदुर भवनमा सम्पन्न भयो ।

 

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका अध्यक्ष बिष्णु रिमालले कार्यशालाको उद्घाटन गर्नुभएको थियो ।

 

उदघाटन मन्तव्यमा जिफन्टका अध्यक्ष विष्णु रिमालले नेपालको ट्रेड यूनियन आन्दोलनमा जिफन्टले खेलेको भूमिका र आगामी दिनमा ट्रेड यूनियनलाई सशक्त ढंगबाट अगाडि बढाउन जिफन्टको योजनाबारे बताउनुभएको थियो ।

 

अध्यक्ष रिमालले नेपालको मेकानिक्स क्षेत्रमा रहेको समस्या सामाधान गर्नको लागि नेपाल अटो मेकानिक्स ट्रेड यूनियनले खेलेको भूमिकाको प्रशसा गर्दै आगामी दिनमा पनि समय सापेक्ष यूनियनलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभएको छ ।

 

कार्यक्रममा जिफन्ट केन्द्रीय युनियन परिषदका संयोजक तथा जिफन्टका उपाध्यक्ष उद्धब केसीले जिफन्ट र यूनियन बिचको अन्तर सम्बन्ध र जिफन्टको नीति र सिद्धान्तबारे प्रकाश पार्नुभएको थियो ।

 

नेपाल अटो मेकानिक्स ट्रेड यूनियनका केन्द्रीय नेताहरु सहभागी भएको उक्त कार्याशालामा आगामी १ वर्षको लागि युनियन संचालन गर्न रणनीतिक योजना तथा कार्यक्रमहरु तयार पारिएको छ । कार्यशालामा जिफन्ट शिक्षा बिभाग सचिब बिदुर कार्की, सदस्य रमेश मैनालीले सहजीकरण गर्नुभएको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ