Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

नेपालगञ्जमा नेतृत्व विकास तालिम

06/01/2012

 

२०६८ पुस १८ गते, आइरन केमिकलसंग सम्बन्धित ग्लोबल युनियन आइसीइएम नेपाल कमिटीको आयोजनामा दुई दिने नेतृत्व विकास तालिम नेपालगञ्जमा सम्पन्न भयो ।

 

दोस्रो तहको उक्त नेतृत्व विकास तालिममा आइसीइएम नेपालको परिचय, ट्रेड युनियन शिक्षा, युनियन व्यवस्थापन, ट्रेड युनियनको इतिहासका साथै जेण्डर विषयमा तालिम दिइएको थियो ।

 

आइसीइएम नेपालसँग सम्बन्धित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन, नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन र नेपाल स्वतन्त्र सफाइ मजदुर यनियनका १८ पुरुष तथा ११ जना महिला सहभागी उक्त तालिमका सहजकर्ताहरु भैरव पाठक, प्रकाश राज ढकाल, कमला श्रेष्ठ, शारदा पोडे र शोभा थापा हुनुहुन्थ्यो ।

 

तालिमको आरम्भमा उद्घाटन कायृक्रम भएको थियो । उद्घाटन कार्यक्रम जिफन्ट भेरी अञ्चल अध्यक्ष पूर्ण बहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ