Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

जशिसाकेलिमा सामूहिक सम्झौता

29/12/2011

 

२०६८ मंसिर २६ गते, नेपाल सरकारको स्वामित्व रहेको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा जिफन्ट आबद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र व्यवस्थापन बीच न्यूनतम ज्याला तथा स्थायी सम्बन्धमा सामूहिक सम्झौता भएको छ । 

 

सम्झौता अनुसार नेपाल सरकारले २०६८ जेठ ९ गते प्रकाशित राजपत्र अनुसार २०६७ चैत्र १ गतेदेखि लागू हुने गरी न्यूनतम वेतन रु. ६ हजार २ सय मासिक र दैनिक ज्यालादारीलाई रु. २ सय ३१ दिने, स्थायी कर्मचारी सरह ज्यालादारी कर्मचारीलाई पनि पोशाक सुविधा दिने सहमति भएको छ ।

 

सम्झौतामा लामो समयदेखि दैनिक ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरुलाई स्थायी गर्ने प्रक्रिया सुरु गर्ने समेत उल्लेख छ ।

 

सम्झौता लगत्तै केन्द्रमा युनियनद्वारा सञ्चालित विरोधका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ ।

 

सम्झैतामा व्यवस्थापनको तर्फबाट प्रबन्ध सञ्चालक रामचन्द्र सिलवालका साथै निर्देशकहरू विमल अर्याल, अर्जुन विलास पन्त, कपिलदेव पोखरेल, उपनिर्देशकहरू ब्रजेश कुमार उपाध्याय, बालमुकुन्द खनालले हस्ताक्षर गरेका छन् । त्यस्तै युनियनको तर्फबाट अध्यक्ष राजेश बानिया, सदस्यहरू कञ्चन सिजापती, सुमन खड्का, प्रकाश थापामगर, राजकुमार घजु, नुमादेवी न्यौपाने, रमेश विष्टले हस्ताक्षर गरेका छन् ।

 

त्यसरी नै जिफन्टको तर्फबाट जिफन्टका उपाध्यक्ष हरिदत्त जोशी, नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनका अध्यक्ष महेन्द्र लाल श्रेष्ठ, जिफन्ट भक्तपुरका राम डंगोल, शालिकराम सुवेदी र कृष्ण गौतमले हस्ताक्षर गरेका छन् ।

 

स्मरणीय छ, मंसिर २३ देखि केन्द्रमा नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनले धर्ना लगायत विरोधका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ