07/06/2010
बारा जेठ २२ गते, नेपाल स्वतन्त्र मजदुर युनियन केन्द्रीय कमिटीको योजना अनुसार जिल्ला कमिटी -बारा -पर्सा -रौतहटको व्यवस्थापनमा जिल्ला स्तरीय भेला मनमोहन स्मृति मजदुर भवन सिमरामा दामोदर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाल स्वतन्त्र मजदुर युनियन केन्द्रीय कमिटीका अध्यक्ष दिनेश राई, जिफन्ट राष्ट्रिय कमिटी सदस्य मंजु थापा मगर, नेपाल स्वतन्त्र मजदुर युनियन केन्द्रीय कमिटी महासचिव अमृतलाल श्रेष्ठ, नेपाल स्वतन्त्र मजदुर युनियन केन्द्रीय कमिटी सदस्य नानु थापाले जिफन्टको नीति र क्रार्यक्रम, नेस्वमयुको नीति र कार्यक्रम, युनियन व्यवस्थापन र संगठन संचालनको विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा ३८ जनाको सहभागिता भएको थियो ।