Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


General Federation of Nepalese Trade Unions (GEFONT)

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)

 

नेपाल ट्रेड यूनियन महासंघ, निरंकुश पञ्चायती कालखण्डमा २०४६ साउन ५ गते भूमिगत रूपमा स्थापना भएको हो । यो महासंघ ट्रेड यूनियन ऐन­-०४९ जारी भएपछि मान्यताप्राप्त नेपालको पहिलो ट्रेड यूनियन महासंघ पनि हो । यसलाई छोटकरीमा जिफन्ट भन्ने गरिएको छ ।

 

जिफन्टमा उत्पादनमूलक उद्योग र कारखाना, धातु-रसायन-फलाम, खाद्य­­-पेय, टेक्सटायल, गार्मेन्ट, गलैंचा तथा जुट, यातायात, अटोमोबाइल, रिक्सा तथा पेट्रोलियम, होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल तथा र्‍याफ्टीङ्ग, कृषि तथा चिया बगान, प्रिन्टिङ प्रेस, निर्माण, स्वरोजगार व्यापार, नाई तथा ब्यूटी पार्लर, सफाइ, घरेलु र घर आधारित श्रम, कुरियर तथा कार्गो, थाङ्का कला, सुरक्षा गार्ड, निजी तथा आवासीय विद्यालय, निजी क्षेत्रका कर सहयोगी, सुनचाँदी कालीगढ, निजी-सहकारी बैंक तथा वित्तीय क्षेत्र र अस्पताल तथा स्वास्थ्य लगायत क्षेत्रमा कार्यरत मजदुर तथा श्रमजीवी वर्ग सङ्गठित छन् ।

 

सदस्य संख्याको हिसाबले देशको सबैभन्दा ठूलो ट्रेड यूनियन महासंघको रूपमा क्रियाशील जिफन्टमा पाँचौ राष्ट्रिय महाधिवेशनसम्म पञ्जिकाधिकारीको कार्यालयमा दर्ता भएका २७ वटा राष्ट्रिय ट्रेड यूनियन संघहरू आबद्ध छन् । ती सदस्य संघहरूमा ३ लाख ३० हजार भन्दा बढी श्रमिकहरू सङ्गठित छन् । पाँचौ राष्ट्रिय महाधिवेशनले निर्वाचित राष्ट्रिय कमिटीमा ३३∞ भन्दा बढी महिला प्रतिनिधित्व छ ।

 

यो महासंघ सन् २००६ नोभेम्बरमा स्थापित अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) को संस्थापक सदस्य हो । यसको अन्तर्राष्ट्रिय र एशिया प्रशान्त क्षेत्रीय दुबै परिषदमा प्रतिनिधित्व रहेको छ । जिफन्टका सदस्य संघहरू विभिन्न (अन्तर्राष्ट्रिय विषयगत महासंघ) ग्लोबल यूनियन फेडेरेसन (जियुएफ) हरूसँग आबद्ध छन् ।


प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ