Congress Documents
  • Policy Document
  • Congress Delegates
    International Guests
    Solidarity Messages
    Press Released
    List of Speakers
    Elected Leadership
    Photo Album
    BACK to main page
    Previous Congress
  • Fourth Congress
  • Third Congress
  • Second Congress
  • First Congress
  • Founding Congress and others
  •  
    Unity for Transformation
    General Federation of Nepalese Trade Union (GEFONT)
    Fifth National Congress
    April 04-07; 2009 Kathmandu, Nepal.

    मिति २०६५ चैत २६
    जिफन्टको पाँचौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न
    "रुपान्तरणका लागि एकता" मूल नाराका साथ नेपाल टे्रड यूनियन महासंघले आप\mनो पाँचौं राष्ट्रिय महाधिवेशन २०६५ चैत २२-२५ मा काठमाडौंमा सम्पन्न गर्‍यो । महाधिवेशनले विष्णु रिमालको अध्यक्षतामा १७ जना महिला सहित ५५ सदस्यीय राष्ट्रिय कमिटीको निर्वाचन गरेको छ ।
    महाधिवेशनको उद्घाटन चैत २२ गते सम्पन्न भयो । नेपाल कम्युनिस्ट पार्टी -एमाले) का अध्यक्ष झलनाथ खनालले बसन्तपुरमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
    महाधिवेशनमा देशभित्रका ७०० सय प्रतिनिधिहरु र देश बाहिरका २० देशका २७ संगठनका ४८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    महाधिवेशनले नीतिगत प्रस्ताव, सचिवालयको प्रतिवेदन पारित गर्नुका साथै समानुकूल विधान संशोधन गर्ने काम पनि गर्‍यो ।
    उद्घाटन कार्यक्रम ः उद्घाटन कार्यक्रम बसन्तपुरको डबलीमा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिनिधिहरु र हजारौं श्रमिकहरुको बीच सम्पन्न भयो । प्रमुख अतिथि झलनाथ खनालले उद्घाटन मन्तव्य दिनुभएको थियो ।
    कार्यक्रममा विशिष्ट अतिथिहरु उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य तथा अतिथि आइएलओ नेपालका निर्देशक सेङ्जी लीले पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै उद्घाटन कार्यक्रममा अन्तरराष्ट्रिय ट्रेड यूनियन महासंघ एसिया प्यासिफिकका अध्यक्ष जी राजशेखरनले पनि मन्तव्य दिनुभयो ।
    त्यस्तै कार्यक्रममा आइएलओ नेपालका निर्देशक सेङजी ली, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार बस्नेतले पनि शुभकामना मन्तव्य दिनभयो ।
    कार्यक्रममा नेपाली ट्रेड यूनियन आन्दोलनका सहयात्रीहरु अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष सालीग्राम जमकट्टेल, पेशागत महासंघ, नेपाल अध्यक्ष सुशिलचन्द्र अमात्य, नेपाल प्रगतिशील ट्रेड यूनियन महासंघ -फिनेप्ट) का अध्यक्ष तिलक थापा मगर, नेपाल टे्रड यूनियन कांग्रेस स्वतन्त्रका खगेन्द्र खत्री, नेपाल ट्रेड यूनियन फेडेरेसन अध्यक्ष गंगाराम खड्गी, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ, एन-डिकोन्टका अध्यक्ष राजन भुसालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    कार्यक्रमको अध्यक्षता अध्यक्ष मुकुन्द न्यौपानेले गर्नुभएको थियो । त्यस्तै कार्यक्रम सञ्चालन महासचिव विनोद श्रेष्ठले, स्वागत उपमहासचिव उमेश उपाध्यायले र धन्यवाद केन्द्रीय महिला मजदुर विभागका संयोजक बिना श्रेष्ठले गर्नुभएको थियो ।
    बन्द सत्र ः चैत २३ गते, जमल स्थित राष्ट्रिय नाचघरमा र २४ र २५ गते राष्ट्रिय सभागृहमा बन्दसत्र कार्यक्रम सम्पन्न भयो । बन्दसत्रमा व्यापक छलफल गरी प्रस्तुत प्रतिवेदनहरु पारित गरिनुका साथै सामाजिक रुपान्तरण सम्बन्धी प्रस्ताव, नेपाल ट्रेड यूनियन महासंघ र पेशागत महासंघ, नेपाल बीच एकीकरण, एकल यूनियन निर्माण, विश्वव्यापी आर्थिक संकट, राष्ट्रिय उर्जा संकट र रोजगारी, पर्यावरणीय समस्या, नेपाल ट्रेड यूनियन महासंघ र दलीय संलग्नता, नेपालको भावी संविधान, तथा जिफन्टको बीसौं वाषिर्क उत्सव भव्यताका साथ मनाउन विशेष प्रस्तावहरु पारित गरेको थियो ।
    त्यस्तै आगामी कामका १० बुँदे प्रस्तावहरु, रुपान्तरणका लागि एकता ः विशेष अभियान, संगठन निर्माण, विस्तार र श्रमिक परिचालन, सामाजिक संरक्षणको वृहद् अभियान, महिला नेतृत्व विकास तथा लैंगिक समानताको कार्यक्रम, एकल यूनियन अभियान, श्रम कानुन र श्रम आयोग, अन्तरराष्ट्रिय सम्बन्ध र भूमिका विस्तार, यूनियन आन्दोलनमा युवा संलग्न,, अनुसन्धान, प्रचार र प्रकाशन, आर्थिक आत्मनिर्मरता कार्यक्रम प्रस्ताव पारित गरेको छ ।
    नयाँ नेतृत्वको शपथग्रहण आगामी मे १, २००९ मा हुनेछ ।
    कवीन्द्र शेखर रिमाल, मुख्य सचिव
    जिफन्टको नयाँ नेतृत्व
    महाधिवेशन प्रतिनिधि परिषद प्रमुख क. मुकुन्द न्यौपाने
    महाधिवेशन प्रतिनिधि परिषद उपप्रमुख क. ललित कुमार बस्नेत
    अध्यक्ष क. विष्णु रिमाल
    बरिष्ठ उपाध्यक्ष क. विनोद श्रेष्ठ
    उपाध्यक्षहरु
    क. उद्धव केसी, केन्द्रीय यूनियन परिषद संयोजक
    क. चूडामणि जंगली, भौगोलिक संरचना समन्वय कमिटी संयोजक
    क. हरिदत्त जोशी, केन्द्रीय श्रम सम्बन्ध परिषद संयोजक
    महासचिव क. उमेश उपाध्याय
    उपमहासचिवहरु ः क. पेम्बा लामा, क. विष्णु लम्साल, क. जनक चौधरी

    विभागीय सचिवहरु
    विदेश विभाग सचिव क. रमेश बडाल
    आर्थिक विभाग सचिव क. जितेन्द्र जोंछें,
    ट्रेड यूनियन शिक्षा विभाग सचिव क. विदुर कार्की
    प्रचार विभाग सचिव क. जितेन्द्र श्रेष्ठ
    सामाजिक सुरक्षा विभाग सचिव दिपक पौडेल

    युवा कमिटी अध्यक्ष क. बालगोपाल थापा
    अञ्चल अध्यक्षहरु
    मेची क. सन्त कुमार राई, कोशी क. जोगीलाल यादव, सगरमाथा क. त्रिविक्रम ज्ञवाली,
    जनकपुर क. सुरेन्द्र राई, पूर्व नारायणी क. कमलेश झा, पश्चिम नारायणी क. मधुसुदन खतिवडा
    बागमती क. तुलसी सिवाकोटी, गण्डकी-धवलागिरी क. युवाराज पौडेल, लुम्बिनी-राप्ती क. हरि कार्की
    भेरी-कणर्ाली क. केशवराज गिरी, सेती क. देवबहादुर बम, महाकाली क. धर्मानन्द पन्त

    यूनियन परिषद
    औद्योगिक क्षेत्र यूनियन परिषद क. दिनेश राई
    गार्मेन्ट-कार्पेट सम्बद्ध क्षेत्र यूनियन परिषद केशव प्रसाद दुवाडी
    यातायात सम्बद्ध क्षेत्र यूनियन परिषद रामनरेश सिंह
    कृषि तथा बगान क्षेत्र यूनियन परिषद क. मदन रिमाल
    पर्यटन क्षेत्र यूनियन परिषद केदार अर्याल
    गैरकृषि अनौपचारिक क्षेत्र यूनियन परिषद क. नरनाथ लुइटेल
    शिक्षा, संचार तथा सेवा क्षेत्र यूनियन परिषद क. गुणराम आचार्य
    शहरी अनौपचारिक क्षेत्र यूनियन परिषद क. मोहन नेपाली
    स्वास्थ्य क्षेत्र यूनियन परिषद क. कमल गौतम

    महिला कमिटी सदस्यहरु : क. मिना चौधरी, क. सीता लामा, क. कमला देवी तामाङ, क. सुकमती देवान, क. मिना शर्मा, क. माया गुरुङ, क. सुभद्रा उप्रती, क. मायादेवी पोडे, क. मञ्जु थापा मगर, क. गुमादेवी आचार्य, क. बिना श्रेष्ठ, क. बेलीमैया घले, क. विन्दु श्रीवास्तव, क. अरुणा थापा, क. अमला श्रेष्ठ र क. दिपा भण्डारी ।
    महाधिवेशनबाट गठन गरिएका नयाँ संरचनाहरु
    बरिष्ठ यूनियनकर्मी संजाल: संयोजक क. ओम कोइराला, सदस्य सचिव कवीन्द्र शेखर रिमाल
    सदस्यहरु क. गोमा तिमिल्सिना र माधव न्यौपाने

    जिफन्ट लगानी व्यवस्थापन तथा प्रवर्द्धन विशेष कमिटी
    संयोजक क. जितेन्द्र जोंछें, सदस्य सचिव क. बलराम खत्री, सदस्यहरु क. महेन्द्र श्रेष्ठ, क. सार्कीमान तामाङ, क. सूर्य कुँवर, क. नारायण न्यौपाने

    केन्द्रीय श्रम सम्बन्ध परिषद : संयोजक क. हरिदत्त जोशी, सदस्यहरु क. दिल्ली बहादुर राना, क. कृष्ण रिमाल, क. युवराज जिरेल, क. माधव पाण्डे, क. अमर यादव, क. रेणुका पाण्डे, क. अर्जुन अधिकारी